SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/२/१५ गते
    ६६५ &#२३४६;&#२३३५;&#२३२५;

    परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतकै अन्तर्राष्ट्रिय स्तरको अखबारलाई दिएको अन्तरवार्तामा भारतीय सेनाले कालापानी छाड्नुपर्ने बताएका छन् । भारतको अंग्रेजी दैनिक द हिन्दूलाई दिएको अन्तरवार्तामा परराष्ट्रमन्त्री ज्ञवालीले सीमा विवाद वार्ताको माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिए । द हिन्दूका लागि केल्लोल भट्टाचार्जीले लिएको अन्तरवार्ता द हिन्दूको अनलाइन संस्करणमा बुधबार प्रकाशित गरिएको छ ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    अन्तरवार्ताका क्रममा परराष्ट्रमन्त्री ज्ञवालीले ऐतिहासिक दस्तावेजका आधारमा कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भएको प्रमाणित हुने दावी गर्दै यो भूमि नेपाललाई फिर्ता दिएर जान भारतलाई आग्रह गरेका छन् । यो पुरानो विवाद भारतले नै बल्झाएको परराष्ट्रमन्त्री ज्ञवालीले बताए । भारतले नयाँ राजनीतिक नक्सा जारी गरेर यो विषय बल्झाएको परराष्ट्रमन्त्री ज्ञवालीले बताए ।

    दुई देशका प्रधानमन्त्रीस्तरबाट सहमति भएर बनेको विदेश सचिवस्तरीय संयन्त्रको बैठकका लागि मिति तोक्न नेपालले गरेको प्रस्तावलाई पनि भारतले बेवास्ता गरेको परराष्ट्रमन्त्री ज्ञवालीले आरोप लगाए । भारतले नेपालका राजदूतलाई उच्च तहको भेट दिन अस्वीकार गरिएको विषयमा सोधिएको प्रश्नमा ज्ञवालीले त्यस्तो अवस्था सिर्जना नभएको बताएका छन् । उनले भनेका छन्, ‘हाम्रो राजदूतको भारतीय अधिकारीसँगको भेटघाटको सन्दर्भमा केही मिडियामा आएको जस्तो परिस्थिति भएको होइन ।’

    स्मरणीय छ परराष्ट्रमन्त्री ज्ञवालीको अन्तरवार्ता प्रकाशित भएकै दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग टेलिफोनमा कुरा गर्न अस्वीकार गरेका छन् । नेपालले आफ्नो संविधान संशोधन गर्न लाागेकोबारे सोधिएको प्रश्नमा परराष्ट्रमन्त्री ज्ञवालीले संविधान जमिनको आधारभूत कानुन भएकोले संशोधन गर्न लागिएको जवाफ दिएका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वत साहित्य सङ्गमद्वारा स्रष्टा सम्मान : मेयर तिवारीद्वरा ५१ हजार राशीको अक्षयकोष घोषणा

    खेमराज शर्मा,पर्वत ।पर्वत साहित्य सङ्गमद्वारा हरेक दुई वर्षमा साविक धौलागिरि क्षेत्रमा रही नेपाली भाषा, साहित्य,...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं