
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
नयाँदिल्ली । भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या दुई हजारभन्दा बढी थपिएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारीअनुसार भारतमा पछिल्लो २४ घण्टामा मात्रै २ हजार ३ जना मृतक थपिएका छन् । तर ती सबै पछिल्लो २४ घण्टामा मात्रै मृत्यु भएका भने होइनन् । महाराष्ट्र र दिल्लीले मृतकको संख्या छुटेको भन्दै सच्याएपछि भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या बढेको हो ।
योसँगै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ३ पुगेको छ । त्यस्तै भारतमा मंगलबार थप १० हजार ९ सय ७४ जनामा कोरोना संक्रमण देखिएको छ । भारतमा कोरोना संक्रमितको संख्या ३ लाख ५४ हजार ६५ पुगेको छ । त्यसमध्ये एक लाख ८४ हजार ९ सय ३४ जना निको भएका छन् । एक लाख ५५ हजार २ सय २७ जना भने उपचारका क्रममा रहेका छन् ।
कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी प्रभावित महाराष्ट्रमा मात्रै पछिल्लो २४ घण्टामा मृतकको संख्या एक हजार ३ सय २८ थपिएका छन् । मंगलबार महाराष्ट्रमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८१ मात्रै भए पनि पहिले छुटेको संख्या थपिएको अधिकारीहरुले बताएका छन् । योसँगै महाराष्ट्रमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५ हजार ५ सय ३७ पुगेको छ । महाराष्ट्रमा संक्रमितको संख्या एक लाख १३ हजार ४ सय ४५ पुगेको भने करिब ५० हजार कोरोनामुक्त भएका छन् ।
त्यसैगरी दिल्ली सरकारले पनि कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या मिलान गरेको छ । दिल्लीमा कोरोना भाइरसबाट मृत्यु भएको तथ्यांकमा ३ सय ४४ जना थपिएका छन् । पहिले मृत्यु भएका तर तथ्यांकमा छुटेको संख्या अद्यावधिक गरिएको अधिकारीहरुले जनाएका छन् । पछिल्लो २४ घण्टामा भने दिल्लीमा ९३ जनाको मृत्यु भएको छ । दिल्लीमा कोरोना भाइरस संक्रमितको संख्या ४४ हजार ६ सय ८८ पुगेको छ । दिल्लीमा संक्रमण पुष्टि भएकामध्ये २६ हजार ३ सयभन्दा बढी निको भएका छन् ।
कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि रोकथाम र नियन्त्रणका लागि आगामी रणनीति तय गर्न मंगलबार मात्रै प्रधानमन्त्री नरेन्द्र मोदीले विभिन्न २१ वटा राज्यका मुख्यमन्त्रीहरुसँग छलफल गरेका थिए । कोरोना संक्रमणका हिसाबले भारत अमेरिका, ब्राजिल र रुसपछि चौथो स्थानमा रहेको छ । उता बेलायती विज्ञहरुले कोरोना भाइरस संक्रमितहरुलाई लो डोजको स्टेरोइड ट्रिटमेन्टले धेरै फाइदा पुग्ने दाबी गरेका छन् । ‘डेक्जामेथासोन’ नामक औषधिले कोरोना भाइरसका सिकिस्त बिरामीहरुलाई बचाउने विश्वास लिइएको छ ।
यो औषधिले कुनै पनि भेन्टिलेटरमा भएका बिरामीको मृत्यु हुने जोखिमलाई एक तिहाईले कम गर्ने तथा अक्सिजन सपोर्टमा रहेकाहरुको जोखिम पनि १/५ ले कम गर्ने वैज्ञानिकहरुको दाबी गरेको बीबीसीले जनाएको छ । यो औषधि विश्वको ठूलो ट्रायल टेस्टिङ ट्रिटमेन्टको एक हिस्सा हो । जसमा यो औषधि कोभिड विरुद्ध काम गर्छ वा गर्दैन भनेर परीक्षण भइरहेका छन् ।
अध्ययनकर्ताका अनुसार यो औषधि बेलायतमा सुरुवाती चरणमा उपलब्ध भएको भए करिब ५ हजार जनाको जीवन बचाउन सकिन्थ्यो । निकै सस्तो र सर्वसुलभ यो औषधिको प्रयोगले धेरै संक्रमित देखिएका गरिब देशमा निकै राहत पुग्ने उनीहरुको दाबी समेत छ ।
ज्यान जाेगाउने दाबी
‘कोरोना संक्रमित २० बिरामीमध्ये १९ बिरामी त अस्पताल भर्ना नभइ निको हुन्छन् । अस्पताल भर्ना भएका पनि निको हुन्छन् तर, केहीलाई भने अक्सिजन वा भेन्टिलेटरको आवश्यकता हुन्छ । यी बिरामीहरु जोखिममा हुन सक्छन् जसमा डेक्जामेथासोनले सहयोग गर्ने देखिन्छ,’ बीबीसीले लेखेको छ ।
यो औषधि विभिन्न अवस्थामा शरीर सुन्निएको असर कम गर्न प्रयोग भइसकेको छ र यसले त्यसबाट निम्त्याउने असरबाट बचाउन सहयोग गर्छ । यो ट्रायल अक्सफोर्ड युनिभर्सिटीको टिमले गरेको हो । यो ट्रायलमा अस्पतालमा उपचाररत २ हजार कोरोनाको बिरामीलाई डेक्जामेथासोन दिइएको थियो र ४ हजार जनासँग जसले यो औषधि पाएनन् उनीहरुसँग तुलना गरिएको थियो ।
भेन्टिलेटरमा रहेका बिरामीमा हुने मृत्युको जोखिमलाई ४० प्रतिशतबाट २८ प्रतिशतमा ल्याउन सक्ने तथा अक्सिजन चाहिने बिरामीको मृत्युको जोखिमलाई २५ प्रतिशतबाट २० प्रतिशतमा झार्न सक्ने वैज्ञानिकको दाबी छ । प्रमुख अनुसन्धानकर्ता प्रा. पिटर हर्बीका अनुसार हालसम्म यही मात्र औषधिले तुलनात्मक रुपमा मृत्यु दर घटाउन सफल रहेको दाबी गरेका छन् । ‘यसले उल्लेख्य रुपमा मृत्युदर घटाउँछ । यो मेजर ब्रेकथ्रु हो,’ उनले भने । मुख्य अध्ययनकर्ता प्रा. मार्टिन लान्ड्रेले यो अध्ययनले भेन्टिलेटरमा उपचाररत ८ जना बिरामीमध्ये एकको ज्यान बचाउन सक्ने दाबी गरे । साथै अक्सिजन सपोर्टमा रहेका २० देखि २५ जनामा एकजनालाई बचाउन सकिन्छ ।
प्रा. लान्ड्रे भन्छन्, ‘यसबाट स्पष्ट फाइदा मिल्छ । यो औषधिको उपचार करिब १० दिनसम्म गरिन्छ । यसको मूल्य ५ पाउन्ड रहेको छ । ३५ पाउन्ड जति खर्च भएमा जीवन बच्छ । यो विश्वभर पाइन्छ ।’ उनका अनुसार अस्पतालमा उपचाररत बिरामीलाई ढिला नगरिकन यो औषधि दिन थालिहाल्नुपर्छ । ‘स्वासप्रस्वासमा कुनै पनि समस्या नदेखिएका बिरामीले यसको सेवन गर्नु हुँदैन । साथै कसैले पनि घरमै बसेर यसको प्रयोग पनि गर्नु हुँदैन ।’ कोरोना भाइरसको विरुद्ध हाइड्रोक्लोरोक्विन पनि प्रयोग गरिएको थियो । तर, त्यसले विभिन्न असर तथा मुटुमा समस्या ल्याउने देखिएपछि प्रयोगमा आएको छैन ।
त्यसैगरी एन्टिभाइरल ट्रिटमेन्टका लागि रेमडिसिभर पनि प्रयोगमा आएको छ । यो चाहिँ कोभिडका बिरामीहरुलाई केही हदसम्म फाइदाजनक नै मानिएको छ । यो औषधि इबोलाको उपचारको लागि पनि प्रयोग भएको थियो । यसले कति दिनमा ठिक गर्छ र मृत्युदर कति घटाउँछ भन्ने स्पष्ट भएको छैन । साथै यसको थोरै उपलब्धता हुनु र मुल्य पनि तोकिएको छैन । डेक्जामेथासोन पहिलो पटक १९६० को दशकदेखि आर्थराइटिस र आस्थमाका लागि प्रयोग हुँदै आएको छ ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया