SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/३/३ गते
    ९७३ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत – कुश्मा नगरपालिका ३ दुर्लुङ्गका पहिरो पीडित परिवारलाई नेपाली कांग्रेसका युवा नेता विप्लव हमालले आर्थिक सहयोग गर्नुभएको छ । नेता हमालले पीडितको घरमा पुगेर १० हजार रुपैयाँ सहयोग गर्नुभएको छ ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    पहिरोमा परि स्वर्गेवास भएका तुल बहादुर थापा र कमला बिक को पीडित परिवारलाइ उक्त रकम हस्तान्तरण र्नुभएको हो । पहिरोबाट ठुलो जनधनको क्षति भएकोमा दु:ख व्यक्त गर्दै पीडित परिवारलाइ केहि राहत होस् भनेर आफुले सहयोग गरेको हमालले बताउनुभयो । उक्त रकम पीडित परिवारका सदस्य पदम बहादुर थापा र साबित्री वि.क.लाइ हस्तान्तरण गरिएको हो । नेता हमालले अकल्पनीय घटना र ठुलो जनधनको क्षतिले सबैलाई दुखी बनाएको छ ।

    यो अबस्थामा आफ्नो ठाउँबाट केहि पहल गरौं भनेर सहयोग गरेको बताउँदै पहिरोमा परि मृत्यु भएकाहरुमा श्रद्धाञ्जली र परिवारप्रती समवेदना प्रकट गर्नुभएको छ । हमालले प्राकृतिक बिपत्ति कसैले रोकेर नरोकिने र जहिले जहाँपनि हुन सक्ने भन्दै यस्ता घटनामा सबैले मानवीय भावना राखेर सहयोग गर्न समेत आग्रह गर्नुभयो । हमाल नेपाली कांग्रेस पर्वतका युवा नेता क्षेत्रीय सदस्य तथा दर्जनौं शैक्षिक तथा सामाजिक संघसंस्थामा आबद्ध हुनुहुन्छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वतको जलजलामा समुदायमा मुख्य न्याधिवक्ता कार्यक्रम

    पर्वत। पर्वतको जलजला गाउँपालिकामा आइतबार समुदायमा मुख्य न्याधिवत्ता कार्यक्रम सम्पन्न भएको छ । गण्डकी प्रदेशको...

    पर्वत जेसिज-२०२६ को अध्यक्षमा शर्मिला पौडेल

    पर्वत।पर्वत जेसिज बर्ष-२०२६ को अध्यक्षमा शर्मिला पौडेल चयन हुनुभएको छ । सनिबार सम्पन्न जिल्ला शाखाको...

    पर्वत प्रदेश अस्पताल कुश्मामा विशेषज्ञ सेवा विस्तार

    ​पर्वत । पर्वतको कुश्मामा रहेको प्रदेश अस्पतालमा विशेषज्ञ सेवाहरूको विस्तारसँगै स्थानीय बासिन्दाको लागि ठूलो राहत...

    महाशिलाको राष्ट्रपति रनिङशिल्डमा सुर्य माबि च्याम्पियन

    पर्वत।पर्वतको महाशिला गाउँपालिकामा सम्पन्न पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा सुर्य...

    दाँत एवम् मुख रोग सम्बन्धी सम्पूर्ण उपचार बढ्नीमा

    अजय मिश्र ,कृष्णनगर, कपिलवस्तु ।कपिलवस्तु जिल्लाको कृष्णनगर सँग नजिकै रहेको बजार भारतको सिद्धार्थनगर जिल्लाको बढ्नीमा...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं