SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/३/६ गते
    ११७५ &#२३४६;&#२३३५;&#२३२५;

    दाङ, ।
    नेपालमा लागु गर्न खोजिएको अमेरिकी एमसीसी खारेजीको पक्षमा दाङको हापुरेमा युवाहरुले विरोध कार्यक्रम गरेका छन् । कार्यक्रममा एमसीसी विरोधी विभिन्न नाराहरु लेखिएका पोष्टरहरुसहित पश्चिम दाङका विभिन्न स्थानहरुबाट युवाहरुको सहभागिता रहेको थियो । एमसीसी खारेजीको लागि युवा सञ्जालका अभियन्ता अशोक भण्डारीको संयोजकत्वमा भएको सो कार्यक्रममा अध्ययन समूह दाङका संयोजक प्रमोद धिताल र सत्तारुढ नेकपाका ५ नम्बर प्रदेश सदस्य भीमबहादुर वलीले मन्तव्य राखेका थिए ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    वक्ताहरुले अमेरिकी एमसीसी नेपालको सार्वभौमिकता, संविधान र कानूनलाई चुनौती दिने प्रावधानहरुसहित आएकोले यसलाई समर्थन स्वीकार गरेर जानु भनेको राष्ट्रघातलाई समर्थन जनाउनु भएको कुरामा जोड दिए । उनीहरुले सम्पूर्ण देशभक्तहरु एमसीसीको विपक्षमा उभिनु पर्ने बताए । वक्ताहरुले अमेरिकाको विश्व सुरक्षा रणनीति अन्तर्गत प्रवेश गर्न खोजेको एमसीसी परियोजनाले नेपाललाई थप उपनिवेश बनाउने भएकोले नेपालले यसको खारेज हुनुपर्ने कुरा पनि व्यक्त गरे । नेपाल र एमसीसीबिच ३ वर्ष अघि यसबारेमा सम्झौता भएपनि गुपचुप राखिएको थियो । झण्डै ६ महिनाअघि मात्र यसबारेमा नेपालमा बहस हुँदै आएको छ ।

    यसमा रहेका सम्झौताका कयौं प्रावधानहरु नेपालको हित विपरित रहेका छन् । ती बुँदाहरुले नेपालको संविधानका केही प्रावधानलाई हटाएर मात्र लागु गर्नुपर्ने केहीको माग रहेको छ भने नेपालका धेरै बुद्धिजीवी, राजनीतिक विश्लेषक। तथा विभिन्न पार्टीका नेता तथा ठूलो बौद्धिक जमात यसको विपक्षमा उभिएको छ । यो परियोजना हिन्द–प्रशान्त सैन्य रणनीति अनुसार रहेकोले पुरै खारेज गर्नुपर्ने तर्क उनीहरुको रहेको छ ।

    यो परियोजना नेपालको संसदबाट पास भएका आर्थिक सहयोग गर्ने बहानामा अमेरिका नेपालमा आएर चीन विरुद्ध गतिविधि गर्ने र त्यसको असर नेपालको स्वतन्त्रतामा पर्ने उनीहरुको दावी रहेको छ । एमसीसीको विपक्षमा नेपालमा झण्डै ९० प्रतिशत मानिसहरु यसको विपषमा रहेको अनुमान गरिएको छ । एमसीसी पास गर्नैगर्ने बाध्यता कांग्रेस नेता शेरबहादुर देउवा र नेकपाका अध्यक्ष केपी ओलीलाई परेको छ ।

    किन बाध्यता पर्यो भन्ने कुराको राजनैतिक जवाफ उनीहरुले हालसम्म दिएका त छैनन् तर देश आर्थिक शंकटमा परेको यस्तो बेला एमसीसी जसरीपनि पास गर्नैपर्ने उनीहरुको तर्क रहेको छ । महाकाली सन्धि गरेपछि नेपाललाई वार्षिक १ खरव, अरव २० रकम नेपाललाई वार्षिक आम्दानी हुने तर्क गरेर महाकाली भारतलाई सुम्पेका यी २ पात्र नै आज एमसीसी पास गर्नुपर्ने ढिपी गरिरहेका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं