
१ट्रम्पको नयाँ बयानपछि विश्व बजारमा कच्चा तेलको मूल्य १३ प्रतिशतले घट्यो
२पर्वतको फलेबासमा युरिया मल बोकेको जिप दुर्घटना, चालक घाइते
३जेसीज पर्वतले प्राप्त गर्यो, ‘संकल्प टु सक्सेस अवार्ड’
४राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
५अमर ज्योति पुर्व विद्यार्थी समाजमा कृष्णकुमार चयन
६ह्याण्डबल खेलाडीलाई पुरस्कार तथा सम्मान कार्यक्रम सम्पन्न
७हिमपातले अलपत्र यात्रुको उद्धार
८नारायण मा.वि. कुश्माको ६६ औँ वार्षिकोत्सव सम्पन्न
९आमाको बार्षिकीमा विद्यालयमा अक्षयकोष स्थापना
१०पाखापानीका आगलागी पीडितलाई महाशिला गाउँपालिकाद्वारा सहयोग हस्तान्तरण
११कहिले सुधार होला मौसम ?
१२प्रतिनिधिसभामा १७९ पुरुष, ९६ जना महिला उम्मेदवार निर्वाचित
१पर्वतमा दुई पार्टीबीच निर्वाचन सहकार्य सहमति
२पर्वतको फलेबासमा युरिया मल बोकेको जिप दुर्घटना, चालक घाइते
३फागुन २३ मा अन्तर्राष्ट्रिय पर्वत समाजको महाधिवेशन, रोजगारीमा जोड
४‘मौन अवधि’: के गर्न मिल्छ के मिल्दैन ?
५सशस्त्र प्रहरीमा दुई डीआईजीको पदावधि थप्न चलखेल
६पर्वतको मोदी गाउँपालिकामा स्थानीयको सक्रियतामा हलहलेको बराह र चौरासी थानको पुनर्निर्माण
७रामेछाप दुर्घटना : मतदान अधिकृतको पनि मृत्यु, ७ जनालाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो
८ग्लोबल पर्वत समाजको पाँचौँ महाधिवेशन सम्पन्न ,अध्यक्षमा दधी आचार्य
९मोदी गाउँपालिकाको ९ औं स्थापना दिवस भव्य रूपमा सम्पन्न
१०कास्की ३ मा रास्वपाकी बिना गुरुङको जित सुनिश्चित
११होलीमा भीडभाड हुने कार्यक्रम नगर्न पर्वत प्रशासनको आग्रह
१२गोरखा माइक्रो दुर्घटना अपडेट : ७ जनाको मृत्यु, मृतक सबै भारतीय
काठमाडौं । सत्तारुढ नेकपाभित्रको रडाको मिलाउने अचूक अस्त्रका रुपमा ल्याइएको कार्यदलको पछिल्लो प्रतिवेदन अर्काे हप्ता कार्यान्वयनमा जाने भएको छ । जसमा मन्त्रिपरिषदको पुनर्गठन पहिलो अजेण्डा बनेको छ । लामो समयदेखिको विवाद हल गर्ने सूत्रका रुपमा तयार प्रतिवेदन उपर पर्सी शनिवार सचिवालय बैठकले व्यापक छलफल गर्ने भएको छ । त्यसपछि प्रतिवेदन कार्यान्वयनको चरणमा प्रवेश गर्नेछ– नेकपाका एक नेताले बताए ।प्रतिवेदन कार्यान्वयनको पहिलो चरणमा मन्त्रिपरिषद पुनर्गठन हुने उनले जानकारी दिए ।
सम्भवतः भदौको दोस्रो साता भित्रै पुनर्गठन हुने छ । प्रतिवेदनले नै शक्ति बाँडफाँड गरी समस्याको हल खोज्ने सूत्र सुझाएको छ । मन्त्रिपरिषदमा फेरबदल हुने निश्चित भएपछि आकांक्षीहरु आ– आफ्ना गुटमा दवाव बढाउन अग्रसर भएका छन् । केपी ओलीले आफू निकट मध्ये केहीलाई मात्रै निरन्तरता दिने सोच बनाएको बालुवाटार स्रोतले जनाएको छ ।ओलीले बामदेव गौतमलाई सरकारमा सहभागी गराएर भोलिको संकट टार्ने दाउ गरेका छन् । उनले गौतमलाई यसका निम्ति तयार रहन आग्रह गरिसकेका छन् ।गौतमले भने जे निर्णय गरेपनि सचिवालयबाट अनुमोदन गरिनुपर्ने शर्त राखेका छन् ।
यसको अर्थ उनी सरकारमा जान तयार भएको देखिन्छ– ओली निकट ती नेताले भने । बामदेव कम्रेड सरकारमा जाने वित्तिकै धेरैको पद धरापमा पर्छ– उनले भने गौतमलाई उपप्रधानमन्त्रीसहित गृह मन्त्रालय दिने पक्षमा ओली छन् ।त्यसो हुँदा दुईजनाको पद तत्कालै धरापमा पर्छ । पहिलो अहिलेका गृहमन्त्री रामबहादुर थापा बादल र अर्का अर्थ एवं सञ्चारमन्त्री डा. युवराज खतिवडाको मन्त्रालय खुस्किने छ ।गौतमलाई मन्त्रिमण्डलमा सामेल गर्दा संघीय संसदको सदस्यका रुपमा ल्याउनुपर्ने हुन्छ । अहिले राष्ट्रियसभामा एक पद रिक्त छ ।
सरकारको सिफारिशमा पदपूर्ति हुने सो पदका लागि नेकपा सचिवालय बैठकले गौतमलाई लैजान यसअगाडि नै निर्देशन दिइसकेको हो । तर ओलीले सचिवालय बैठकको निर्देशन अस्वीकार गरेकाले डा. खतिवडाले निरन्तरता पाएका हुन् । नेकपा भित्रको नयाँ समीकरण र कार्यदलको प्रतिवेदनले पनि अब डा. खतिवडाको औचित्य समाप्त पारिदिएको छ ।त्यसो हुँदा अब हुने मन्त्रिपरिषद पुनर्गठनमा अर्थमन्त्री हुने मौका अरुले नै पाउने अवस्था छ ।त्यसपछि अर्का आकाँक्षीका रुपमा नेकपा सचिवालय सदस्य एवं पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ रहेका छन् ।
उनले उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्रालयमा दावी गरेका छन् । अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’मार्फत उनले यस्तो दवाव दिएको स्रोतको भनाई छ । तर प्रधानमन्त्री ओली भने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई निरन्तरता दिने पक्षमा छन् । यस्तो अवस्थामा श्रेष्ठले उपप्रधानमन्त्रीसहित शिक्षा मन्त्रालयको जिम्मेवारी पाउने सम्भावना रहेको छ । उनी मन्त्रिमण्डलमा सामेल भएपछि उनकै कोटामा मन्त्री भएका गिरिराजमणि पोखरेल भने बाहिरिने छन् ।ओलीले आफू निकट एकजनालाई पुनर्गठनमा सामेल गर्ने संकेत दिइसकेका छन् ।
७० लाख घुसको मोलमोलाई गरेको अडियो टेप प्रकरण बाहिरिएपछि राजीनामा गर्न बाध्य भएका गोकुल बाँस्कोटालाई चोख्याएर फेरि सञ्चार मन्त्रालयमा ल्याउने ओलीको दाउ छ । यसका लागि उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेमार्फत तारताम्य मिलाइसकेको चर्चा व्याप्त छ । तर प्रचण्ड र नेता माधवकुमार नेपाल भने त्यसका लागि तयार नभएको पनि स्रोतको दावी छ । प्रचण्ड र नेपालले रोक्न सक्नुभयो भने मात्रै नत्र बाँस्कोटा फेरि मन्त्री बन्दैछन्– प्रचण्ड निकट एक नेताले भने ।
यसैगरी ओलीले ईश्वर पोखरेललाई पनि निरन्तरता दिन चाहेका छन् । सचिवालय सदस्य रहेका पोखरेल धेरै विवादास्पद भएपनि मन्त्रिपरिषदमा निरन्तर रहने बलियो सम्भावना रहेको छ । धेरैवटा काण्डमा पोखरेलको नाम जोडिएको छ, तर सचिवालय सदस्य भएकाले उनी सुरक्षित नै भएको देखिन्छ । त्यो भन्दा पनि पोखरेलको पक्षमा राष्ट्रपति विद्यादेवी भण्डारी नै उभिएकाले पनि उनको पद धरापमा परेको देखिंदैन । ओलीले आफू पक्षीय अरु मन्त्री भने फेर्न तयार रहेको प्रचण्डलाई जानकारी दिइसकेका छन् – स्रोतले भन्यो ।
त्यसैगरी प्रचण्डले पनि आफ्ना पक्षका दुई नेतालाई मन्त्रिपरिषदमा सहभागी गराउँदैछन् । जनार्दन शर्मा र पम्फा भूषाल । दुवै कार्यदलका सदस्यसमेत हुन् । बादलको सट्टा पम्फा र लेखराज भट्टको ठाउँमा जनार्दनलाई मन्त्री बनाउने पक्षमा प्रचण्ड रहेका छन् । तर ओलीले चाहिं भट्टलाई निरन्तरता दिन आग्रह गरेका छन् । प्रचण्डसँग टाढिएका भट्टलाई आफ्नै कोटाबाट निरन्तरता दिन उनलाई सहज छैन । त्यसैले भट्टजी अब चाहिं मन्त्रीका रुपमा रहने सम्भावना क्षीण भएको छ– ती नेताले भने । प्रचण्डले उर्जा मन्त्री वर्षमान पुनलाई भने निरन्तरता दिने भएका छन् ।
यस्तै वनमन्त्री शक्ति बस्नेतको ठाउँमा उनले हरिबोल गजुरेललाई पठाउने सम्भावना रहेको पनि प्रचण्ड निकट स्रोतले बताएको छ ।उता, वरिष्ठ नेता झलनाथ खनाल र नेता नेपालले पनि आफ्ना दुई जनालाई मन्त्रीमा सिफारिश गरेका छन् । स्रोतका अनुसार, कार्यदल सदस्य भीम रावल र सुरेन्द्र पाण्डेलाई मन्त्री बनाइने भएको छ । पाण्डेलाई अर्थ र रावललाई कानून मन्त्रालय दिने गरी तयारी गरिएको पनि स्रोतले बताएको छ । साथै, औपचारिक रुपमा नेकपा प्रवेश गर्न बाँकी सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठी र श्रम तथा रोजगार मन्त्री रामेश्वर राय यादवलाई पनि अब निरन्तरता दिन नहुने पक्षमा नेताहरु रहेका छन् ।
यसबारे सचिवालय बैठकमा छलफल हुने र निर्णय लिइने पनि स्रोतको दावी छ । मन्त्रिपरिषद पुनर्गठनपछि दोस्रो चरणमा संवैधानिक निकायमा नियुक्ति गरिने पनि बताइएको छ । प्रतिवेदन कार्यन्वयनको तेस्रो चरणमा भने प्रदेशका मुख्यमन्त्रीको हेरफेर हुनेपनि स्रोतको दावी छ ।नेपाल बहस बाट

प्रतिक्रिया