SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/३/१० गते
    ९३७ &#२३४६;&#२३३५;&#२३२५;

    कपिलवस्तु  । साउदी अरेबियाले यो वर्ष अन्तर्राष्ट्रिय हज यात्रीहरूलाई प्रवेश नदिने भएको छ । मुस्लिम धर्मावलम्बीहरुले साउदी अरेबियामा रहेको पवित्र स्थल मक्का–मदिनमा हज यात्रा गर्छन् ।हरेक वर्ष विश्वभरबाट लाखौँको संख्यामा मुस्लिमहरु हजका लागि साउदी पुग्छन् । तर यो वर्ष कोरोना भाइरसको महामारीले गर्दा साउदी अरेबियाले हज यात्राका लागि विदेशीलाई प्रवेश नदिने भएको हो ।हाल साउदी अरेबियामै रहेका केही सीमित विदेशीहरुले भने हज यात्रा गर्न पाउने त्यहाँको हज मंत्रालय ले जनाएको छ ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    कोरोना भाइरस महामारी लाई नियन्त्रण गर्न मानवता र जनस्वास्थ्य लाई ध्यान मा राखेर साउदी अरेबिया सरकारले गरेको उक्त निर्णय स्वागतयोग्य र प्रशंसनीय रहेको कुरा राष्ट्रीय मदरसा संघ नेपाल का राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कुफी ले बताएका छन्। मदरसा बोर्ड प्रदेश नं ५ का उपाध्यक्ष मौलाना मसहूद खां नेपाली ले नेपाल बाट समेत यो बर्ष एक हजार पांच सय जना हज गर्न बाट बंचित हुने, एकैपटक लाखौ लाख को संख्या मा हज यात्रि लाई एकै ठाउमा जम्मा गर्नु सान्दर्भिक नरहेको, मुस्लिम समुदाय हज बाट वंचित हुदा दुख रहे पनि विश्व मा (COVID-19) कोरोना भाइरस महामारीको बाध्यता ले गर्दा यस्तो निर्णय को उच्च मूल्यांकन गर्दे सरहना गरे ।

    राष्ट्रीय मदरसा संघ नेपाल का उपाध्यक्ष शैख जैस मक्की, मौलाना जहीर अहमद बरेलवी, कृष्णनगर नगरपालिका नेकपा नगर कमिटी अध्यक्ष जावेद आलम खां, राष्ट्रीय मदरसा संघ नेपाल का सल्लाहकार अब्दुल अजिज लगाएतले साउदी अरेबिया सरकार ले गरेको उक्त निर्णय स्वागतयोग्य रहेको बताए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सुन्तला पारखीका लागि पर्वत महोत्सवमा सुन्तला खाने प्रतियोगिता हुँदै

    पर्वत । के तपाई सुन्तलाको पारखी हनुहुन्छ, तपाईलाई सुन्तला कत्तिको मन पर्छ । सुन्तला खान...

    काँग्रेसका पूर्व सभापति गुरूङको प्रतिनिधिसभामा चुनाव लड्ने इच्छा

    पर्वत। नेपाली काँग्रेस पर्वतका पुर्व पार्टी सभापति नबराज गुरुङले आगामी फागुन २१ गते हुने प्रतिनिधि...

    पर्वतमा लागु औषध सहित दुई जना पक्राउ

    पर्वत । पर्वतमा लागु औषध गाँजा, चरेस र आलो मासु सहित दुई जना व्यक्ति पक्राउ...

    पर्वतको जलजलामा समुदायमा मुख्य न्याधिवक्ता कार्यक्रम

    पर्वत। पर्वतको जलजला गाउँपालिकामा आइतबार समुदायमा मुख्य न्याधिवत्ता कार्यक्रम सम्पन्न भएको छ । गण्डकी प्रदेशको...

    पर्वत जेसिज-२०२६ को अध्यक्षमा शर्मिला पौडेल

    पर्वत।पर्वत जेसिज बर्ष-२०२६ को अध्यक्षमा शर्मिला पौडेल चयन हुनुभएको छ । सनिबार सम्पन्न जिल्ला शाखाको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं