SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/२/१२ गते
    १३६८ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । अहिले नेपाल–भारतबीचको सीमा विवाद एकदम चर्चामा रहेको छ । भारतले नेपाली भूमि मिचेर सडक निर्माण गरेर विवादलाई थप संकटमा पारेको छ । भारतले नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरामा आफ्नो नियन्त्रण जमाएर बसेको छ । मानसरोवर जानका लागि भन्दै भारतले हालै लिपुलेकमा सडक उद्घाटन गरेको थियो ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    भारतलाई काउन्टर गर्न अब नेपालले पनि सडक निर्माण सुरु गरेको छ । भारत–नेपाल सीमामा भइरहेको तनावको बीचमा नेपाल सरकारले १३० किलोमिटर लामो धार्चुला–तिनकर सडक निर्माण सुरु गरिसकेको छ । भारतीय सञ्चारमाध्यमहरुमा आएको रिपोर्टका अनुसार यस सडक परियोजनालाई सन् २००८ मा नेपाल–चीन व्यवसाय प्रवर्द्धनको लागि अनुमोदन गरिएको थियो ।

    समाचारमा उल्लेख भए अनुसार यस सडकको लगभग ५० किलोमिटर उत्तराखण्डको सिमानामा रहेको भारत–नेपाल सीमासँग समानान्तर देखिन्छ । वितेको १२ बर्षमा यस सडक परियोजनामा ​​केवल ४३ किलोमिटर लामो सडकहरू मात्र निर्माण गरिएको थियो ।

    अब नेपाल सरकारले यस परियोजनाको काम पुनः सुरु गरी सेनाले बाँकी सडकको निर्माण कार्य सम्पन्न गर्ने निर्णय गरेको छ । यसमा भारतीय पक्षले कुनै अवरोध सिर्जना गरेको छैन । यसरी हेर्दा भारत अलिक नरम भएको हो कि भन्ने अनुमान लगाउन सकिन्छ । सामान्यतया सीमा क्षेत्रमा हुने भौतीक निर्माणलाई भारत अवरोध पुर्याउँदै आएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    आठौँ पर्वत महोत्सवको तयारी तीब्र

    पर्वत । समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजित आठौ पर्वत...

    चितवन राष्ट्रिय निकुञ्जको सीमामा राप्ती खोलामा डुङ्गाबाट चरा अवलोकन कार्यक्रम सम्पन्न

    ​चितवन । चितवन राष्ट्रिय निकुञ्ज (CNP) को सिमाना भएर बग्ने राप्ती खोलामा बर्ड एजुकेसन सोसाइटी...

    मोदी गाउँपालिकाद्वारा आयोजित अध्यक्ष कप फलेबासले हात पार्यो

    पर्वत । मोदी गाउँ पालिकाद्वारा आयोजित पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा प्रथम अध्यक्ष कप...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं