SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/४/६ गते
    ९६३ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा, । नेपाली काँग्रेस कास्कीले पोखरा महानगरपालिकाको ठेक्का टेण्डरमा देखिएको अनियमितताप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । कास्की काँग्रेसको शनिवारको बैठकले विभिन्न संचारमाध्यममा ठेक्का टेण्डरमा देखिएको अनियमितता बारे समाचार आइरहेको उल्लेख गर्दै त्यस्तो अनियमितताप्रति ध्यानाकर्षण भएको प्रवत्ता नवीन सिग्देलले बताए ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    कास्की काँग्रेसका पदाधिकारी, क्षेत्रीय सभापति र पोखरा महानगरपालिका सभापतिसहितको संयुक्त बैठकमा पोखरा महानगरपालिकाका राष्ट्र सेवक कर्मचारीमाथि गरिएको अभद्र व्यवहारप्रति ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।

    टेण्डर सम्वन्धी अनियमितता र राष्ट्र सेवक कर्मचारीमाथिको अभद्र व्यवहार बारे सत्यतथ्य छानविन गरी दोषीमाथि कारवाही गर्न बैठकले माग गरेको छ । बैठकले ३८ औं वीपी स्मृति दिवसमा साउन ६ गते पोखरा २६ पैतेडाडाका बाढिपहिरो पीडित परिवारलाई राहत वितरण गर्ने, वृक्षरोपण गर्ने र विगतका वर्षहरुमा रोपिएका बिरुवाको गोडमेल गर्ने निर्णय गरेको छ ।

    बैठकले नेपाली काँग्रेसका नेता मेजर दीपकबहादुर गुरुङको निधन भएकोमा दुःख व्यक्त गरेको छ । दिवंगत आत्माको चिरशान्तिको कामना र शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दै नेता गुरुङले पार्टीमा पु¥याएको योगदान अविश्मरणीय रहने जनाएको छ ।

    बैककले कास्कीको माछापुच्छ«े गाउँपालिका वडा नं ८ स्थित खोराकोमुखमा पहिरोका कारण पुगेको क्षतिप्रति दुःख व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना र शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ । बैठकले पीडित परिवारलाई राहत र सुरक्षित बसोबासको व्यवस्था मिलाउन समेत माग गरेको छ । बैठक कास्की काँग्रेसका सभापति कृष्ण केसीको अध्यक्षतामा बसेको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं