SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/४/१७ गते
    ११३० &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा।
    गण्डकी प्रदेश सरकारले आर्थिक बर्ष २०७६–७७मा पहिलो पटक शुरु गरेको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमले रुपा आँपूखोलाका बासिन्दाको मुहारमा खुशी छाएको छ ।  रुपा गाउँपालिका वडानं ६ स्थानीय बर्षोदेखि हिल्लामे र धुल्लामे सडकमा हिड्न बाध्य भएकोमा गत आर्थिक बर्षको निर्बाचन पूर्वाधार कार्यक्रमबाट उक्त क्षेत्रका प्रदेश सांसद दीपक कोइरालाले २५ लाख बजेट विनियोजन गरेपछि स्थानीयले उपभोक्ता समिति मार्फत ३ सय ७० मिटर ढलानबाटो निर्माण गरेका हुन ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    उक्तबाटोको नेकपा गण्डकी प्रदेश सहइन्चार्ज तथा कास्की क्षेत्रनं १का सांसद खगराज अधिकारीले एक कार्यक्रमका विच उद्घाटन गर्नुभयो । पुर्वमन्त्री समेत रहनु भएका अधिकारीले पार्टी के होला भन्ने बिषयमा चिन्ता नगर्न आग्रह गर्दै एकताबद्ध भएर जनताको सेवा निरन्तर लाग्ने बताउनु भयो । स्थानीयलाई आफ्नै खुट्टामा उभिने गरि कृषि उत्पादन र पशुपालनमा लाग्न आग्रह गर्दे त्यहाँ उत्पादन भएका बस्तु बजार पठाउनुपर्ने बताउनु भयो ।

    गण्डकी प्रदेश सभा सदस्य एवं अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको औचित्य पुष्टि गर्नेकाम आँपु खोलाका जनताले गरेको काम बाट पुष्टि भएको बताउनु भयो । स्थानीय गाउँपालिकाको समन्वयमा बजेट बिनियोजन गरिएको भन्दै कोइरालाले कम्युनिस्ट पार्टीको नेतृत्वका कारण नै बिकासका कार्यक्रमले तिब्रता पाइरहेको बताउनु भयो

    रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले निर्वाचनको बेला जनता संग गरेकाबाचा अनुसार बाटो निर्माण भएको बताउनु भयो । प्रदेश र संघसंगको सहकार्यले रुपाका जनताको मुहारमा खुशी आउनेगरि काम भएको बताउनु भयो । अध्यक्ष ओझाले गाउँपालिकाले ६ महिना भित्र रहेका सवै खरको छानो भएका घरमा जस्तापाता राखिने बताउनु भयो ।

    जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यलयका प्रमुख इन्जिनियर किरण आचार्यले आँपुखोलाका जनताले इस्टिमेट भन्दापनि ९० मिटर बढि बाटो बनाएर उदारणीय कार्य गरेको बताउनु भयो । बाटो निर्माणमा जनताले देखाएको सहभागिताले निर्वाचन क्षेत्र बिकास पुर्बाधार कार्यक्रमको उपयोगितालाइ पुष्टि गरेको उहाँको भनाई थियो ।

    रुपा गाउँपालिका वडा ६ र ५ लाई जोड् उक्त मोटरबाटो निर्माण पछि गाउँलेको मुहारमा खुशी छाएको आँपूखोला मोटरबाटो उपभोक्ता समितिका अध्यक्ष बलराम थापाले जनाउनु भयो । कार्यक्रममा वडानं ६का वडाध्यक्ष नारायण गुरुङ, उपभोक्ता समितिका उपाध्यक्ष रामचन्द्र खड्का,कोषाध्यक्ष लक्ष्मी खड्का, सचिव बुद्धिसागर घिमिरे लगायतले बोल्नु भएको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं