
१वामपन्थी र देशभक्तहरू तत्काल एक हुनुपर्छ, ढिला गर्नु गल्ती हुनेछ – प्रचण्ड
२विद्यालयलाई शैक्षिक सामग्री सहयोग
३जमुना आचार्य जलजला गाउँपालिकाकी सर्वोत्कृष्ट उद्यमी घोषित
४कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
५सार्वजनिक बिदाको दिन पनि खुल्ने भयो मोदी गाउँपालिकाको कार्यालय
६स्थानीय पेय पदार्थ व्यवस्थापन विधेयक पारित : लोकल मदिरा ब्रान्डिङको बाटो खुल्यो
७ट्राफिक नियम उल्लंघनमा अब कडा जरिवाना प्रस्ताव
८पर्वतका सातै स्थानीय तहको बजेट सार्वजनिक, विकास र रोजगारी मुख्य प्राथमिकतामा
९विहादी गाउँपालिकाले ल्यायो ४६ करोड ४५ लाखको बजेट, कृषि र स्वास्थ्य मुख्य प्राथमिकतामा
१०महाशिला गाउँपालिकाको ४६ करोड ४७ लाख रुपैयाँको बजेट, शिक्षा, कृषि र पूर्वाधारलाई प्राथमिकता
११जलजलाले ल्यायो ५३ करोडको बजेट, रोजगारी र पूर्वाधारमा जोड
१२जिप्रका पर्वतका पौडेल उत्कृष्ट प्रहरीको रुपमा प्रदेश प्रहरी कार्यालयबाट सम्मानित
१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
३UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
४पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
५सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
६महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न
७फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
८महिलाको हत्या गरी गहना लुट्ने र खरिद गर्ने २ जना पक्राउ
९बिमा दाबी गर्न बुटवलमा आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक, सञ्चालकसहित दुई पक्राउ
१०फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातमा सुरु हुँदै
११मानवीय अभियानको सफलता : अपाङ्ग वैषलालले पाए आफ्नै भूमि
१२श्री सर्वेश्वर महादेव मन्दिरमा MRR टीम पर्वतद्वारा भजन–कीर्तन सम्पन्न
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १२ जेठमा देशबासीलाई गरेको सम्बोधनमा नै लकडाउनको मोडल परिर्वतन हुने संकेत गरेका थिए । तर जेठ २० आउन दुई दिन बाँकी हुँदा पनि नयाँ मोडल टुंगो लागेको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने जोनिङ गर्ने र त्यसअनुसार लकडाउन कडा वा खुकुलो गर्ने प्रस्तावअघि सारेको छ ।विज्ञहरुको सुझाव अनुसार अहिलेकै मोडलको लकडाउनलाई निरन्तरता दिन नहुने निष्कर्षमा आफूहरु पुगेको मन्त्रालयका विज्ञ सल्लाहाकार डा। खेम कार्कीले बताए । ‘लकडाउनलाई निरन्तरता दिएर मात्रै कोरोना नियन्त्रण हुन्न भनेर उच्चस्तरीय समन्वय समितिलाई भनेका छौं’ डाक्टर कार्कीले भने, ‘उहाँहरु पनि सकरात्मक नै हुनुहुन्छ । एकदुई दिनमा निर्णय हुन्छ होला ।’ मन्त्रालयले लकडाउन खुकुलो पार्दा आउने सम्भावित जोखिमबारे देशभरका कोभिड अस्पतालका प्रमुखहरुसँग छलफल गरेको थियो भने कोरोना परीक्षणको दायरा पनि बढाएको छ । डा। कार्कीले भन्छन्, ‘लकडाउन खुकुलो पार्नुअघिको तयारी र मापदण्डको गृहकार्य अन्तिम चरणमा पुगिसकेको छ ।’मन्त्रालयले यसअघि पनि जोडिङ गर्ने र त्यसअनुसार लकडाउन कडा वा खुकुलो बनाउने तयारी गरेको थियो । तर जोखिमपूर्ण, कम जोखिम भएको वा सुरक्षित भनेर छुट्याउन मिल्ने गरी परीक्षण नहुँदा जोडिङ हुन सकेन । कोरोनासम्बन्धी उच्चस्तरीय समन्वय समितिले जोनिङ गरेर वैशाख २५ पछि लकडाउन खुकुलो बनाउने प्रस्ताव प्रधानमन्त्री केपी शर्मा ओलीले टेष्ट नपुगेको त्यसलाई अस्वीकार गरे र, जेठ ५ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय भयो । पछिल्लो पटक संक्रमितको संख्या ह्वात्तै बढेपछि सरकारले जेठ २०सम्म लकडाउन लम्ब्यायो ।अहिले संक्रमितको संख्या झन बढेको छ । तर पूर्ण लकडाउनको उद्देश्य पुरा भइसकेको स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डाक्टर कार्की बताउँछन् । संक्रमितको सङख्या बढेकै आधारमा अहिलेकै मोडलको लकडाउनलाई निरन्तरता दिन नहुने उनले बताए । ‘अब लकडाउन खुलाइएन भने कोरोना संक्रमणभन्दा अन्य कारणले ज्यान जानसक्छ । त्यसैले निश्चित मापदण्ड तोकेर लकडाउन खुकुलो बनाउनु पर्छ’ कार्कीले भने । ‘मन्त्रालयले गरेको छलफलमा विज्ञहरुले धेरै विकल्प सुझाएका छन् ।’
के छ विकल्प?
डाक्टर कार्कीकाअनुसार मन्त्रालयले मुख्यतः जोनिङको मोडलमा गृहकार्य गरिरहेको छ । यो रणनिति लागू भएमा संक्रमण फैलिएको, फैलिने सम्भावना भएका र नफैलिएको क्षेत्र छुट्याएर फरकफरक किसिमको लकडाउन हुन्छ । एक जिल्लाबाट अर्को जिल्लामा आकस्मिक काम बाहेक आवतजावत बन्द भएपनि जिल्ला भित्रको गतिविधि जोन निर्धारण गरेको आधारमा सञ्चालन हुनेछ ।कोभिड–१९ कुन क्षेत्रमा फैलिएको छ, कुन क्षेत्रमा फैलिएको छैन भन्ने पत्ता लागिसकेकाले सेफ जोन मार्किङ गर्न कठिनाई नहुने डा। कार्कीले बताए । उदाहरणका लागि उदयपुरको भुल्केलाई रेड जोनमा नराख्दा हुन्छ भने भारतबाट नेपाल छिर्ने सीमा नाका जोडिएका जिल्लाहरुलाई रेड जोनमा राख्नुपर्छ । यस्तै संक्रमण फैलिएका जिल्लाबाट छिमेकी जिल्लामा आवतजावत बन्द गर्नुपर्छ, तर संक्रमण नफैलिउको जिल्लाभित्र सामाजिक दूरी कायम राख्दै हिँडडुल गर्न र उद्योग सञ्चालन गर्न सकिने छ । ‘जिल्लाभित्र सेफ जोन मार्किङ गरेर लकडाउन विस्तारै खुलाउँदा हुन्छ भनेर सुझाव दिएका छौं’ डा। कार्की भन्छन्, ‘सामाजिक दुरी कायम गर्ने र परीक्षणलाई निरन्तरता दिनुपर्छ ।’
जोनिङको आधार के ?
स्वास्थ्य मन्त्रालयले यसअघि जोनिङ गर्न बनाएको सूचकहरुलाई परिवर्तन गर्नुपर्ने बताएको छ । विशेषगरि एक्टिभ केसलाई आधार मानेर जोन छुट्याउने तयारी भइरहेको डाक्टर कार्की बताउँछन् । ‘१५ दिनभन्दा बढीसम्म लगातार जाँच गर्दा पनि एक्टिभ केस देखिएन र कोही संक्रमित पनि छैन भने त्यो क्षेत्रलाई खुकुलो पार्न सकिन्छ’ डाक्टर कार्की भन्छन्, ‘निरन्तर १५ दिन जाँच गर्दा पनि केस देखिएन, तर पहिलेकै संक्रमित छन् भने पनि त्यो क्षेत्रमा पनि लकडाउन कडा गर्नैपर्छ ।’स्कुल, कलेज, सिनेमा हल जस्ता धेरै मानिसहरु जमघट हुने स्थानहरु तत्काल देशभर खुल्ने छैनन् भने सभा–जुलुस जस्ता कार्यक्रम पनि गर्न दिइने छैन ।


१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
३UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
४पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
५सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

प्रतिक्रिया