SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/३/५ गते
    १०७० &#२३४६;&#२३३५;&#२३२५;

    एजेन्सी । अमेरिकामा गरिएको एक अध्ययनमा ह्याण्ड वास र सामाजिक दूरीको तुलनामा फेस मास्क मानिसलाई कोरोना संक्रमणबाट बचाउन महत्वपूर्ण रहेको पुष्टि भएको छ । त्यसैले वैज्ञानिकहरुले अनिवार्य मास्क लगाउने व्यवहार नै कोरोनाविरुद्धको लडाइँमा महत्वपूर्ण भएको बताएका छन् ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    अमेरिकाको युद्धपोत थियोडोर रुजवेल्टमा यो विषयमा अध्ययन गरिएको छ । युद्धपोतमा झण्डै १ हजार व्यक्ति संक्रमित भएका थिए । मार्चमा युद्धपोत थियोडोर रुजवेल्टमा ४ हजार ९ सय जनामध्ये १ हजार भन्दा धेरैमा कोरोना संक्रमण भएको थियो । एकजनाको मृत्यु भएको थियो । युद्धपोतका क्याप्टेनलाई पदबाट हटाइएको थियो । नेभी र अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोलले युद्धपोतका ३ सय ८२ जनाको स्याम्पल लिएर अध्ययन गरेका थिए ।

    युद्धपोतमा धेरै व्यक्ति रहेको र जम्मा एक हजारमात्र संक्रमित भएपछि यसको अध्ययन गरिएको थियो । डेलिमेलको रिपोर्ट अनुसार मास्क लगाएका र नलगाएका व्यक्तिबीचमा ठूलो भिन्नता फेला परेको थियो । मास्क प्रयोग गर्ने व्यक्तिमा २५ प्रतिशत जोखिम कम हुने पुष्टि भएको छ ।

    सामाजिक दूरीको पालना गर्ने र नगर्ने व्यक्तिबीच पनि कोरोना संक्रमण हुने सम्भावना १५ प्रतिशत अन्तर पाइएको छ । कोरोना संक्रमण हुने वा नहुने भन्ने कुरामा ह्याण्डवास गर्ने र नगर्नेबीचको अन्तर जम्मा ३ प्रतिशत रहेको छ ।

    महिनौँसम्म मास्क लगाउने वा नलाउने भन्ने विषयमा ठूलो बहस भएको थियो । अध्ययनमा मास्क लगाउने व्यक्तिमा कोरोना संक्रमणको जोखिम निक्कै कम हुने पाइएको छ ।

    धेरै पछिमात्र मास्क लगाउनका लागि आग्रह गरिएकाले जोखिम घट्दै गएको देखिएको छ । थियोडोर रुजवेल्ट युद्धपोतमा गरिएको अध्ययनले मास्क, ह्याण्ड वास र सामाजिक दूरीले कोरोनाको जोखिम घटाउने पुष्टि भएको छ । सबैभन्दा राम्रो गुणस्तरीय मास्क लगाउनु नै जोखिम कम गर्नु रहेको अध्ययनमा संलग्न वैज्ञानिकहरुले बताएका छन् ।

    युद्धपोतमा गरिएको अध्ययनमा मास्क लगाएका व्यक्ति संक्रमित हुने सम्भावना ५५ प्रतिशत थियो । जब कि मास्क नलगाउने व्यक्ति संक्रमित हुने संख्या ८० प्रतिशत रहेको थियो । मास्क लगाउने र नलगाउने व्यक्तिबीचको फरक २५ प्रतिशत रहेको छ ।

    अध्ययनको निष्कर्ष अनुसार मास्क लगाउने, ह्याण्ड वास गर्ने र सामाजिक दूरी कायम गर्ने व्यक्ति संक्रमित हुने सम्भावना जम्मा ३७ प्रतिशत मात्रै रहेको छ । त्यसैले वैज्ञानिक र चिकित्सकहरुले मास्कको प्रयोगमा जोड दिएका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वतको जलजलामा समुदायमा मुख्य न्याधिवक्ता कार्यक्रम

    पर्वत। पर्वतको जलजला गाउँपालिकामा आइतबार समुदायमा मुख्य न्याधिवत्ता कार्यक्रम सम्पन्न भएको छ । गण्डकी प्रदेशको...

    पर्वत जेसिज-२०२६ को अध्यक्षमा शर्मिला पौडेल

    पर्वत।पर्वत जेसिज बर्ष-२०२६ को अध्यक्षमा शर्मिला पौडेल चयन हुनुभएको छ । सनिबार सम्पन्न जिल्ला शाखाको...

    पर्वत प्रदेश अस्पताल कुश्मामा विशेषज्ञ सेवा विस्तार

    ​पर्वत । पर्वतको कुश्मामा रहेको प्रदेश अस्पतालमा विशेषज्ञ सेवाहरूको विस्तारसँगै स्थानीय बासिन्दाको लागि ठूलो राहत...

    महाशिलाको राष्ट्रपति रनिङशिल्डमा सुर्य माबि च्याम्पियन

    पर्वत।पर्वतको महाशिला गाउँपालिकामा सम्पन्न पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा सुर्य...

    दाँत एवम् मुख रोग सम्बन्धी सम्पूर्ण उपचार बढ्नीमा

    अजय मिश्र ,कृष्णनगर, कपिलवस्तु ।कपिलवस्तु जिल्लाको कृष्णनगर सँग नजिकै रहेको बजार भारतको सिद्धार्थनगर जिल्लाको बढ्नीमा...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं