
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१११ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
पर्वत । स्थानिय सरकार गठन भएपछि पर्वत जिल्लाको महाशिला गाउँपालिकाले गौरबको योजनाको रुपमा अघि सारेको एक घर एक रोजगार दिने विकास स्वयंसेवक कार्यक्रमलाई महालेखा परिक्षकको कार्यालयले उपलव्धीबिहीनको साथै उक्त कार्यक्रममा गरिएको ठुलो शिर्षकका खर्चलाई अनुचित भनेको छ ।
कार्यक्रममा देखाएको खर्च बिवरणमा २ करोण ५० लाखको कार्यक्रममा २३ लाख ४२ हजार त तालिम र अन्तरकृयामा मात्रै खर्च गरिएको देखाइएको छ । महाशिला गाउँपापालिकामा जम्मा ६ वटा वडाहरु रहेका छन् । सामान्यरुपमा आकलन गर्दा एक वडामा झण्डै ४ लाख बराबरको कस्तो खालको अन्तरकृया र तालिम भएको होला भनि स्थानियहरुले प्रश्न समेत सोध्ने गरेका छन् ।
महालेखा परिक्षकको कार्यालयले हालै सार्वजनिक बार्षिक प्रतिवेदनमा विकास स्वयंसेवक कार्यक्रम सञ्चालन गरी ठुलो रकम खर्च गर्नु उचित नदेखिएको उल्लेख गरिएको छ । प्रतिवेदनमा महाशीला गाउँपालिकाले विकास स्वयंसेवक कार्यक्रम अन्तर्गत आर्थिक वर्ष ०७५ ७६ मा २ करोड ५० लाख बिनीयोजन गरी २३ लाख ४२ हजार रुपैया अन्तरक्रिया र तालिममा खर्चिको, ९० लाख ८० हजार स्वयंसेवकको पारिश्रमक र अन्य गरी १ करोड ३४ लाख २८ हजार खर्च गरेको उल्लेख गरिएको छ ।

सो खर्चलाई महालेखाले अनुचित खर्च भएको भन्दै अगामी योजनामा यस्ता खालका कार्यक्रमहरु समाबेश नगर्न समेत सुझाव दिएको छ । यस्तो अबस्थामा पनि गाउँपालिकाले चालु आर्थिक वर्षमा पनि उक्त कार्यक्रमका लागि १ करोड १० लाख रुपैया बिनीयोजन गरेको छ । महाशीला गाउँपालिकाले २०७५ सालदेखि उक्त कार्यक्रम शुरुवात गरेको हो । उक्त कार्यक्रम मार्फत अहिलेसम्म ३ सय ९३ जनाले रोजगारी पाएको गाउपालिकाले बताए पनि कार्यक्रम भने नियमित रुपमा नै बिवादमा तानिएको छ । जसमा ७० प्रतिशत महिला छन् । उनिहरुले काम गरेपछि दैनिक ५ सय ६० रुपैया पारिश्रमिक दिईँदै आएको छ ।
पर्वत जिल्लामा शुरुवाती चरणमा कार्यक्रमको राम्रो चर्चा भएको पनि पछिल्ला दिनहरुहरुमा कार्यक्रम बिवादित बनेको थियो । यस्तैमा महालेखाले दिएको सुझावले कार्यक्रमको प्रभावकारीता माथी नै प्रश्न उठाएको छ ।
यता गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले स्वयंसेवक कार्यक्रम निकै प्रभावकारी बनेको बताए । उनले प्रधानमन्त्री रोजगार कार्यक्रम जस्तै महाशीलाको यो अभियान भएकोले यसलाई निरन्तरता दिईरहने बताए । उनले यसवाट बेरोजगार परिवारलाई ठूलो राहत मिलेको बताए ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया