News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मनोरञ्जन मुख्य समाचार समाचार

    चर्चित निर्देशक तथा सर्जक शंकर लामिछानेको तिज कोसेली छन् छन् चुरामा मेलिनाको आवाज, रियासाको नृत्य

    बैकुण्ठ गिरी, पर्वत । चर्चित निर्देशक नायक तथा सर्जक शंकर लामिछानेको तिज कोसेली छन् छन् चुरा बजार ल्याएका छन् । नेपाली र बलिउडका चलचित्र क्षेत्रलाई समेत राम्रोसँग बुझेका सर्जक लामिछानेको यसपालीको चिज कोसेली बजारमा आएको केहि समयमा नै तहल्का मच्चाएको छ ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    नेपाली नारीहरुको महान पर्व तिजमा हरेक बर्ष जसो गित बजारमा ल्याउने लामिछानेले यसपालीको तिज कोसेलीमा नेपाली गितसंगित की सबैभन्दा चर्चित तथा लोकप्रिय गायिका मेलिना राईको आवाजलाई दर्शक श्रोताहरुको बिचमा प्रस्तुत गराएका छन् ।

    लामिछानेले आफैले लय शब्द भरेको गितमा मेलिना राई र सुरज श्रेठको दमदार आवाज रहेको छ भने गितको भिडियोमा सुधिर श्रेष्ठ र रियासा दाहालको जोडदार अभिनय रहेको भिडियोमा देख्न सकिन्छ ।

    गितको बारेमा नेपाली तथा बलिउडको चलचित्र जगतलाई राम्रोसँग बुझेका सर्जक शंकर लामिछानेले सुचनाकेन्द्र डटकमसँग कुरा गर्दै भने यतिबेला बिश्व नै कोरोना भाईरसको महामारीबाट आक्रान्त बनेको भएपनि घरमा बसेर आफन्तहरु जम्मा भएर रमाईलो गर्न सकिने अबस्थालाई ध्यानमा राखेर उस्तै जनताको मन सुहाउँदो गित बजारमा ल्याएको र आम दर्शक श्रोताको मायाको आसा गरेको पनि बताए ।

    भर्खरै बजारमा आएको गितलाई क्यानडा नेपाल युटुब च्यानलबाट बजारमा ल्याईको छ भने गितलाई लाखौंले हेरीसकेका छन् । लोकप्रिय सर्जक लामिछानेको गितलाई हाम्रो तर्फबाट पनि लाखौं लाख शुभकामना ।।।

    लाेक कल्याणकारी

    प्रतिक्रिया