
१मिश्रीको नेपाल भ्रमण : भोटेकोशी विपद्पछिको पुनर्निर्माणमा सघाउने भारतको इच्छा
२शिक्षामन्त्री भन्छन्– त्रिविको करिब ७०५ रोपनी जग्गा फिर्ता ल्यायौं
३विहादी गाउँपालिकाले स्वरोजगारका लागि चप्पल बनाउन सिकाउँदै
४कुश्मामा ज्येष्ठ नागरिक लक्षित क्षयरोग खोजपडताल शिविर सञ्चालन
५शंकरपोखरीमा ५० हजार राशीको भलिवल प्रतियोगिता हुँदै
६प्रदेश अस्पताल पर्वतको वार्षिक समीक्षा सम्पन्न, सेवा प्रवाह सुधारलाई प्राथमिकता
७जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
८ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
९आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
१०असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
११मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
१२ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
२पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
३आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
४ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
५मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
६घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
७जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
८असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
९ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
१०विहादी गाउँपालिकाले स्वरोजगारका लागि चप्पल बनाउन सिकाउँदै
११कुश्मामा ज्येष्ठ नागरिक लक्षित क्षयरोग खोजपडताल शिविर सञ्चालन
१२प्रदेश अस्पताल पर्वतको वार्षिक समीक्षा सम्पन्न, सेवा प्रवाह सुधारलाई प्राथमिकता
हरि आचार्य कपिलवस्तु, ।
पछिल्लो समय जन्मदिन भन्नाले केक काट्ने, साथिहरुसंग शुभकामना आदान प्रदान गर्ने, पार्टि दिने, नाचगान गर्ने अनि गिफ्ट प्राप्त गर्ने भन्ने कुरा बुझिन्छ तर यो धारणा गलत हो । जन्म दिनमा केक काट्नु नराम्रो मानिँदैन तर केकमा राखिएको बत्ति निभाएर केक काट्ने परम्परा बन्दै आएको छ, कार्यक्रममा बत्ति निभाउनु अशुभ मानिन्छ ।
आफूभन्दा ठूलाको आशिर्वाद मानिसको जीवनमा आफूभन्दा ठूलाको आशिर्वादको ठूलो महत्व राखेको हुन्छ । त्यसैले जन्मोत्सवमा आफूभन्दा ठूलाको आशिर्वाद लिनु राम्रो हुन्छ । त्यसले उन्मोत्सव मनाउने व्यक्तिमा आफूभन्दा ठूलाको सद्भाव, प्रेम र मार्गदर्शन प्राप्त हुन्छ । जसले उक्त व्यक्तिमा मनोवल थप हुने तथा उत्प्रेरण थपिने हुन्छ । साथै, केटाकेटी बेलैदेखि यस्तो बानी बसालिदिएमा उनीहरुमा आफूभन्दा ठूलालाई सम्मान गर्नुपर्ने रहेछ भन्ने संस्कारको विकास हुन पाउँछ ।
खानेकुरा तथा फलफूल वितरण तपाईं आफनो जन्मदिनका दिन कुनै पनि वृद्धाश्रम, वालआश्रम, गरिव, भोका नाङ्गा आदीलाई आफनै हातले वा कोही व्यक्तिहरुमार्फत खानेकुराहरु वितरण गर्न सक्नुहुनेछ । हाम्रो शास्त्रीय मान्यताले भोका व्यक्तिलाई खान दिएमा सबैभन्दा ठूलो पुण्य हुने उल्लेख गरेको छ । खानेकुराको वितरणले भोको रहेका व्यक्तिमा तृप्तता हुने र उक्त तृप्तताको फल खानेकुरा वितरण गर्नेको जीवनमा झल्कने दर्शनभित्र ठूलो विज्ञान निहीत छ ।
सोहि क्रममा लुम्बिनी दर्पण राष्ट्रिय साप्ताहिक कपिलवस्तुका सञ्चारकर्मी सागर पौडेलले जन्मोत्सव घरपरिवार विहिन वालवालिकासंग मनाएका छन् । कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. ६ का सञ्चारकर्मी पौडेलले आफ्नो जन्मोत्सव कपिलवस्तु वाल गृहका परिवार विहिन वालवालिकासंग मनाएका हुन् । उनले जन्म दिनको अवसर पारेर कपिलवस्तु वाल गृहका परिवार विहिन वालवालिकाहरुलाई रुद्रभिषेक भोजन गराई उदाहरणिय कार्य गरेका छन् ।
उनले केक काट्ने, साथीभाईहरु जम्मा गरेर फजुल खर्च गर्ने प्रवृत्तिको अन्त्य गरी परिवार विहिन वालवालिकाहरुको हौसला प्रदान गर्ने उद्देश्यले उक्त कार्य गरेको सञ्चारकर्मी पौडेलले बताए । सञ्चारकर्मी पौडेल भन्छन् ‘आफ्नो सबै खुसीमा आफु मात्र खुसी हुनु जीवन सफल हुनु होईन, आफ्नो थोरै खुसी बांडेर अरुलाई पनि खुसी बनाउनु नै जीवनको सफलता हो’ ।
उनले जन्म दिनमा अनावश्यक खर्च नगरी वृद्धाश्रम, वालआश्रम, गरिव, भोका नाङ्गा आदीलाई साहारा दिन सबैलाई आग्रह गर्दै आगामि दिनमा पनि यस्तै कार्य गर्ने प्रतिवद्धता जनाए ।कार्यक्रममा लुम्बिनी दर्पण राष्ट्रिय साप्ताहिकका प्रबन्धक मोहन बेल्बासे, कपिलवस्तु वाल गृहका अध्यक्ष राजु प्रसाद अर्याल, पौडेलका पिता बोधिराम पौडेलले जन्मोत्सवको शुभकामना व्यक्त गर्दै उदाहरणिय कार्य गरेकोले यसले समाजमा सकारात्मक प्रभाव पारेको बताए ।
वाल गृहमा रहेका वालवालिकाहरुले पनि सञ्चारकर्मीलाई टिका सहित जन्मोत्सवको शुभकामना व्यक्त गर्दै खुसी व्यक्त गरेका थिए ।कार्यक्रममा कपिलवस्तु बाल गृहका प्रमुख राम प्रसाद अर्याल, जिल्ला मालपोत कार्यालय कपिलवस्तुका अधिकृत रिषी पौडेल, सामुदायिक रेडियो मायादेवीका कार्यकारी निर्देशक थानेश्वर अधिकारी,महिला अधिकारकर्मी पुष्पा रेग्मी, लुम्बिनी दर्पण अनलाइनका समाचार संयोजक हरी आचार्य, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल प्रदेश नं ५ का सदस्य पुर्णचन्द्र परियार,पत्रकार महासंघ कपिलवस्तु शाखाकी कार्यालय सचिव संगीता भुसाल, लुम्बिनी दर्पण साप्ताहिकका बजार सहायक सुदिप अधिकारी लगायतको उपस्थिती रहेको थियो ।


२पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
३आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
४ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
५मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु

प्रतिक्रिया