SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/२/१५ गते
    ९४७ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं, । लिम्पियाधुरा ,लिपुलेक र कालापानीलाई समेटेर नेपालको नयाँ नक्सा जारीपछि निशान छाप परिवर्तनका लागि गर्न लागिएको संविधान संशोधनमा राष्ट्रिय एकता नजुट्ने संकेत देखिएको छ । सुरुदेखी नै संविधानप्रति असन्तुष्टी जनाउदै आएका मधेश केन्द्रित दलका नेताहरुले पछिल्लो समयमा आएर आफ्ना मागसहित प्याकेजमा संशोधन माग उठाउने भएका छन् ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहशमा पत्रकार ऋषि धमलासँग कुरागर्दै जनता समाजवादी नेपाल पार्टीका शिर्ष नेता राजेन्द्र महतोले सवै जनताको स्र्ववीकार्य संविधान नभए सम्म राष्ट्रियता बलियो नहुने र अहिलेको परिवेशमा सीमा मात्रै राष्ट्रियताको विषय बन्न नसक्ने बताए ।

    उनले देशको भूमि र सीमा जस्तो विषयमा जनताका आधिकारलाई संविधानमा व्यवस्थित र सुरक्षित बनाएर राष्ट्रलाई एक बनाएर लानुपर्ने अवस्थामा ७० वर्षपछि संविधानसभा मार्फत बनेको सातौ संविधानमा शासकहरुले आफ्नो गोरुको बाह्रै टक्का गरेर एक्लै अगाडी जान खोजेको ओरोप लगाएका छन्।

    अहिलेको सत्ता नक्सवादी सोचले भरिएकाले पनि यो संविधानलाई सवैको संविधान बनाउन संशोधन गर्ने पक्षमा नदेखिएकाले संविधान संशोधन गर्दा यहि समयमा आफुहरुले उठाएका विषय पनि ल्याउनुपर्ने र एकै पटक संशोधन गरी जानुपर्ने भन्दै महतोले जनताको सवाल पनि राष्ट्रियताकै सवाल भएको बताए ।

    ‘राष्ट्रघातीहरुले किन नेपालको लिम्पीयाधुरा, लिपुलेक र कालापानी ५० औँ वर्ष सम्म खोजेनन् । पहिले नेपालको नक्सामा भएको यी भूभागहरु पछि कसरी बेचिए र अहिले फेरी कसरी आयो । यो खोक्रो राष्ट्रवाद हैन भने सीमा र जनतासंगै हिडाउनुपर्छ । देश र जनतालाई छोडेर एकल रुपमा जानेहरु राष्टघाती हुन । नक्सलवादी भाव लिएर जानु हुदैन । जनताको पहिचान र अधिकारलाई पनि लानुपर्छ । प्याकेजमा नगइ संविधान संशोधन हुनसक्दैन । राष्ट्रिय एकता भएन भने निसान चिन्ह राख्दैमा भूमि फिर्ता आउदैन ।’ उनले भने ।

    अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीले महाकाली संन्धी गर्दा के हेरेका थिए, त्यो बेला महाकालीको मुहान काहा थियो भनेर किन खोजिएन,अहिले भूमिलाई मात्रै राष्ट्रियता भन्दै जनता राष्ट्रियता हैन भन्नु गलत भएको र राष्ट्रियता बलियो बनाउन संविधान सर्वस्वीकार्य हुनुपर्ने उनको भनाई छ ।

    संविधानकै कारण गणतन्त्रले प्राप्त गरेका उपलब्धिको उपभोग र कार्यन्वयन नभएको भन्दै जुन आसा र विश्वाका साथ नेपाली जनता लडेर मरेका थिए त्यसको प्रतिफल जनताले पाउन नसकेको उनले बताए । संविधान निमार्ण गलत तरिकाले भएको र जनताको मतलाई नसमेटिएकाले तल परेका सवैले यो संविधानमा आफ्नो अधिकार नपाएको उनको भनाइ छ ।

    महतोले भने, ‘संविधान निर्माणको आरम्भबाटै गणतन्त्रको उपेक्षा सुरु भएको हो । पिडएिका वर्ग, जनजाती मधेशी लगायत धेरैमा यो संविधानमा वेइमानी गरिएको छ । संगै आन्दोलन गर्दा अब नेपालमा कुनै प्रकारको विभेद हुदैन भनेका थिए । तर, दुभाग्य संविधान बनाउने बेला हामीलाई पाखा लगाइयो’ । रिर्पोटस् नेपालबाट

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं