SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/२/३२ गते
    १७९४ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । मौसम पूर्वानुमान महाशाखाले मनसुन शुरु भएको घोषणा गरेकै दिन रात पर्वतको कुश्मा नगरपालिका वडा न ३ दुर्लुङको ढकालवारीमा भिषण पहिरो गएको छ । शनिवार साँझबाट पर्न थालेको भिषण पानीले उग्ररुप लिँदा बर्षातले ठूलो मानवीय क्षति पुराएको छ ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    हिजो राती देखिको बर्षात आइतबार विहानसम्म पर्वतका पूर्वी क्षेत्रहरुमा जारी रहेको थियो । पूर्व तर्फका मोदी गाउँपालिका केहि वडाहरु र कुश्मा नगरपािलकाका उत्तरी क्षेत्र दुर्लुङमा भारी बर्षात भएको हो । मौसम पूर्वानुमान महाशाखाले मनसुन शुरु भएको र देशका केहि स्थानमा भिषण पानी पर्न सक्ने जनाईरहेको बेलामा दुर्लुङमा खण्ड बृष्टि भएको देखिन्छ । सोहि वडाका अन्य बस्तीहरुमा पानी नपर्ने र पहिरोग्रस्त स्थानहरुमा अत्याधिक पानी पर्दा त्यसले ठूलो क्षति पुराएको स्थानीयबासीको भनाई छ । सदरमुकाम कुश्मा बजारसंग जोडिएको दुुर्लुङमा पानी परेर पहिरो जाँदा सदरमुकाम कुश्मा र यस आपसापका अन्य वडाहरुमा भने बर्षात भएको छैन ।

    खण्ड बृष्टि संगै घना बृष्टि भएका कारण त्यसले ठूलो क्षति पुराएको हो । हिजो रातको समयमा पहिरो गएपछि स्थानीबासीमा थप त्रास सृजना भएको थियो । केहि मानिसहरु घर भत्किने डरले सुरक्षित स्थानमा बसेका थिए । कतिपयलाई भत्कन लागेको घरबाट बाहिर निकालेर सुरक्षित राखिएको थियो । बर्षातका कारण ३ वटा घरमा क्षति पुगेको छ । २ वटा घर पूर्ण रुपले क्षतिग्रस्त बनेका छन भने एउटा घरमा सामान्य क्षति पुगेको छ । सामान्य क्षति पुगेको घरमा रुख ढलेर घर भत्काइदिएको छ । उक्त घरमा बस्दै आएका एक जना बृद्ध र एक जना बालकलाई स्थानीयले उद्धार गरेर बाहिर निकालेका थिए । उनीहरु सृुरक्षित छन ।

    पहिरोमा परेका मध्ये अहिलेसम्म ६ जनाको शव प्राप्त भएको छ । बाँकी ३ जनाको खोजी कार्य जारीरहेको छ । पहिरोमा परी ९ जना बेपत्ता भएका थिए । पहिरो गएको जानकारी पाए लगतै सदरमुकाम कुश्मा बजारबाट गएको सुरक्षाकर्मीको टोली र स्थानीयबासीले वेपत्ताहरुको खोजी कार्य गरेका थिए । मनसुनको शुरुवातमै भएको यो ठूलो मानवीय क्षति हो । पहिरो ग्रस्त स्थान नभएको माथिल्लो भागको जंगल देखि नै आएको पहिराले वस्तीमा असर पुराएको स्थानीयबासीको भनाई छ ।

    प्रमुख जिल्ला अधिकारी शम्भु रेग्मीले वेपत्ताको खोजी कार्य जारी रहेको बताएका छन् । अहिले पहिरोग्रस्त स्थलमा हराएका सवैको खोजी कार्य भईरहेको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वतको जलजलामा समुदायमा मुख्य न्याधिवक्ता कार्यक्रम

    पर्वत। पर्वतको जलजला गाउँपालिकामा आइतबार समुदायमा मुख्य न्याधिवत्ता कार्यक्रम सम्पन्न भएको छ । गण्डकी प्रदेशको...

    पर्वत जेसिज-२०२६ को अध्यक्षमा शर्मिला पौडेल

    पर्वत।पर्वत जेसिज बर्ष-२०२६ को अध्यक्षमा शर्मिला पौडेल चयन हुनुभएको छ । सनिबार सम्पन्न जिल्ला शाखाको...

    पर्वत प्रदेश अस्पताल कुश्मामा विशेषज्ञ सेवा विस्तार

    ​पर्वत । पर्वतको कुश्मामा रहेको प्रदेश अस्पतालमा विशेषज्ञ सेवाहरूको विस्तारसँगै स्थानीय बासिन्दाको लागि ठूलो राहत...

    महाशिलाको राष्ट्रपति रनिङशिल्डमा सुर्य माबि च्याम्पियन

    पर्वत।पर्वतको महाशिला गाउँपालिकामा सम्पन्न पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा सुर्य...

    दाँत एवम् मुख रोग सम्बन्धी सम्पूर्ण उपचार बढ्नीमा

    अजय मिश्र ,कृष्णनगर, कपिलवस्तु ।कपिलवस्तु जिल्लाको कृष्णनगर सँग नजिकै रहेको बजार भारतको सिद्धार्थनगर जिल्लाको बढ्नीमा...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं