SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/४/७ गते
    १४२९ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । पछिल्लो समय चर्कदै गएको आन्तिरक विवादमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फसेको छ । दुई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको शक्ति संघर्षले पार्टी एकता नै संकटमा पर्ने आंकलन गर्न थालिएको छ ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    यो बीचमा पार्टी प्रवक्ता नाराणकाजी श्रेष्ठले अध्यक्ष प्रचण्डलाई झुक्काएर राष्ट्रपति निवास लगेको भन्ने कुरामा गलत्त भएको जिकिर गर्नुभएको छ । बालुवाटारमा आज बसेको स्थायी कमिटी बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रवक्ता श्रेष्ठले अध्यक्ष प्रचण्ड शीतलनिवास गएको कुरा सत्य भए पनि झुक्याएर पुर्‍याइएको भन्ने कुरा सत्य नभएको जानकारी दिनुभएको छ ।

    शनिबारको सचिवालय बैठकपछि पूर्वप्रधानमन्त्री एवं अध्यक्ष प्रचण्ड अर्का अध्यक्ष एवं प्रधानमन्त्री ओलीसहित राष्ट्रपति निवास पुगेका थिए । आइतबार बिहान प्रचण्डले आफ्नै निवासमा आफू निटक नेताहरुलाई आफूलाई झुक्याएर राष्ट्रपति निवास लगिएको ब्रिफिङ गरेको समाचार सार्वजनिक भएको थियो । सोही प्रसङ्गमा पत्रकारले सोधेको प्रश्नको जवाफ दिंदै प्रवक्ता श्रेष्ठले यस्तो उल्लेख गर्नुभएको हो ।

    उहाँले झुक्याएर लगेको भन्ने कुरा सत्य नभएको बताउँदै भन्नुभयो, ‘झुक्याएर लैजाने खालको अध्यक्ष उहाँ हुनु हुन्न । झुक्याएर कोही लैजाँदैन, झुक्किएर कोही जाँदैन ।’ प्रवक्ता श्रेष्ठले अध्यक्ष प्रचण्ड राष्ट्रपति निवासमा गएको कुरा सत्य भएको र आफूलाई झुक्याएर लगिएको भनेर कहींकतै ब्रिफिङ पनि नगरेको स्पष्ट पार्नुभयो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं