SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/४/७ गते
    ६९७ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । त्रिविका रोकिएका सबै परीक्षाको कार्यतालिका सात गते (भोलि) सार्वजनिक हुने भएको छ । लकडाउनका कारण रोकिएको परीक्षा सञ्चालन गर्ने तयारीमा रहेको त्रिविले कसरी गर्ने भन्ने बारे बहस गरिरहेको छ ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    यो बीचमा त्रिभुवन विश्वविद्यालले कोरोना संक्रमणको अवस्था यथास्थितिमा रहिरहेमा लकडाउन यता स्थगित गरेको परीक्षा भदौको पहिलो साता देखि परम्परागत रुपमा नै सञ्चालन गर्ने तयारी थालेको खुल्न आएको छ ।

    त्रिविको परीक्षा सुधार समिति र केन्द्रीय परीक्षा बोर्डको आइतबार बसेको बैठकले परीक्षा फारम भरिसकेका विद्यार्थीको परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । कोरोनाको सङ्क्रमण र लकडाउनको अवस्था हेरेर सम्बन्धित डिन कार्यालयले सम्भव भए परम्परागत विधिबाटै र नभए अन्य विकल्प प्रयोग गरेर परीक्षा सञ्चालन गर्न सक्ने शिक्षाध्यक्ष प्राडा. शिवलाल भुसालले जानकारी दिनुभयो ।

    उहाँका अनुसार विश्वविद्यालय अनुदान आयोगले जारी गरेको उच्च शिक्षामा वैकल्पिक प्रणालीबाट सिकाइ सहजीकरण प्रारूप–२०७७ र सरकारले गर्ने लकडाउनलाई हेरेर परीक्षा कसरी गर्ने भन्ने निर्णय सेमेस्टर प्रणालीको परीक्षा डिन कार्यालय सञ्चालन गर्नेछ ।

    शिक्षाध्यक्ष प्राडा। भुसालले भन्नुभयो,‘अवस्था वर्तमान कै कायम भएमा सामाजिक दुरी कायम गरेर परम्परागत विधिबाट असामान्य भएमा आन्तरिक मूल्यांकन, वैकिल्पक सामग्रीको प्रयोग र खुल्ला विधिबाट परीक्षा सञ्चालन हुने छ ।’ पहिले विद्यार्थीको ट्रेसिङ गरेर कसरी परीक्षा गर्ने भन्ने डिन कार्यालयले तय गर्ने भएका छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    प्रदेश अस्पताल पर्वतको अध्यक्षमा परियार

    पर्वत। प्रदेश सरकारले सञ्चालन गर्दै आएको प्रदेश अस्पताल कुश्मा पर्वतको अस्पताल विकास समितिको अध्यक्षमा याम...

    पर्यटन प्रवद्र्धन संगै १४ औं पोखरा महोत्सवको प्रचार प्रसार सुरु

    पोखरा ।१४ औं संस्करणको पोखरा महोत्सवको प्रचार प्रसार सुरु भएको छ । आन्तरिक पर्यटनको पर्वद्धन...

    बालबालिकाको प्रतिभा पहिचान गरी प्रेरित गर्न जरुरीः प्रदेश प्रमुख भट्ट

    पोखरा ।गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बालबालिकाको सर्वाङ्गिण विकासका लागि ख्याल गर्नुपर्ने बताउनुभएको छ ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं