SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/४/९ गते
    १४६५ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा ।
    सयौं डाँडा काटी गयौ ,सात समुद्र पारी गयौ !
    शुन्य पारी गाउँ-घर ,तिम्ले माया मारी गयौ !!
    सर्जक बिष्णुकुमार गिरीको शब्द रचना तथा प्रस्तुतिमा आधुनिक गीत ”माया मारी गयौ”बजारमा आएको छ । उक्त गीतमा चर्चित गायक शिशिर योगीको स्वर र बिबी अनुरागीको संगीत तथा संगीत संयोजन रहेको छ । प्रिज्म डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतलाई मिक्सिङ तथा मास्टरिङ्गको काम श्यामस्वेत रसाइलीले गरेका हुन भने कभर भिडियोको सम्पादन अधिनायक मान शेरचनले गरेका हुन ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    बैदेशिक रोजगारिको सिलसिलामा १२ बर्ष अघि जापानमा गएर नेपाली तथा एशियन स्वादको खानाको परिकार पस्किने  रेस्टुरेन्ट ब्यवसाय गरिरहेका गिरीको यो पहिलो गीत हो । ९ बर्ष पहिले रचना गरेको यो गीतले अहिले मात्र स्वर र संगीतबद्ध हुने मौका पाएको हो ।

    बिदेश गएको ३ बर्ष पुगेपछि पनि आफु स्वदेशमा फर्किने अवस्था नआएपछी आफ्नो जन्मभुमीलाई पृष्‍ठभुमी बनाएर यो गीत जन्मेको गिरीले बताए। गीतले बिभिन्न परिस्थितीका कारण बिदेशिनु परेका युवाहरुलाई सिंगो जन्मभुमी ,गाउँ,समाज,घर-परिवार तथा प्रिय मान्छेले गरेको गुनासो र ति बिदेशिएका ब्यक्तीहरुलाई आफ्नो ठाउँमा फर्किन उत्प्रेरित गर्ने भाव तथा सन्देश दिन खोजेको छ ।

    गुल्मीको मुसिकोट १ पौँदीअमराई जन्मेर सानै उमेर देखी अध्ययन बाहेक अतिरिक्त कृयाकलाप साहित्य पत्रकारिता, खेलकुद ,मनोरन्जन क्षेत्रमा रुची राख्ने गिरीले गीत, कबिता,गजल,मुक्तक,ब्यंग्यलेख,लघुकथामा आफूलाई बढी रुची रहेको बताए ।उनका रचनाहरु बिभिन्न अनलाइन पत्रपत्रीका, एफ एम रेडियोका साहित्य कार्यक्रममा प्रकाशन तथा प्रशारण भई रहन्छन भने सामाजिक सन्जाल फेशबुकमा पनि यस्ता रचना पोस्ट भईरहन्छन !

    मायाप्रेमका अलावा सामाजिक, देशभक्ती,सन्देशमुलक तथा वास्तविकता झल्किने गीत गाउन रुचाउने शिशिर योगीको स्वरमा ”यो देशमा म एउटा मानिस खोजी रहेछु “सारंगी त रेटे पनि “आमा “लगायतका थुप्रै गीत चर्चित छन ।गिरीका शब्दले आफ्नो मन छोएपछि स्वर दिन स्विकारेका शिशिर योगीले “माया मारी गयौ”ले पनि ति गीतहरुको हाराहारिमै दर्शक श्रोताको मन जित्ने आशा गरिएको बताए ।संगीतकार बिबी आनुरागिले गिरीको मार्मिक शब्दहरुको भावलाई आफुले निकै मेहनत गरेर न्याय गरेको र अवस्य पनि श्रोताको मन जित्ने दाबी गरे । यो गीत सुत्र टिभि (Sutra tv )युट्युब च्यानल बाट हेर्न सकिनेछ।

    https://www.youtube.com/watch?v=fP3cJLUEcN4&feature=share&fbclid=IwAR3m-cq0M04WsMNsQM3RJCcwnzbjfVX1Wz8JX_1AZXH1mvO29PxXsh0OJcY&app=desktop

    प्रतिकृया दिनुहोस्

    Loading...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण

    पर्वत । पर्वतको कुश्मा नगरपालिका–४ स्थित घुम्तीमा निर्माण गरिएको यात्रु प्रतिक्षालयको सोमबार उद्घाटन गरिएको छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं