SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/४/२८ गते
    १०३३ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत, ।  पाँचौं वन दिवसको अवसर पारेर सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ पर्वतको आयोजनामा सामुदायिक वनको सफलता र आगामी गन्तव्य विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    कुस्मा नगरपालिका ७ खरेहामा रहेको भड्खोरे सामुदायिक वन उपभोक्ता समूहको व्यवस्थापनमा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले सामुदायिक वन जनताको जीवनस्तरसँग जोड्नु पर्नेमा जोड दिएका छन् ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय सदस्य खुम प्रसाद सुबेदीले सामुदायिक वन संरक्षण मात्रै भएको र यसको उपयोग हुन नसक्दा उपभोक्ताले लाभ लिन नसकेको बताउनुभयो । सामुदायिक वन काठ दाउरका लागि मात्रै नभएर दिगो उत्पादन र रोजगारीसँग जोड्ने गरि नीति निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

    कार्यक्रममा बोल्दै कुश्मा नगरपालिका ७ का वडा अध्यक्ष सुवासचन्द्र पौडेलले जनताको जीवनस्तर उकास्ने कार्यक्रम ल्याउनका लागि सोही अनुसारका कार्यक्रम तय गर्नुपर्ने र कार्ययोजना तयार गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले वनसँगका नीति नियम झण्झटिलो भएकाले उपभोक्ताले प्रत्यक्ष लाभ लिन नसकेको बताउनुभयो ।

    कार्यक्रममा बोल्दै डिभिजन वन कार्यालय पर्वतका सहायक वन अधिकृत केशब पुडासैनीले वनको संभाव्यता अध्यायन गरि कृषि वन उद्यममा जोड्न जरुरी रहेको र त्यसका लागि नीति बनाउनुपर्नेमा जोड दिनुभयो ।

    कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ प्रदेश सदस्य लिला दवाडी, पूर्व अध्यक्ष खेमनाथ शर्मा, कुस्मा नगर महासंघका सचिब मिठू शर्मा, महिला उद्यमी संघ पर्वतका सचिब अम्बिका शर्मा, खरेहा प्राबिका प्रधानाध्यापक नारायण गिरी, भड्खोरे सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष तेज गिरी, सदस्य दिप सागर पौडेल, भिम कुमारी पौडेल, महानन्द शर्मा लगायतले आफ्नो धारणा राख्नुभएको थियो ।

    सामुदायिक वन उपभोक्ता महासंघ पर्वतका अध्यक्ष कबिता वि.क.को अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत जिल्ला सदस्य परशुराम सुबेदी र संचालन सचिब गणेश पौडेलले गर्नुभएको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं