SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/२/२५ गते
    ६८६ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । भारत र चीनबीच पूर्वी लद्दाखस्थित सीमा नियन्त्रण रेखा क्षेत्रमा जारी विवाद समाधान गर्न शनिवार दुवै देशका उच्चस्तरका सैन्य अधिकारीबीच वार्ता भएको छ। उक्त वार्ता लद्दाखको सीमाक्षेत्र नजिकै भएको थियो। सो वार्ताको नतिजाबारे भारतीय विदेश मन्त्रालयले प्रेस विज्ञप्तिमार्फत आइतवार जानकारी दिएको छ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    वार्तापछि के भयो?
    भारतीय विदेश मन्त्रालयका अनुसार दुवै पक्षबीच वार्ता निकै सकारात्मक रह्यो। भारत तथा चीन दुवै देशका अधिकारीहरू विवादित सीमा क्षेत्रमा उत्पन्न सैन्य गतिरोध समाधान गर्न प्रतिबद्ध रहेको उसले उल्लेख गरेको छ। विवाद समाधान गर्न हालैका साताहरूमा चीन र भारतले स्थापित कूटनीतिक तथा सैन्य माध्यमहरूबाट सञ्चार सम्पर्क बनाइराखेको मन्त्रालयले बताएको छ।

    यसै परिप्रेक्ष्यमा शनिवारको वार्ता भएको हो। वार्ता सौहार्दपूर्ण एवं सकारात्मक वातावरणमा भएको अनि दुवै पक्ष सीमामा कायम अवस्थाको शान्तिपूर्ण तरिकाबाट समाधान गर्न सहमत भएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ। गत महिना उक्त क्षेत्रमा दुवै पक्षको सैनिक गतिविधिका माझ झगडा भएको थियो।

    चिन्ता
    एसियाका यी दुई विशाल देशबीच लामो समयदेखि सीमा विवाद जारी छ। सन् १९६२ मा दुईबीच लडाइँ पनि भएको थियो। हालैका वर्षहरूमा पनि दुईबीच कैयन् गतिरोध तथा झडप भएका छन्। तीन वर्षअघि दोक्लाम क्षेत्रमा पनि दुई देशका सेनाबीच तनाव उत्पन्न भएको थियो। त्यसयता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा चिनियाँ राष्ट्रपति सी जिनपिङ्बीच चीनको वुहान अनि भारतको चेन्नइमा रणनीतिक वार्ताहरू भएका छन्।

    दुवै देश विश्वको सबभन्दा धेरै जनसङ्ख्या भएका देश हुन्। दुई देशबीच आपसी आर्थिक र व्यापारिक सम्बन्ध पनि प्रगाढ छ। साथसाथै, दुईबीच सामरिक द्वन्द्व पनि विद्यमान रहेको बताइन्छ। केही सातायता दुई छिमेकी देशबीच लद्दाख देखा परेको सीमा विवादका कारण दक्षिण एसिया तथा विश्वभरिनै चिन्ता बढिरहेको थियो।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वत प्रदेश अस्पताल कुश्मामा विशेषज्ञ सेवा विस्तार

    ​पर्वत । पर्वतको कुश्मामा रहेको प्रदेश अस्पतालमा विशेषज्ञ सेवाहरूको विस्तारसँगै स्थानीय बासिन्दाको लागि ठूलो राहत...

    महाशिलाको राष्ट्रपति रनिङशिल्डमा सुर्य माबि च्याम्पियन

    पर्वत।पर्वतको महाशिला गाउँपालिकामा सम्पन्न पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा सुर्य...

    दाँत एवम् मुख रोग सम्बन्धी सम्पूर्ण उपचार बढ्नीमा

    अजय मिश्र ,कृष्णनगर, कपिलवस्तु ।कपिलवस्तु जिल्लाको कृष्णनगर सँग नजिकै रहेको बजार भारतको सिद्धार्थनगर जिल्लाको बढ्नीमा...

    पहिलोपटक पर्वत महोत्सवमा टिकटक च्यालेन्ज प्रतियोगिता हुँदै

    पर्वत । समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजित आठौ पर्वत...

    लोकप्रियतावादले मुलुकलाई अप्ठ्यारोमा पार्दैछः काँग्रेस नेता जोशी

    ​पर्वत । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले नेपालको राजनीतिमा प्रकट भएको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं