SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/४/१८ गते
    ९७४ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा । तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं. ११ कालीकोट स्थायी घरभई हाल पोखरा ८ अनुपममार्गमा वस्दै आउनु भएकी खुमकुमारी थापाले आफ्नो गाउँका कोरोना पिडित दाजुभाई तथा दिदिबहिनीहरुलाई आईतबार राहत वितरण गर्नुभएको छ ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    वैदेशिक रोजगारको सिलसिलामा युके तथा अष्ट्रेलियामा रहेका छोराछोरीहरुले पठाएको रकमले कालीकोटका २० घर परिवारलाई राहत वितरण गर्नुभएको हो । राहतमा चामल ३० केजीको १ वोरा, २ केजी दाल, २ केजी नुन, १ केजी चिनी, लुगा धुने साबुन ६ पिस, नुहाउने साबुन १ थान र चिया पत्ती १ वट्टाको दरले वितरण गर्नु भएको हो ।

    सोही अवसरमा शुक्लागण्डकी ११ कालीकोटमा रहेको कालीका आमा समुहलाई पनि २० हजार आर्थिक सहयोग प्रदान गर्नुभएको थियो । आमा समुहकी अध्यक्ष ज्याम कुमारी थापालगाएतको समुहलाई उक्त रकम हस्तान्तरण गर्नुभएको थियो ।

    वडा नंं. ११ का अध्यक्ष दलबहादुर थापाले विदेशको भूमीमा रहेर सहयोग पठाउने तथा नेपालमा रहेका सामाजिक कार्यमा सक्रिय थापा परिवारलाई आभार व्यक्त गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं