
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
काठमाडौं । सरकारले विश्वभरी विभिन्न मुलुकमा समस्यामा परेका नेपालीहरुको उद्धार गर्ने निर्णयसँगै कार्ययोजना समेत तयार भएको छ । कार्ययोजना तयारसँगै अब उद्धारको कार्य थालनी गरिनेछ । कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठकले उद्धारसम्बन्धी कार्ययोजनालाई अन्तिम रुप दिएको हो ।मन्त्रिपरिषदको १२ जेठको बैठकले अप्ठ्यारोमा परेका नागरिकको उद्धार गर्ने नीतिगत निर्णय गरेको थियो । त्यसअनुसार समितिले कस्ता नेपालीलाई पहिलो प्राथमिकतामा राख्ने कुन–कुन चरणमा उद्धार गर्ने भन्ने कार्ययोजना बनाएको प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले बताए । आममाफी पाएका, डिटेन्सन सेन्टरमा रहेका तर नेपाल फर्किन अनुमति पाएका, आफन्तको मृत्यु भएर काजकिरियाका लागि नेपाल आउनुपर्नेहरु र श्रम करार सकिएका तथा रोजगारी गुमाएकाहरुलाई पहिलो चरणमा उद्दार गरिनेछ । यस्तै कोरोनाबाहेक गम्भीर स्वास्थ्य समस्या भएका, सुत्केरी तथा गर्भवती महिला, बालबालिका, जेष्ठ नागरिक, अध्ययन तथा तालिममा गएर अड्किएका सरकारी कर्मचारी, अध्ययन सकिएका विद्यार्थीहरु तथा कलेज बन्द भएर वा संक्रमणका कारण फर्किनुपर्ने अवस्थामा पुगेका विद्यार्थीहरु, पारिवारिक पुनर्मिलनका लागि गएका, पर्यटक तथा व्यापारिक भिसामा गएर अड्किएकाहरुलाई पनि उद्धार गरिनेछ । सचिव विडारीकाअनुसार अहिले प्रारम्भिक सूची बनेको छ र त्यसलाई परराष्ट्र मन्त्रालयले सम्बन्धित मुलुकमा रहेका दूताबासमार्फत अन्तिम रुप दिएपछि उद्धार सुरु हुनेछ । ‘८–१० दिनमा मन्त्रालयले अन्तिम सूची बनाएपछि उद्धार सुरु हुन्छ’ समितिमा रहेका एक मन्त्रीले भने, ‘अहिले करिव २५–३० हजारको सूची तयार नै छ ।’ उनकाअनुसार साइप्रसलगायतका देशमा अवस्था केही सहज भएकाले नाम टिपाएकाहरु नआउने सम्भावना छ । खाडी मुलुकबाट भने थप मानिस आउने अनुमान छ । यसरी ल्याईने विदेशमा रहेका नेपालीको उद्धारमा नेपाल वायुसेवा निगमको जहाजलाई प्राथमिकता दिइनेछ । त्यसपछि नेपाली वायुसेवा कम्पनी र विदेशका चार्टर्ड विमान हुनेछ । हवाइ भाडा कतिपयको सम्बन्धित कम्पनी वा व्यक्ति आफैंले तिर्नुपर्नेछ भने केहीको सरकार आफैंले व्यहोर्नेछ ।
कार्ययोजना अनुसार विदेशबाट उद्धार गरिने हरेक व्यक्ति अनिवार्य १४ दिन क्वारेन्टिनमा बस्नुपर्नेछ । यसमा होटल क्वारेन्टिनमा बस्ने वा सम्बन्धित स्थानीय तहको क्वारेन्टिनमा जाने विकल्प हुनेछ । ‘होटलमा बस्न चाहानेले पहिल्यै बुक गर्नुपर्छ’ स्रोतले भन्यो । होटल क्वारेन्टिनको व्यवस्थापन संकृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले गर्नेछ । १४ दिन क्वारेन्टिनमा बसेपछि कोरोना परीक्षण गरेर घर जान पाउनेछन् । स्थानीय तहको क्वारेन्टिनमा जानेहरुलाई प्रदेशअनुसार तोकिएको होल्डिङ प्वाइन्टमा राखिनेछ । र, सातै प्रदेशका लागि फोकल पर्सन तोकिएका मन्त्रीहरुले सम्बन्धित जिल्ला प्रशासन र स्थानीय तहसँग समन्वय गरेर उनीहरुलाई पठाइने छन् । उनीहरु स्थानीय तहको क्वारेन्टाइनमा १४ दिन अनिवार्य बस्नुपर्छ । यसमा पनि सक्नेले आफैं खर्च व्यहोर्ने, नसक्नेहरुको हकमा वैदेशिक रोजगार सम्बधी कोषमा रहेको रकम प्रयोग गर्ने योजना रहेको एक मन्त्रीले जानकारी दिएका छन् । उच्चस्तरीय समन्वय समितिले भारतबाट आउनेहरुका लागि पनि २० वटा नाका तोकेको छ । भारतबाटपनि लाखौ मानिस आउँने आँकलन छ ।
विदेशबाट ल्याइएका नागरिकलाई प्रदेशगत रुपमा छुट्याएर क्वारेन्टिनमा पठाउन सातै प्रदेशमा एक–एक जना संघीय सरकारका मन्त्रीलाई जिम्मा दिइएको छ । तोकिएका मन्त्रीले आफ्नो जिम्मेवारीभित्रका जिल्ला र स्थानीय तहसँग समन्वय गर्नेछन् । संघीय सरकारले प्रदेश १ मा भौतिक पूर्वाधारमन्त्री बसन्त नेम्वाङलाई संयोजनको जिम्मेवारी दिएको छ । त्यस्तै प्रदेश २ मा श्रममन्त्री रामेश्वर राय, वाग्मतीमा महिला वालवालिकामन्त्री पार्वत गुरुङ, गण्डकी प्रदेशमा भूमि व्यवस्थामन्त्री पद्मा अर्याल, प्रदेश ५ मा उर्जामन्त्री वर्षमान पुन, कर्णालीमा वनमन्त्री शक्ति बस्नेत र सुदूरपश्चिममा उद्योगमन्त्री लेखराज भट्टले संयोजन गर्नेछन् । यसरी नेपाल ल्याईसकेपछि १४ दिनमा कोरोना भाइरस ९कोभिड–१९० नेगेटिभ भएका नेपालीलाई सरकारले नै रोजगारी दिनेछ । तत्काल राष्ट्रिय गौरवका आयोजनामा काम लगाउँने सरकारको योजना छ । पछि थप रोजगारी सृजना गर्दैजाने सरकारको लक्ष्य छ । कृषि क्षेत्रमा राज्य आफैले कृषि कर्म गर्नेदेखि नीजि क्षेत्रलाई ब्यवसायी कृषि कर्मका लागि लगाउँने राज्यको योजना छ । यसमापनि लाखौले रोजगारी पाउँने आँकलन छ ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया