
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१११ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
काठमाडौं, । प्रहरीले कमलादीमा सुरक्षा जाँच गरिरहेको थियो। त्यही बेला बा.६च ५५१९ नम्बरको सेतो रङको स्कर्पियो प्रहरीले रोक्न खोज्यो। तर गति बढाएर गाडी भाग्यो। प्रहरीले पिछा गर्यो। त्यसको सुइँको पाएपछि कपडाको झोला फ्याँकेर गाडी भागेको प्रहरीले जनाएको थियो।
यो घटना गत मंगलबारको हो। तत्काल काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले पत्रकार सम्मेलन गरी १५ किलो सुनसहित हतियार फेला पारेको जानकारी दिए। उनले थप अनुसन्धान भइरहेको बताए। तर, प्रहरीले सुन भनेको धातु पछि जाँच गराउँदा साढे १४ किलो चाँदी पुष्टि भयो। आधा किलो मात्र सुन भएको प्रहरीले बतायो ।
प्रहरीको कडा सुरक्षा भएको ठाउँबाटै गाडी कसरी उम्कियो ? यसमा गम्भीर प्रश्न उब्जिएको छ। प्रहरीकै मिलेमतो भएको हुन सक्ने आशंका गरिएको छ। उक्त घटनाको छानबिन गर्न महानगरीय अपराध महाशाखा प्रमुख एसएसपी दीपक थापाको संयोजकत्वमा समिति गठन गरिएको थियो। तर, काठमाडौं प्रहरी प्रमुख ज्ञवाली र अपराध माहाशाखा प्रहरी प्रमुख थापाबीच समन्वय अभावका कारण दोस्रो दिनमै समिति संयोजक फेरिए। महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी सुनीलकुमार यादवलाई संयोजक बनाइयो ।
लुटपाटको १० लाख नगदसहित न्युरोडबाट घुमुवा प्रहरीसहितलाई पक्राउ गरेको घटनाको जस कसले लिने भनेर ज्ञवाली र थापाबीच हानथाप रहेछ। त्यही विषयमा उनीहरूबीच समन्वय अभाव थियो। त्यसैले ज्ञवालीको आग्रहमा समितिको संयोजक परिवर्तन गरिएको स्रोतले जनाएको छ। अनुसन्धान अधिकृतबाट त्रुटि
एसएसपी यादव नेतृत्वको समितिले मंगलबारको घटनामा प्रहरीका अनुसन्धान अधिकृतको त्रुटि रहेको देखाएको छ। प्रहरी स्रोतका अनुसार अनुसन्धान अधिकृत डीएसपी रञ्जन दाहालले नक्कली घटनास्थल देखाएर प्रहरीलाई गलत सूचना दिई अनुसन्धानमा गम्भीर लापरवाही गरेको देखिएको छ। ‘दरबारमार्ग महानगरीय प्रहरी वृत्तका डीएसपी रञ्जन दाहालको गम्भीर त्रुटि देखिन्छ’, समितिका एक सदस्यले भने, ‘गाडी र मान्छे तत्कालै समात्न सक्ने अवस्थालाई दाहालले बेवास्ता गरेको देखियो। हामी थप छानबिनमा छौं ।’ डीएसपी दाहालले उम्किएको गाडीको गलत नम्बर ट्राफिक प्रहरीलाई उपलब्ध गराएको पाइएको छ। उनले ५५१९ हुनुपर्नेमा ५५११ बताएका थिए। आफूलाई पनि गाडी भागेपछि मात्र डीएसपी दाहालले जानकारी दिएको ज्ञवालीको भनाइ छ। समिति स्रोतका अनुसार प्रहरीलाई दिइएजस्तो घटना विवरण कमलादीमा रहेको सीसीटीभी फुटेजमा देखिएको छैन। अनुसन्धानबाट नयाँ घटनास्थल सुन्धारा भएको कुरा खुलेको छ ।
स्रोतका अनुसार ‘क्राइम सिन’ परिवर्तन गर्नु, ट्राफिक प्रहरीलाई गाडी नम्बर गलत टिपाउनु, जलप लगाएको वस्तुलाई जाँच नगरी सुन भनेर पत्रकार सम्मेलन गर्नु, काठमाडौंका अन्य प्रहरी वृत्तमा समन्वय नगर्नु प्रहरीको मुख्य लापरवाही देखिएको छ। छानबिन प्रतिवेदनको अन्तिम चरणमा पुगेको समितिका एक सदस्यले बताए ।
उक्त घटनाको तेस्रो दिन बिहीबार सुन काण्डका तीन अभियुक्त पक्राउ परेका छन् भने गाडी पनि फेला परेको छ। देवान पटेल, निलेश सखिया र विजय पटेल नवलपरासीको दुम्कीबाट पक्राउ परेका हुन्। उनीहरू चेकपोइन्ट कमलपोखरीबाट गाडी लिएर भागेको अनुसन्धानबाट खुलेको छ। सुन्धारामा पुग्दा झोला फ्याँकेर ललितपुर नखिपोटमा गाडी छोडी नागढुंगा पुगेका थिए। काठमाडौंमा बिरामी ल्याएर बुटवल फर्किंदै गरेको ट्याक्सीलाई मनकामना जाने भनी चढेर भैरहवा पुर्याएको अनुसन्धानबाट खुलेको छ। त्यसपछि प्रहरीले दिएको हुलियाका आधारमा नवलपरासीको दुम्कीबाट ट्याक्सीसहित पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।
नखिपोटमा भेटिएको गाडी भने बारा घर भएका इलसाम हुसेनको नाममा रहेको पाइएको छ। पक्राउ परेका व्यक्ति र घटनामा प्रयोग गरिएको गाडीबारे विस्तृत छानबिन भइरहेको महानगरीय प्रहरी प्रमुख डीआईजी विश्वराज पोख्रेलले बताए। ‘घटनाको विस्तृत छानबिन भइरहेको छ’, डीआईजी पोखरेलले भने, ‘घटनामा प्रयोग भएको गाडी र संलग्न नियन्त्रणमा लिइसकेका छौं। अनुसन्धान भइरहेको छ ।’ घटनामा लापरवाही गर्ने प्रहरी कर्मचारीलाई विभागीय कारबाही गरिने उनले बताए ।
दरबारमार्गका डीएसपी दाहाल बिहीबार प्रहरी प्रतिष्ठानमा तानिएका छन्। सुन काण्डमा लापरवाही गरेका र छानबिनलाई प्रभावित गर्न सक्ने भनेर उनलाई प्रतिष्ठानमा तानिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ। दाहालको ठाउँमा प्रतिष्ठानका डीएसपी रामेश्वर पौडेललाई ल्याइएको छ । सुवास गोतामे र उपेन्द्र अर्यालले अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार लेखेका छन् ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया