SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/४/२४ गते
    ११८४ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत ।
    विमा क्षेत्रको अग्रणी संस्था नेपाल लाइफ इन्स्योरेन्स प्रालि कुश्मा उपशाखाले आफ्ना एजेन्सी म्यानेजर, बिजनेश कोअर्डिनेटर र अभिकर्ताहरुको बीचमा परिचय तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    कम्पनिको कुश्मा उपशाखाबाट गत आर्थिक बर्षमा राम्रो ब्यवसाय गर्न सफल अभिकर्तालाई सम्मानसंगै कम्पनिमा आबद्द हुन आउने नयाँ अभिकर्तालाई तालिम संचालन गरेको हो ।

    अभिकर्ता प्रशिक्षण तथा सम्मान कार्यक्रममा बोल्दै कुस्मा शाखाका प्रमुख तथा प्रशिक्षक ज्ञानु कुँवरले जीवनमा हुने जोखिमको भार कम गर्न जीवन बिमा महत्वपूर्ण रहेको बताउँदै सुरक्षित र भरपर्दो संस्था नेपाल लाइफ इन्स्योरेन्समा बिमा गर्न र गराउन आग्रह गर्नुभयो । उहाँले विमा क्षेत्रमा काम गर्दा अभिकर्ताहरुले प्रयाप्त आम्दानी गर्न सक्ने तथा सर्वसाधारणलाई जोखिमबाट हुने भारलाई कम गराउन समेत मद्दत पुग्ने बताउनुभयो ।

    कार्यक्रममा नेपाल लाईफका सिनियर एजेन्सी म्यानेजर रामशरण पोखरेल, घनश्याम रिजाल, एजेन्सी म्यानेजर शंकर गिरि, पेशागत बिमा अभिकर्ता संघ कुश्माका अध्यक्ष सरस्वती गिरि, अभिकर्ता चिरञ्जीवी रिजाल, देबि भुसाल, तारा पराजुली, दिनेश तिवारी, कबिराज बस्नेत, सुशील पौडेल र सन्तोष रिजाल लागायतले मन्तव्य राखेका थिए ।

    नेपाल लाइफ इन्स्योरेन्स कम्पनी कुश्मा उपशाखाका एजेन्सी म्यानेजर देबि गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत कुश्मा उपशाखाका कर्मचारी प्रमिसा थापा र संचालन साबित्रा पौडेलले गर्नुभएको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं