SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/४/६ गते
    ९९२ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा, । नेपाली काँग्रेसका संस्थापक वीपी कोइरालाको ३८ औं स्मृति दिवसमा कास्कीमा मङ्गलबार विविध कार्यक्रम गरिएको छ ।
    स्मृति दिवसको अवसर पारेर वृक्षरोपण, राहत वितरण, बिरुवा गोडमेल, रक्तदान, दिप प्रज्ज्वलन जस्ता कार्यक्रम गरिएको कास्की काँग्रेसका प्रवत्ता नवीन सिग्देलले जानकारी दिए ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    कास्की काँग्रेसले पोखरा २६ पैतेडाडाका ७८ परिवारलाई नगद १८ हजारसहित २० बोरा चालम, दाल, नुन, सिलिण्डर ग्यास सहयोग गरेको छ ।  पहिरो पीडित परिवार बसिरहेको पोखरा २६ स्थित अमरज्योती आधारभूत विद्यालयमा कार्यक्रम गरी सहयोग हस्तान्तरण गरिएको थियो ।

    त्यस्तै, पहिरोमा परी मृत्यु भएका दुर्गा विकको परिवारलाई नगद आठ हजार एक सय र भुवन कुना, भज्याङ, अर्घाैबेसी, आरुपाटा, डाडाकोनाकका पहिरो पीडित १० परिवारलाई राहत प्रदान गरिएको छ ।

    कार्यक्रममा नेपाली काँग्रेसका नेता एवं पूर्व मन्त्री यज्ञबहादुर थापाले पीडित परिवारलाई जुनसुकै सहयोग गर्न पनि काँग्रेस तयार रहेको बताए ।
    कास्की काँग्रेसका सभापति कृष्ण केसीले पहिरोपछि विस्थापित परिवारको व्यवस्थापनका लागि काँग्रेसले पहल गरिरहेको बताए ।

    कार्यक्रममा नेपाल महिला संघ कास्कीकी सभापति कोपिला रानाभाट, नेपाली काँग्रेस महासमिति सदस्य गिरिराज गौतम, नेपाल ट्रेड युनियन काँग्रेस गण्डकी अध्यक्ष मुरारी शर्मा, पोखरा २६ का वडाध्यक्ष नारायणप्रसाद बराल, पीडित परिवारकोतर्फबाट पवित्रा विक र गोविन्द परियारले बोलेका थिए ।

    नेपाली काँग्रेस वडा कार्यसमिति पोखरा २६ का सभापति कृष्णमोहन भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा कास्की जिल्ला सदस्य राजेन्द्रमणि लामिछानेले स्वागत र वडा कार्यसमिति सचिव चिनिया थापाले सञ्चालन गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं