SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/५/८ गते
    ७४७ &#२३४६;&#२३३५;&#२३२५;

    कृष्णनगर, कपिलवस्तु, ।  नगपालिकाको एक सहिष्णु मौलाना अब्दुल मन्नान सल्फी को आज असामयिक निधन भएको छ । मौलाना सल्फी बिगत २४ बर्ष देखि कृष्णनगरमा रहेको जामिया सिराजुलवलुम अलसल्फिया शिक्षण गर्दै आएका थिए । राति मौलाना सल्फीको स्वास्थ्य अचानक बिग्रेर उनलाई उपचारको लागि बुटवल लगिरहदा बाटोमा उहाँको मृत्यु भएको कुरा बिद्यालय प्रशासनले बताएको छ ।
    मौलाना अब्दुल मन्नान सल्फी को असामयिक निधन प्रति स्तब्ध रहेको बिद्यालय प्रशासनले आज शोक सभाको आयोजन गरेको थियो । शोक सभामा सबै धर्मको मानिसहरुको उपस्थिति देखिएको थियो । सन् १९५९ दिसम्बरमा जन्मेका मौलाना अब्दुल मन्नान सल्फी एक सहिष्णु मौलाना थिए । उहाँ जाति धर्मलाई न हेरिकन गरिब, असहाय तथा बिपन्न मानिसहरुको मदत गर्दै आईरहेका थिए । जसले गर्दा वहाँ मुस्लिम समुदायमा मात्र नभई हिन्दुहरुको लागि पनि लोकप्रिय थिए ।
    राष्ट्रिय मदरसा संघ नेपाल लगायत अन्य संघ संस्थाहरु द्वारा सम्मानित भएका मौलाना अब्दुल मन्नान सल्फी को शिष्यहरु नेपाल, भारत का साथै खाडी देशहरुमा पनि प्रशस्त भएको कुरा पूर्व मन्त्री ईश्वर दयाल मिश्रले बताएका छन् । कोरोना महामारीको कारण उत्पन्न भएको बिषम परिस्थितिमा शिष्यहरु उपस्थिति हुन न सकेको कुरा गर्दै पूर्व मन्त्री मिश्रले मौलाना सल्फी को बिलीनता बिद्यालय प्रशासनलाई मात्र नभई समग्र समाजलाई नै अविस्मरणीय रहने ठहर गरेका छन् । सहिष्णु तथा मिलनसार व्यक्तित्व रहेका मौलाना सल्फी को आत्मालाई स्वर्गमा स्थान मिल्ने र शोकाकुल परिवारलाई धैर्य धारण गर्ने शक्ति प्रदान गर्ने कामना पनि पूर्व मन्त्रीले गरेका छन् ।
    राष्ट्रिय मदरसा संघ नेपाल का राष्ट्रिय अध्यक्ष डा.अब्दुल गनी अल्कुफीले नेपालको पहिलो उर्दू मासिक पत्रिकाको संरक्षक सल्लाहकार समेत रहेका मौलाना सल्फी को आत्मशान्ति को कामना गर्दै मौलाना एक ईमान्दार, सहयोगी तथा मिलनसार स्वाभाव का व्यक्ति भएको कुरा बताएका छन् ।
    त्यसैगरी मदरसा बोर्ड प्रदेश नम्बर ५ को उपाध्यक्ष मौलाना मसहूद खाँ नेपालीले दिवंगत आत्मालाई स्वर्गमा स्थान मिल्ने कामना गर्दै मौलाना सल्फीको योगदान प्रति आफूलाई सधै आभारी रहने कुरा भनेका छन् । साथै स्तब्ध बनेका परिवारलाई धैर्य धारण गर्ने साहस प्रदान गर्ने कामना पनि गरेका छन् ।
    राष्ट्रिय मदरसा संघ नेपालका अध्यक्ष डा.अब्दुल गनी अल्कुफीको अध्यक्षतामा आयोजित शोक सभाको प्रमुख अतिथि पूर्व मन्त्री ईश्वर दयाल मिश्र तथा बिशिष्ठ अतिथि द्वय प्रदेश नम्बर ५ मदरसा बोर्डको उपाध्यक्ष मौलाना मशहुद खाँ नेपाली र जामिया सिराजुलवलुम अलसल्फियाको उप—प्रधानाध्यापक शैख अब्दुल रशिद मदनी रहेका थिए । शोक सभामा ब्यापार संघको पूर्व अध्यक्ष गुरु शरण सिंह, चेम्बर आफ कामर्श कपिलबस्तुको जिल्ला अध्यक्ष माधव पोख्रेल, नेकपाको नगर कमिटी अध्यक्ष जाबेद आलम खाँ, हेरा शैक्षिक तथा मानवीय सेवा समाज का सचिव शैख जैश मक्की, खालिद रशिद, मदरसा जैद बिन साबिद का सहायक प्रधानाध्यापक हाफिज तारिक, नियाज अहमद लगायतको महानुभावहरुको उपस्थिति रहेको थियो । शोक सभामा रहेका ब्यक्तिहरुले सामाजिक दुरीलाई ध्यानमा राख्दै मास्क र सेनिटाईजर को सदुपयोग गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं