
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१११ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१२गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पछिल्लो समय आन्तरिक विवादको भुमरीमा रुमल्लिएको छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको मनोगत र निरकुंश कार्यशैलीलाई लिएर पार्टीमा पटकपटक आलोचना भएको थियो । ओलीले आफुले अंगालेको गुटगत कार्यशैली सच्याउनुको सट्टा अन्य नेताहरुलाई नै धम्क्याउन थालेपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका सचिवालय र स्थायी समितिका बहुमत सदस्यहरुले दुवै पदबाट राजिनामा मागेका थिए ।
मदन भण्डारी फाउण्डेशनले आयोजना गरेको एक खुल्ला कार्यक्रममा ओलीले आफुलाई भारतले हटाउन खोजेको र त्यसमा आफ्नै पार्टीका नेताहरुसमेत संलग्न भएको आरोप लगाएको पर्सीपल्ट प्रचण्ड लगायतले राजिनामा मागेका थिए ।
ओली पार्टीका सबै तहहरुमा अल्पमतमा परेपछि स्थायी समितिको बैठक राख्नै नमान्ने र राखिहालेपनि बैठकमा उपस्थित नहुने गर्दै आईरहेका छन् ।पार्टी विवादलाई लिएर प्रचण्ड–नेपाल पक्ष एकाठाउँमा उभिएपनि गृहमन्त्रीसमेत रहेका रम बहादुर थापा बादल भने कहिले ओलीतिर त कहिले प्रचण्डतिर देखिने गरेका छन् । थापाले विहिबार आफ्ना समुहका नेताहरुलाई पुल्चोकस्थित सरकारी क्वाटरमा झण्डै ८ घण्टा लामो छलफल गरेको बताइएको छ ।
थापा समुहमै ३ धार, प्रचण्डसँग मिल्नुपर्छ भन्नेहरु अत्याधिक
थापाले आयोजना गरेको उक्त भेलामा हिजो बैद्यसँग फुटेर तात्कालिन नेकपा माओवादी केन्द्रमा एकता गर्दाका नेताहरु जो अहिले नेकपामा केन्द्रिय समितिमा छन् उनीहरुलाई आमन्त्रण गरिएको बताइएको छ । नेकपामा ३५ जना थापा समुहका सदस्यहरु पार्टी केन्द्रिय समितिमा प्रतिनिधित्व पार्टी विवाद र निकासका बारेमा छलफल चलेको एक सहभागीले बताए ।
छलफलमा ३ धार देखा पर्यो । एक–निशर्त प्रचण्डलाई साथ दिएर जानुपर्छ, दुई–ओलीलाई साथ दिएर जानुपर्छ, तिन– आफ्नै लाईन बनाएर जानुपर्छ भन्ने ।उनका अनुसार स्थायी समिति सदस्यद्वय देव गुरुङ्, पम्फा भुषाल लगायत गरी २९ जना केन्द्रिय नेताहरुले प्रचण्डलाई साथ दिएर अघि बढ्नुपर्ने बताएका थिए ।
यसैगरी ५ नं. प्रदेश प्रदेश गृहमन्त्रीसमेत रहेका कुल प्रसाद केसी सोनाम, थापाका गृहका सल्लाहाकार सुर्य सुवेदी पथिक, पथिककी जिवन संगिनी समेत रहेकी ज्ञानु बस्नेत र प्रेस संगठनका केन्द्रिय संयोजक महेश्वर दाहाल गरी ४ जना नेताहरुले ओलीसँग मिलेर जानुपर्ने र प्रचण्डलाई देखाइदिने बेला आएको बताएका थिए ।
यसैगरी लेखनाथ न्यौपानेले भने ओली–प्रचण्ड दुबै प्रवृतिगतरुपमा बेठिक भएकाले आफ्नै लाईन र नेतृत्व स्थापित गरेर जानुपर्ने बताएका थिए ।स्वंयम थापा पनि ओलीमा कम्युनिष्ट चरित्र नै नभएको र उनले प्रतिक्रान्ति गर्ने भएकोले प्रचण्डलाई साथ दिनुपर्ने मत राख्दछन् । तर उनलाई सुवेदी र दाहालले कतिपय अवस्थामा दुविधामा हाल्ने गरेका छन् ।
दिलकृष्ण प्रजापति भिष्म,रामदिप आचार्य लगायतका युवा नेताहरुले अनिर्णय र अकर्मन्यताको बन्दी बन्न नहुने बताएका थिए । आचार्यले लडाईको बेलामा बिच बस्न नसकिने भन्दै प्रचण्डलाई साथ दिएर जानुपर्ने बताएका थिए । खबर डवलीबाट


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया