SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/५/१ गते
    ११४४ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । गुणस्तरीय खानेपानिको लागि राम्रो व्यबस्थापन नभएको भन्दै आइतबार कटुवा चौपारीका युवाहरुले उपभोक्ताहरुको तर्फबाट वडा कार्यालयमा निबेदन दिएका छन् । गुणस्तरीय खानेपानि संचालन गर्न आर्थिक वर्ष २०६४÷०६५ साल देखि संचालित कटुवा चौपारी खानेपानी योजना अवस्था देखि अहिले सम्म पनि निर्माण सम्पन्न नभएको भनि उपभोक्ताहरुले वार्ड कार्यालयमा निबेदन दिएका हुन् ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    सो खानेपानी योजनाको लागि ३ करोड खर्च भैसकेको जनाइएको छ । ‘योजना संचालन गर्ने समयमा सोलो सेण्ड ट्याङ्की निर्माण गर्ने जमिन उपभोक्ता मध्ये कै व्यक्तिहरु बाट उपलव्ध गराउने सहमति र कागजात बाट काम सुरु भएपनि हाल सम्म उक्त जमिन समितिको नाउमा भएको छैन’ निबेदनमा भनिएको छ ।

    कटुवा चौपारी गुणस्तरीय खानेपानि योजना निर्माण सम्पन्न नहुदै सम्पन्न भयो भनि उपभोक्ता समितिलाई हस्तान्तरण गराएका कारण अक्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको जनाइएको छ । सो खानेपानि आयोजना अलपत्र भएको हुदा उपभोक्ताले विभिन्न समस्या झेल्दै आइरहेका छन् । नियमित खानेपानी संचालन ,नयाँ मिटर जडान, मिटर रिडिङ, कर्मचारी व्यवस्थापन,आय व्यय सार्वजनिक नभएको भनि वार्ड कार्यालयमा यस भन्दा अगाडी पनि जानाकारी गराईरहेको उपभोक्ताले गुनासो गरेका छन् ।

    कटुवा चौपारी गुणस्तरीय खानेपानी समितिलाई सक्रिय बनाउन बिधान अनुसार पुन समिति गठन गर्ने व्यवस्था लागु गर्नका लागि, कटुवा चौपारी गुणस्तरीय खानेपानीमा हुने हरेक काम पार्दशि बनाउन र आवश्यक कार्वाही होस भनि निवेदन वार्ड कार्यालयमा दिएको उपभोक्ता उपेन्द्र अधिकारीले जानाकारी दिनुभयो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं