SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/३/३ गते
    १०४१ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । जिल्लाको कुश्मा नगरपालिका वडा न ३ दुर्लुङको ढकालवारीमा गएको पहिरोका कारण हराइरहेका एक बालकको शव फेला परेको छ । पहिरोमा परी विगत ४ दिन देखि वेपत्ता १३ बर्षिया बालक जेनिस विकको शव फेला परेको हो । पहिरोमा परी घर पुर्दा उनी सहित उनकी आमा कमला विक र बहिनी प्रमिशा विकको यस अघि नै मृत्यु भइसकेको छ । पहिरोले घर पुर्दा हराइरहेका जेनिसको शव बुधवार विहान पत्ता लागेको स्थानीय लक्ष्मण गिरीले जानकारी दिए ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    पहिरोमा परी हराइरहेका उनको खोजी विगत ४ दिन देखि खोजी भइरहेको थियो । जेठ ३१ गते राती करिब ८ बजेको समयमा गएको पहिरोका कारण उनी बेपत्ता थिए । पहिरोले उनकी आमा र बहिनी पनि पुरिएका थिए । आमा र बहिनीको शव फेला परे पनि जेनिसको अवस्था पत्ता लागेको थिएन् । स्थानीय बासी र सुरक्षाकर्मीले खोजी कार्य तिव्र पारे पनि उनको अवस्था पहिचान नहुँदा मंगलबार प्रहरीले तालिम प्राप्त कुकुर परिचालन गरी खोजी कार्य गरेको थियो । प्रहरीले कुकुर प्रयोग गर्दा पनि जेनिस नभेटिए पछि स्थानीयबासीले खोजी कार्यलाई थप तिव्र बनाएका थिए । कुश्मा ३ को नेकपाका वडा कमिटिको अग्रसरता स्थानीयबासीले पुनः बुधवार देखि खोजी कार्य गर्दा उनको शव फेला परेको हो । विकको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक बुद्धि सुवेदीले पुष्टि गरेका छन् । शवलाई आज नै जिल्ला अस्पतालमा पोष्ट माटमका लागि ल्याइनेछ । आज नै उनको अत्यष्टि गरिने परिवार श्रोतले जनाएको छ । पहिरोमा परी विकसंगै ९ जनाको मृत्यु भएको छ । यस अघि जेनिसकी आमा ३२ बर्षकी कमला विक र उनकी वहिनी ८ बर्षिकी प्रमिशा विकको मृत्यु भएको थियो ।यसैगरी  पहिरोले घर पुर्दा सोहि स्थानका ६२ बर्षका तुल बहादुर थापा, ६० बर्षकी मिन कुमारी थापा, ३४ बर्षिया दिर्पा थापा, ११ बर्षिया विविसा थापा, १५ बर्षको सम्प्राट थापा र १७ बर्षको विवेक थापाको पनि मृत्यु भएको थियो । मृतक ८ जनाको यस अघि नै अत्यष्टि गरिएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण

    पर्वत । पर्वतको कुश्मा नगरपालिका–४ स्थित घुम्तीमा निर्माण गरिएको यात्रु प्रतिक्षालयको सोमबार उद्घाटन गरिएको छ...

    ‘पर्वत कुस्मा नारी समूह’द्वारा क्यान्सर पीडित बालकको उपचारका लागि सहयोग

    पर्वत । पर्वत जिल्लाको मोदी गाउँपालिका-७, राम्जा जिमिरे डाँडापरि निवासी ७ वर्षीय बालक संगम क्षेत्रीको...

    हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने

    धरान । हर्क साम्पाङ अध्यक्ष रहेको राजनीतिक दल ‘श्रम संस्कृति पार्टी’ ले धरानमा पत्रकार सम्मेलन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं