
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१११ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
फिल्डमा खटिने पत्रकारहरुलाई सुरक्षा सामाग्री वितरण
दिनेश कुमार श्रीवास्तव, रुपन्देही । प्रेस सेन्टर नेपालले एक कार्यक्रमबीच प्रदेश नम्बर पाँच अन्तर्गत रुपन्देही जिल्लामा आफ्नो संगठन विस्तार गरेको छ । प्रेस सेन्टर नेपाल केन्द्रीय समितिद्धारा गत विहिबार (अषाढ ४ गते) रुपन्देहीको भैरहवामा आयोजित ‘कोरोना नियन्त्रणमा पत्रकारको भूमिकाबारे छलफल तथा सुरक्षा सामाग्री वितरण कार्यक्रम’ बिच उक्त कमिटि गठन गरिएको हो ।
उक्त कार्यक्रम भैरहवाको मर्चवारस्थित सामुदायिक रेडियो मर्चवार (१०७.६ मेघाहर्ज) को हलमा सम्पन्न भएको थियो । कार्यक्रममा जिल्लाका क्रियाशिल करिब एक दर्जन पत्रकारहरुको सहभागिता रहेको थियो ।
प्रेस सेन्टर नेपाल रुपन्देहीको अध्यक्षमा मधेश २४ खबर, सामुदायिक रेडियो मर्चवार लगायतमा कार्यरत पत्रकार सुरेश कुमार पाण्डें र सचिवमा निल खबर अनलाईन पत्रिकामा कार्यरत पत्रकार राजकुमार चमार चयन भएका छन् ।
उक्त कमिटिको सदस्यमा सामुदायिक रेडियो मर्चवारका स्टेशन म्यानेजर अनिल तिवारी, निल खबरका पत्रकारहरु सर्वेश पाण्डें, प्रभुनाथ गुप्ता, मर्चवार पत्रकार क्लवका अगुवा तथा पत्रकार एचआर गुप्ता लगायत छन ।
लामो समयदेखी जनपक्षिय पत्रकारीता गर्दै आएका पत्रकारहरुको उक्त कार्यक्रमबिच गरिएको भेलाले प्रेस सेन्टर नेपालको रुपन्देही जिल्ला कमिटि १९ सदस्यीय बनाउने निर्णय गरेको बताइएको छ ।
प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष लोकराज जैसीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पूर्व संसद समेत रहेका नेकपा (माओवादी केन्द्र) का सचिव विनोद उपाध्यायको प्रमुख आतिथ्यता रहेको थियो । त्यसैगरी मर्चवार रेडियोका अध्यक्ष विरेन्द्र जैसवाल, स्टेशन म्यानेजर अनिल तिवारी, प्रेस सेन्टर काठमाडौंका अध्यक्ष प्रविन लिम्बु लगायतको आतिथ्यता रहेको थियो ।
संघिय राजधानी काठमाण्डौंमा गत जेष्ठ ३१ गते प्रेस सेन्टर नेपालले नेपाल पत्रकार महासंघको सभाहलमा भव्य रुपमा उद्घाटन गरेको ‘कोरोना नियन्त्रणमा पत्रकारको भूमिकाबारे छलफल तथा सुरक्षा सामाग्री वितरण कार्यक्रम’ देशव्यापी सञ्चालनको क्रममा गत विहीवार मर्चवारमा समेत कार्यक्रम सम्पन्न भएको आयोजकबाट जानकारी प्राप्त भएको छ ।
कार्यक्रमको विषयवस्तुबारे प्रकाश पार्दै संगठनका केन्द्रीय अध्यक्ष जैसीले विश्वप्व्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणको सन्दर्भमा मुख्य गरी पत्रकार, सुरक्षा निकाय, चिकित्सक गरी तिन मोर्चाहरु अगाडि रहेको भएपनि सरकारले उनीहरुको लागि न्यूनतम रुपमा पनि स्वास्थ्य सुरक्षा सम्बन्धी सामाग्रीहरु पुर्याउन नसकेको भन्दै आश्चार्य प्रकट गरे ।
अध्यक्ष जैसीले कोरोना नियन्त्रणमा जोखिम मोलेर जनतालाई सत्य, तथ्य समाचार पस्कने काममा क्रियाशिल रहेका पत्रकारहरुको लागि आफ्नो संगठनले सरकारलाई यसअघि नै विशेष कार्यक्रम बनाउन ध्यानाकर्ष गराएको भएपनि सरकारले नसुनेका कारण पत्रकारहरुले विविध खाले समस्या भोग्नु परेको बताए ।
उनले आफ्नो संगठनले विशेष गरी स्वास्थ्य उपकरण, सबैलाई स्वास्थ्य विमा, उपचारको सहज व्यवस्था, नियमित स्वास्थ्य परिक्षणको व्यवस्था, सूचना संकलनमा सहजता लगायतको माग सहित विज्ञप्ती मार्फत यसअघि नै सरकारको ध्यानाकर्ष गराएको तर्क गरे ।
उनले सरकारले पत्रकारको लागि ल्याएको कोरोना विमा कार्यक्रम समेत लक्षित पत्रकारहरुसम्म पुग्न नसकेको बताए । त्यस्तै फिल्डमा खटिने पत्रकारहरुको नियमित स्वास्थ्य परिक्षणमा सरकार मौन रहेको भन्दै त्यसमा ध्यान दिन आग्रह समेत गरे ।
उनले जोखिममा कलम चलाउने पत्रकारहरुलाई फिल्डमा निस्कदाको असहजतालाई सरकारको सञ्चार मन्त्रालय, सूचना विभाग, प्रेस काउन्सिल लगायतले नबुझ्नुले प्रेस स्वतन्त्रतामाथिको राज्यको निति प्रष्ट संकेत गरेको बताए ।
उनले नेपाल पत्रकार महासंघले समेत अहिलेको अवस्थामा क्रियाशिल पत्रकारको व्याख्या फिल्डमा खटिने आधारम गरी परिचय पत्र, कार्ड, पहिचान खुल्ने ज्याकेट र अन्य सुरक्षा सामाग्रीहरुको उपलब्धताको लागि उचित प्रकारको पहल नगरेको आरोप लगाए ।
उनले महासंघ आम पत्रकारहरुको हक, हित र अधिकारको लागि लड्ने सबैको आशाको साझाथलो भएपनि त्यहाँ पुगेका केही स्वार्थरत मनोभावना र लगत प्रवृतिका कारण विशेष गरी साना लगानीमा सञ्चालित मिडियाका पत्रकार, वास्तविक श्रमजिवि पत्रकार, फिल्डमा खटिने पत्रकारहरुमाथि विभेद गरिने गरेको आरोप लगाउँदै सबै मिलेर महासंघको साझा चरित्रलाई थप विकास गर्नुपर्नेमा जोड दिए ।
उनले कोरोनासँगको लडाईमा अन्य क्षेत्रले आफ्नो काम गरिरहेको अवस्थामा मानिसहरुको मनोवल बढाउने, सत्य समाचार दिने, कोरोना के हो र कसरी जित्न सम्भव छ भन्ने खालको विचार सम्प्रेषण गर्ने, विश्वभर भैरहेका सफल प्रयोगको जानकारी दिने, र त्यसले राष्ट्रियता, जनतन्त्र, जनजिविकामा पारेको प्रभावबारे लेख्ने कामलाई उच्च स्वास्थ्य सतर्कता अपनाउँदै ढुक्कताका साथ अघि बढाउन सहभागि पत्रकारहरुलाई उत्साहित गरेका थिए ।
कार्यक्रममा बोल्दै माओवादी केन्द्रका सचिव उपाध्यायले कोरोना विश्वसाम्राज्यवादले सिर्जना गरेको जैविक हतियार भएको कुरा सञ्चार माध्यमबाट खुल्न आएको भन्दै त्यसका विरुद्ध हटेर होइन उच्च सतर्कता अपनाउँदै डटेर अघि बढ्नुपर्नेमा जोड दिए ।
उनले कोरोना नियन्त्रणमा अन्य क्षेत्रका साथै पत्रकारहरुले खेलेको भूमिका धेरै महत्वपूर्ण बताउँदै सरकारलाई पत्रकारहरुको मागप्रति सचेत बन्न आग्रह समेत गरे । पत्रकारहरु समाजको ऐना र राज्यको चौथो अंग भएपनि सरकारले त्यसको महत्वलाई नबुझ्नुलाई बेवकुफको संज्ञा दिए ।
उनले समाजको यथार्थ विषयलाई सबैभन्दा पहिले साना, स्थानीय र जनपक्षिय पत्रकारहरुले नै आम जनतासामु उजागर गर्ने गरेको भन्दै त्यसमा राज्यका सम्बद्ध निकायहरुले नयाँ स्केलबाट पत्रकारहरुको बुझाई बनाउनुपर्ने र पत्रकारहरुलाई आवश्यक उपकरण वितरण गर्नुपर्ने बताए ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया