SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/२/१८ गते
    ९७७ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले रुकुम पश्चिम घटनाका दोषीलाई कारवाहीको दायरामा ल्याइने कुरामा ढुक्क हुन आग्रह गरेका छन् ।आइतबार गृह मन्त्रालयमा रुकुम पश्चिम घटनाको छानबिन गर्नुपर्ने माग गर्दै सांसद, दलित सम्बन्ध संघसंस्थाका प्रतिनिधिमण्डलको ज्ञापनपत्र बुझ्दै थापाले घटनाका दोषीलाई कानूनी कठघारामा ल्याउन र कडाभन्दा कडा कारवाही गर्न गृहमन्त्रालय प्रतिवद्ध रहेको बताएका हुन् ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    गृह मन्त्रालयले गठन गरेको छानबिन समिति समेत घटनास्थलमा पुगेर छानविन सुरु गरिसकेको उनको भनाइ छ ।उनले छानबिन समितिलाई कसैले प्रश्न उठाउन नसक्ने गरी काम गर्न सचेत गराइएको समेत जानकारी दिए । उनले घटनाका आरोपीहरुलाई पक्राउ गरिसकिएको तथा थप व्यक्तिहरुको समेत खोजी कार्य जारी रहेको बताए ।घटनाको सम्बन्धमा स्थानीय प्रहरीले पनि छानबिन गरिरहेको र केन्द्रीय अनुसन्धान व्युरो ९सिआईबी० को समेत छुट्टै टोली छानबिनका लागि पठाउने कि भन्नेबारे छलफल भइरहेको प्रतिनिधि मण्डललाई जानकारी गराए । घटनाका सम्बन्धमा शनिबार बसेको मन्त्रिपरिषद बैठकमा समेत छलफल भइसकेको बताएँदै उनले जातीय उत्पिडनको अन्त्य गर्न र यस्ता घटनामा संलग्नलाई कडा कारवाही गर्न सरकार प्रतिवद्ध रहेको पनि जनाए । उनले जातीय उत्पीडनको अन्त्यका लागि आआफ्नो ठाउँबाट भूमिका खेल्न समेत प्रतिनिधिमण्डलका सदस्यहरुलाई समेत आग्रह गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण

    पर्वत । पर्वतको कुश्मा नगरपालिका–४ स्थित घुम्तीमा निर्माण गरिएको यात्रु प्रतिक्षालयको सोमबार उद्घाटन गरिएको छ...

    ‘पर्वत कुस्मा नारी समूह’द्वारा क्यान्सर पीडित बालकको उपचारका लागि सहयोग

    पर्वत । पर्वत जिल्लाको मोदी गाउँपालिका-७, राम्जा जिमिरे डाँडापरि निवासी ७ वर्षीय बालक संगम क्षेत्रीको...

    हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने

    धरान । हर्क साम्पाङ अध्यक्ष रहेको राजनीतिक दल ‘श्रम संस्कृति पार्टी’ ले धरानमा पत्रकार सम्मेलन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं