
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१११ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१२गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
सामाचार बिश्लेषण, पर्वत । देश कोरोना भाईरसको महामारीबाट जुधिरेको छ । सरकारले देशैभर अनेक तरीकाका लकडाउन तथा कोरोना बिरुद्ध अभियान चलाईरहको छ । पर्वतमा भने यसको कुनै प्रकारको प्रभाव देखिएको छैन । कोरोना भएका वा कोरोनाको आशंका गरिएकाहरु मानिसहरु आईसोलेशन वा क्वारेण्टाईनमा बन्द छन् । उनीहरुको रिर्पोट आउन बकी नै छ ।
तर पर्वत कांग्रेसका नेताहरु भने सक्रिय सदस्यता बितरण तथा नेकपाका कार्यकर्ता आफ्नो पार्टी भित्राउने मेलामा खेतिपाटीको भित्राउने भन्दा ठुलो हतारोका साथ लागी रहेका छन् । लकडाउन शुरु भएको समय पछाडी मात्रै नेकपा तथा अन्य राजनैतिक पार्टीका नेता कार्यकर्ता पर्वत कांग्रेस सयौंको संख्यामा प्रबेश गरिहेका छन् । यो अभियान कांग्रेसले जिल्ला भरी तिब्र गतिमा अगाडी बढाईरहेको छ ।
केहि हप्ता अगाडी पर्वतका संघिय सांसद पदम गिरीले माक्स नलगाई जनभेटघाट कार्यक्रममा लागेको तस्बिर भाईरल भएको थियो । गिरीले गरेको जनभेटघाट कार्यक्रम बिवादमा तानिएको बेला प्रतिपक्ष दल कांग्रेसको अभियान भने त्यसलाई पनि चुनौती दिने खालको छ । दैनिक दर्जनका दर्जन अन्य पार्टीका नेता कार्यकर्ता पार्टी प्रवेश भएको भन्ने खबरहरु समाचारको रुपमा आईरहेका छन् ।
देश नै कोरोना महामारीका संकटमा भएको बेला जुन सुकै दल वा संस्थाले गरेका मानिसहरुको जमघट, जनभेटघाट अथवा पार्टी प्रवेश कार्यक्रमलाई राम्रो मान्न नसकिने बिज्ञहरुको भनाई रहेको छ । यस्तो अबस्थामा गरिएका जमघट, जनभेटघाट अथवा पार्टी प्रवेश कार्यक्रमले झनै ठुलो संकट ल्याउनसक्ने कुरामा सबै सचेत हुने हो कि ?
यी हुन पछिल्लो समय दुबै पार्टीका नेताले गरेको कोरोना महामारी चुनौती दिने समाचारहरु ल हेरौं
नेकपाका डेढदर्जन सक्रिय कार्यकर्ता पार्टी परित्याग गरि नेपाली काँग्रेसमा प्रवेश: कम्युनिष्टहरूका उधारा सपनाले कार्यकर्तालाई वितृष्णा जगाएको काँग्रेस नेता जोशीको टिप्पणी
पर्वत . । कुश्मा नगरपालिका-९ पर्वतका डेढदर्जन कार्यकर्ता नेकपा परित्याग गरि नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । नेकपाका सक्रिय कार्यकर्ता केशव पौडेल, राजेन्द्र निधि पौडेल, रामबहादुर नेपाली, सरोज नेपाली, विष्णु नेपाली, असिम पौडेल, उदय पौडेल, उमेशनिधि पौडेल, उपदेशनिधि पौडेल, जमुना तिवारी पौडेल, अर्जुन विक, सलिना विक, दुर्गा कुमारी विक, देउरूपा विक, शर्मिला विक रमेश तिवारी लगायतका दर्जनौं व्यक्तिहरू परिवारसहित आइतबार कटुवाचौपारीमा आयोजित एक कार्यक्रमका बीच नेपाली काँग्रेस प्रवेश गरेका हुन् ।
नवप्रवेशीहरूलाई पार्टीको सदस्यता प्रदान गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले नेकपालाई भोट हालेकोमा पश्चाताप गर्दै नेपाली काँग्रेसमा प्रवेश गर्ने लहरले काँग्रेसप्रति जनताको विश्वास बढेको वताउनु भएको थियो । नेता जोशीले निर्वाचनपूर्व देखाएका भ्रामक सपना र गरेका उधारा बाचाको विरूद्धमा कार्यकर्तामा वितृष्णा जागेको वताउँदै कम्युनिष्ट पार्टीमा निराश भएर काँग्रेसको प्रतीक्षामा बसेका सबैलाई सम्मानपूर्वक पार्टीमा प्रवेश गराउने अभियान सञ्चालन गर्ने वताउनु भएको छ । केन्द्रीय सदस्य जोशीले दुई तिहाइको सर्वशक्तिशाली नेकपा सरकारले जनतालाई लोकतन्त्रको अनुभूति दिनेभन्दा पनि जनताको प्रति निर्मम भएर कोरोनाको महामारीमा पनि मास्क र सेनिटाईजरमा कमिशन खान उद्दत रहेको दाबी गर्नुभयो ।
काँग्रेस नेता जोशीले कम्युनिष्टहरूको ज्यादती र संस्थागत अपराधलाई सहन नसकेर २७ बर्षदेखि निरन्तर नेकपामा सक्रिय रहेर काम गरेका व्यक्तिहरूले पार्टी छोड्ने परिस्थिति बन्दै गएको वताउनु भयो । उहाँले नेकपा परित्याग गरि नेपाली काँग्रेस प्रवेश गर्नुभएका सबै व्यक्तिलाई स-सम्मान पार्टीमा जिम्मेवारी दिने जानकारी दिनुभयो । जुन प्रतिबद्धता र संकल्प बोकेर नेकपा परित्याग गरि तपाईंहरु नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ, तपाईंको क्षमता र क्रियाशीलताका आधारमा पार्टीको जिम्मेवारी पाउनुहुनेछ ।’- जोशीले भन्नुभयो ।केन्द्रीय सदस्य जोशीले मुलुकमा जनताको सर्वोच्चतासहितको विकास र समृद्धि नै नेपाली काँग्रेसको संकल्प भएको दावी गर्दै काँग्रेसले अठोट गरेको राष्ट्र निर्माणको अभियानमा एकवद्ध भएर लाग्न सबै जिल्लाबासीहरुलाई अपिल गर्नुभएको छ ।
कार्यक्रममा नेपाली काँग्रेस पर्वतका सभापति खिमप्रसाद भुसालले नेपाली काँग्रेसको आस्था र विचारलाई पछ्याएर नेकपा परित्याग गरि विनाशर्त नेपाली काँग्रेसमा प्रवेश गर्न आउनुभएका सबै व्यक्तिहरूलाई स्वागत गर्नुभएको थियो । सभापति भुसालले नवप्रवेशीहरूलाई पनि पूर्ण सम्मानका साथ पार्टीको जिम्मेवारी दिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा नेपाली काँग्रेस पर्वतका कोषाध्यक्ष एवं जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले राजनीतिक भविष्य खोजेर नेपाली काँग्रेसमा प्रवेश गर्ने सबैलाई पश्चाताप हुन नदिने र सगौरब संगठन निर्माणमा लाग्ने वातावरण निर्माण गर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।सोही कार्यक्रममा नेपाली काँग्रेस पर्वतका महासमिति सदस्य एवं नेपाली काँग्रेस संगठन विभागका केन्द्रीय सदस्य गंगाधर तिवारी, नेपाली काँग्रेसका जिल्ला सदस्य एवं नेपाली काँग्रेस यातायात व्यवस्था विभागका केन्द्रीय सदस्य शिवप्रसाद सुवेदी, नेपाली काँग्रेसका जिल्ला सदस्य डाक्टर चुडामणि शर्मा, नेपाल निजामती कर्मचारी युनियन संघका केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेशका संयोजक शिब शर्मा अधिकारी, कुश्मा नगरपालिका वडा नं ९ का वडाअध्यक्ष कृष्णप्रसाद लामिछाने, नेपाल महिला संघ पर्वतका कार्यवाहक अध्यक्ष मुना शर्मा लामिछाने, नेपाली कांग्रेस कुश्मा नगर कार्यसमितिका नगरसचिव कमल पौडेल र नवप्रवेशी केशव पौडेललगायतले बोल्नुभएको थियो ।
यसैगरि पार्टी प्रवेशपछि आ-आफ्नो प्रतिक्रिया दिँदै नवप्रवेशीहरूले चुनावअघि रेल, रोजगारी, पानीजहाज चलाउने, घरघरमा पाइपबाट ग्याँस पुर्याउने जस्ता सस्ता नारा दिएर सत्तामा पुगेको नेकपाको सरकारले पूर्व प्रतिबद्धता अनुसार काम गर्न नसकेको भन्दै नेकपाका कार्यकर्तामा चरम निराशा छाएको गुनासो गरेका थिए । नवप्रवेशीहरूले नेकपा कम्युनिष्ट आन्दोलनकै कलंक भएको आरोप लगाएका थिए । उनीहरूले वर्तमान सरकारले जनतालाई न्याय दिनुको सट्टा देशमा अपराध र भष्ट्राचारलाई संस्थागत गरेको, आन्तरिक झगडामा अल्मलिएको र सत्तामा स्वेच्छाचारिता बढाएको आरोप लगाएका थिए ।कुश्मा नगरपालिकाका वडा नं ९ का सभापति पिताम्बर अधिकारीको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रमको संचालन नेविसंघका नेता राजीव लामिछानेले गर्नुभएको थियो भने कार्यक्रममा स्वागत मन्तव्य खडानन्द पौडेलले गर्नुभएको थियो । समाचारबाणी अनलाईनबाट
यि नेता मास्क बिना घरघरै डुल्दै, सरकारको अनुरोध सरकारकै प्रतिनिधीद्धारा उलंघन
पर्वत । कोरोना संक्रमण फैलिरहेको छ । संक्रमण फैलिन नदिन सरकारले मास्क अनिवार्य लगाउन भनेको छ । पर्वतको कुश्मामा सर्वसाधारणलाई मास्क लगाउन प्रहरीले अनुरोध गर्दै आएको छ । मास्क नलगाए सडकमै रोकेर प्रशिक्षण दिन्छ । अनुरोध गर्दा पनि नमाने सार्वजनिक कारवाही गर्ने प्रहरीले भन्दै आएको छ । तर, साना लाई ऐन ठुलालाई चैन भन्ने नेपाली उखानलाई चरितार्थ हुने गरि नेकपा पर्वतका नेताहरु भने मुखमा मास्क नलगाई गाउँ गाउँ र घरघरै डुलेका छन् ।
शुक्रवार ज्ञादी, शंकरपोखरी हुँदै भंगारासम्म पुगेको प्रतिनिधीसभाका साँसद पदम गिरी सहितको टोलीमा कसैले पनि मास्क लगाएका थिएनन् । फलेवास नगरपालिकाका मेयर पदमपाणी शर्मा पनि टोलीमा सहभागी भएका थिए । यूवा संघका पदाधिकारी सहित नगरपालिकाका कर्मचारी र नेता कार्यकर्ताहरुको लर्को गाउँ गाउँ पुग्दा कसैको मुखमा मास्क थिएन ।
सर्वसाधारणलाई मास्क लगाउन र कोरोना संक्रमण बाट समूदायलाई सुरक्षित राख्न अनुरोध गर्नुपर्ने व्याक्तिहरु स्वास्थ्य सुरक्षा प्रति संबेदशिल नदेखिएको स्वास्थ्यकर्मीहरु बताउँछन् । समूहमा हिँड्दा, भीडभाडमा सहभागी हुँदा र समूहमा बोलचाल गर्दा अनिवार्य मास्क लगाउनुपर्ने हो । तर, नेकपाका नेताले भने आफुहरु कोरोना संग नसर्न सम्झौता गरेझैँ निर्वाध गाउँ गाउँ र घरघरै डुलेर जोखिम बढाएका छन् ।
भंगाराका सर्वासाधारणले साँसद, मेयर देखि नेकपाका कार्यकर्ता स्वास्थ्य सुरक्षा बिनै घरघरै डुलेपछि असन्तुष्टि जनाएका छन् । उनीहरुले मास्क बिनै नेताहरु घरघरै आएर जोखिम बढाएको बताएका छन् । कार्यकर्ता भेटघाटका नाममा गाउँ छिरेका नेताले कोरोना त्यसको जिम्मा कस्ले लिने भनेर प्रतिप्रश्न गरेका छन् ।
कुश्माबजारमा प्रहरीले पाईलै पाईलामा मास्क लगाउन सर्वसाधारणलाई सम्झाईरहँदा गाउँमा पुगेका नेताहरु भने मास्कबिनै डुलेपछि प्रहरीको अनुरोधलाई खिल्ली उडाएको ठहर भएको छ । साँसद पदम गिरी र स्थानीय सरकारका प्रमुख पदमपाणी शर्माले नै सरकारको अनुरोध उलंघन गरेपछि सर्वसाधारणहरुले किन मास्क लगाएर सरकारको अनुरोध पालना गर्ने भन्ने नैतिक प्रश्न खडा भएको छ । सार्वजनिक स्थानमा हिँडडुल गर्दा जनप्रतिनिधीले गरेको लापरवाहीले कोरोना संक्रमण फैलिएको भन्दै प्रतिनिधीसभा र राष्ट्रियसभाका सदस्यले पनि प्रश्न गर्दै आएका छन् । तर पर्वतका साँसद गिरी भने मास्क समेत नलगाई हुलका हुल मान्छे बोकेर गाउँ गाउँ डुल्दै आएपछि जिल्लावासीहरुले आलोचना गरेका छन् । गण्डकी संचार अनलाईनबाट
नेकपाका वडा सचिव सुवेदी नेकपा पार्टी परित्याग गरि नेपाली काँग्रेसमा प्रवेश
पर्वत। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का गाउँ सचिव नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कुश्मा नगरपालिका वडा नम्बर ८ चुवाका नेकपाका सचिव राजुप्रसाद सुबेदी नेपाली काँग्रेसमा प्रवेश गरेका हुन । सुबेदीलाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् स्थानीय तह समन्वय विभागका केन्द्रीय प्रमुख अर्जुनप्रसाद जोशीले बुधबार एक कार्यक्रमका बिच नेपाली काँग्रेसमा प्रवेश गराउनुभएको हो ।
आफ्नै पुरानो पार्टी फर्किएकोमा खुशी ब्यक्त गर्दै जोशीले अव अर्को पार्टीमा समेत लिएको अनुभवलाई प्रयोग गर्दै इमान्दार भएर काम गर्न सुबेदीलाई आग्रह गर्नुभयो । सुबेदी साढे दुई बर्षअघि तत्कालिन नेकपा एमालेमा प्रवेश गरेका थिए । उनी अहिले नेकपाका वडा सचिवको जिम्मेबारीमा थिए । सुबेदीले नेपाली काँग्रेसमा प्रवेश गर्दै विगतमा केही कमीकमजोरीका कारण नेकपामा प्रवेश गरेको भन्दै अव इमान्दार भएर नेपाली काँग्रेसमा काम गर्ने प्रतिबद्धता जनाए । अन्य पार्टीबाट प्रवेश गर्ने जुनसुकै नेता कार्यकर्तालाई नेपाली काँग्रेसमा सम्मान रहने भन्दै नेता जोशीले सक्रियताअनुसारको जिम्मेबारी पनि पाउने बताउनु भयो ।
नेकपाले अहिले सरकारमा रहेर जनमुखी कुनैपनि काम गर्न नसकेको र निर्वाचनअघि देखाएका सपना कुनैपनि पुरा गर्न नसकेकै कारण गाउँगाउँमा नेकपाका नेता कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेशको लहर चलेको जोशीले बताउनु भयो । ‘निर्वाचनअघि नेकपाले ठुलाठुला सपना देखायो, जनतालाई भ्रमित पा¥यो तर अहिले एउटा पनि राम्रो काम गर्न सकेको छैन, त्यसैले नेकपामा मतदान गर्ने मतदाता अहिले पछुताएका छन्, नेकपाका कार्यकर्ता गाउँगाउँमा काँग्रेसमा प्रवेशको लहर चलेको छ’ जोशीले भन्नुभयो –‘अन्य कुनै पार्टी मन नपराएर काँग्रेसमा आउनेलाई सक्रियताअनुसारको जिम्मेबारी र सम्मान दिन काँग्रेस तयार छ ।’
कोरोनाको कहरमा अलपत्र परेका नेपालीको उद्दार गर्ने, बाढी पहिरोको चपेटामा परेका जनतालाई उद्दार तथा राहत र ब्यवस्थित, सुरक्षित राख्ने, जनताका आवश्यकतालाई पुरा गर्नुको सट्टा सत्ताको झगडामा फसेको नेता जोशीले बताउनु भयो । ‘जनताले दुई तिहाइ मत दिएको पार्टीभित्रकै सत्तामा को जाने भनेर झगडा गरेर बस्नका लागि हो ?’ जोशीले भन्नुभयो ।
नेपाली काँग्रेस कुश्मा –८ का वडा सभापति देवीप्रसाद पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस यातायात समन्वय विभागका केन्द्रीय सदस्य शिवप्रसाद सुबेदी, कुश्मा नगरपालिकाका उपप्रमुख सिता काफ्ले लामिछाने, कुश्मा–८ का वडा अध्यक्ष राजकुमार क्षेत्री लगायतले बोल्नुभएको थियो । कार्यक्रमको सञ्चालन नेपाली काँग्रेस वडा सचिव लक्ष्मण पौडेलले गर्नुभएको थियो ।समाचारबाणी अनलाईनबाट


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो

प्रतिक्रिया