SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/४/१६ गते
    १४६६ &#२३४६;&#२३३५;&#२३२५;

    कठमाडौं । ‘जाम भने जान्छेउर माया पोखरा फेवाताल घुम्नलाई’ ।यो गीत नसुन्ने नेपाली कमै होलान् । मन नपर्ने पनि कमै होलान् । तर कति नेपालीलाई थाहा नहोला कि यो गीत पुरानी गायिका कोपिला गौतमको हो ।जुन गीत तीजको अवसरमा निर्माण गरिएको थियो । तर गीत तीजमा मात्रै सिमित रहेन । हरेक पर्व, बनभोज, दशैं, तिहार, डिस्को, बार, दोहोरी लगायतमा यो गीत घन्कीरहेको हुन्छ ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    यसै गीतबाट निकै चर्चा कमाउन सफल गायिका हुन् कोपिला गौतम । पुर्व ईलाममा जन्मीएकी कोपिला गौतम पश्चिमी लोक तथा दोहोरी गीत गाउन मायूर छिन् ।पुर्वी हावा पानिमा हुर्कीएका कुनै पनि मान्छेलाई पश्चिमी हावा पानि तथा कल्चरमा घुलमिल हुन निकै ह्रारो हुन्छ भने, पश्चिमी हावा पानिका मान्छेलाई पनि पुर्वी हावा पानि तथा कल्चरमा भिज्न ह्रारो नै हुन्छ ।

    तर पनि गौतम त्यस्तो परिश्थितिलाई पनि छिचल्दै आएकी गायिकाको छबि बनाउन सफल छिन् । उनले आफूलाई अब्बल गायिकाको पहिचन दिईसकेकी छन् ।उनी निनै पुरानी गायिका पनि हुन् । गौतमले प्रत्यक बर्षको तीजमा मौलिक तीज गीत सार्वजनिक गरेकी हुन्छिन् ।

    त्यसै क्रममा यो वर्ष पनि गायिका गौतमले हालै मौलीक तीज गीत सार्वजनिक गरेकी छन् ।नेपाली हिन्दु महिलाहरुको चाड तीज पर्वलाई लक्षित गरी गायिका गौतमले ‘मेरै घरमा बसेर दर खाउँला’ वोलको मौलिक तीज गीत सार्वजनिक गरेकी हुन् ।

    गीतमा गोविन्द मधुर आचार्यको उत्कृष्ट शब्द तथा संगीत रहेको छ ।उक्त गीतमा गायिका कोपिला गौतमको एकल स्वर रहेको छ । गीतलाई गायिका गौतमले आफ्नै युट्युव च्यानलबाट सार्वजनिक गरेकी हुन् ।‘दर खाउँला’ गीतको म्युजिक भिडियोतर्फ चर्चित मोडल तथा निर्देशक शंकर बिसीको निर्देशनमा म्युजिक भिडियोको निर्माण गरिएको छ ।

    गीतको म्युजिक भिडियोमा पछिल्लो समय निकै चर्चा कमाउन सफल मोडेल करिष्मा ढकालले अभिनय तथा नृत्य गरेकी छन् । भिडियोलाई छायांकन दुर्गा पौडेलले गरेका हुन् भने नविन घर्ती मगरले सम्पादन गरेका हुन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं