News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मुख्य समाचार समाचार

    यस्ता मनकारी घरबेटी जसले दिए तीन महिनाको रु एक लाख ३५ हजार घरभाडा छुट

    काठमाडौं । कोरोना महामारीमा भएको बन्दाबन्दीले समस्यामा परेका भाडावाला व्यवसायीलाई सञ्चारकर्मी कञ्चन थापाले घरभाडामा ५० प्रतिशत छुट दिनुभएको छ ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    पोखरा महानगरपालिका वडा नं ५ पस्याङस्थित घरभाडामा रहेको ‘मल्टी स्टार मोटर प्रालि’को शो रुमलाई तीन महिनाको ५० प्रतिशत भाडा छुट दिइएको थापाले जानकारी दिनुभयो ।

    “अहिलेको अवस्था सहज छैन, घरधनीका पनि आफ्नै समस्या छन् । व्यवसाय नै सञ्चालन हुन नसक्दा व्यवसायी झन् मर्कामा छन् । त्यसैले हामीले तीन महिनाको घरभाडामा छुट दिने निर्णय गरेका हौँ ”, अन्नपूर्ण एफएम र फेवा टेलिभिजनकर्मी थापाले बताउनुभयो ।

    थापाका श्रीमान् नरेन्द्र कोइरालाले घरभाडामा तीन महिनाको कुल रु एक लाख ३५ हजार छुट दिइएको र सम्झौतानुसार प्रत्येक वर्ष बढाइएको १० प्रतिशत भाडा पनि एक वर्ष नबढाइने निर्णय गरिएको जानकारी दिनुभयो ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया