SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/३/५ गते
    १००० &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । भारतले नेपालमाथि अघोषित नाकाबन्दी लगाएको छ । भारतको पश्चिम बंगाल सरकारले निर्यात अवरोध गर्दा नेपालबाट भारत र बंगलादेश निर्यात हुन लागेका २५ ट्रक नेपाली उत्पादन मेची पुलमा थन्किएको छ । लकडाउनको समयमा समेत भारतबाट निरन्तर सामान आयात भइरहेको समयमा नेपाली वस्तु निर्यात हुन दिइएको छैन । विना कारण भारतले नेपाली सामानलाई सीमामा रोकेर राखेको छ ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    नेपाल–बंगलादेशबीच व्यापार गर्दै आएका व्यवसायी पन्नालाल जैनले भारत तथा नेपालको भन्सार र व्यवसायीबीचको मौखिक समझदारी अनुसार नेपाली वस्तु भारत निकासी गरिएको हो । तर, भारतीय प्रहरीले पुलबाट प्रवेश गर्नै दिएन ।

    उहाँका अनुसार बंगाल प्रहरीले माथिको आदेश नआएको भन्दै सामान रोक्यो । भारतीय पक्षले गाडी अगाडी जान नदिएपछि फर्काउन पनि नमिलेको भन्दै उहाँले सबै गाडी मेची पुलमा अलपत्र परेको जानकारी दिनुभयो ।

    नेपालबाट चिया, अलैंची र अम्रिसोका गाडी भारत र बंगलादेशका लागि पठाइएको हो । चिया र अलैंची भारत तथा अम्रिसो बंगलादेश निर्यात हुँदै आएको छ । मेची भन्सार कार्यालयले कुनै पनि नेपाली कृषिजन्य उत्पादन निर्यात गर्न बंगालले नदिएको जानकारी दियो ।

    भन्सार प्रमुख ध्रुवराज विश्वकर्माका अनुसार नेपाली सामान नल्याउनु भन्ने आदेश भारतीय प्रहरीलाई दिइएको छ । त्यहि अनुसार नेपाली सामान भारतीय प्रहरीले सीमामा रोकेको हो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं