News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मुख्य समाचार समाचार

    छोराछोरीले पठाएको रकम कोरोना पिडितलाई

    पोखरा । तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं. ११ कालीकोट स्थायी घरभई हाल पोखरा ८ अनुपममार्गमा वस्दै आउनु भएकी खुमकुमारी थापाले आफ्नो गाउँका कोरोना पिडित दाजुभाई तथा दिदिबहिनीहरुलाई आईतबार राहत वितरण गर्नुभएको छ ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    वैदेशिक रोजगारको सिलसिलामा युके तथा अष्ट्रेलियामा रहेका छोराछोरीहरुले पठाएको रकमले कालीकोटका २० घर परिवारलाई राहत वितरण गर्नुभएको हो । राहतमा चामल ३० केजीको १ वोरा, २ केजी दाल, २ केजी नुन, १ केजी चिनी, लुगा धुने साबुन ६ पिस, नुहाउने साबुन १ थान र चिया पत्ती १ वट्टाको दरले वितरण गर्नु भएको हो ।

    सोही अवसरमा शुक्लागण्डकी ११ कालीकोटमा रहेको कालीका आमा समुहलाई पनि २० हजार आर्थिक सहयोग प्रदान गर्नुभएको थियो । आमा समुहकी अध्यक्ष ज्याम कुमारी थापालगाएतको समुहलाई उक्त रकम हस्तान्तरण गर्नुभएको थियो ।

    वडा नंं. ११ का अध्यक्ष दलबहादुर थापाले विदेशको भूमीमा रहेर सहयोग पठाउने तथा नेपालमा रहेका सामाजिक कार्यमा सक्रिय थापा परिवारलाई आभार व्यक्त गरेका थिए ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया