SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/२/१० गते
    १०५६ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौ । कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको हो भन्ने सबैलाई थाहाँ भैसक्यो । यी भूमिहरुमा भारतले जबरजस्ती कब्जा जमाएर बसेको छ । नेपालले वर्षौदेखि प्रयास गर्दै आए पनि भारतले नेपाललाई टेर्न छोडेको छ । यो बीचमा नेपाल पनि एक्सनमा आएको छ । नेपालले नयाँ नक्सा जारी गरेपछि चर्किएको विवादबीच एकजना वरिष्ठ भारतीय पत्रकारले कालापानीसहितको भूभाग नेपालकै भएको खुलासा गर्नुभएको छ ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    भारतीय चर्चित टेलिभिजन आजतक अन्तर्गतको रेडियोसँग शुक्रबार भएको संवाद उहाँले यस्तो बताउनु भएको हो । भारतीय अतिक्रमणमा परेको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालकै भूभाग रहेको मत वरिष्ठ पत्रकार आनन्द स्वरुप बर्माले आजतकमार्फत सार्वजनिक गर्नुभएको हो । उहाँले यो विषयलाई दुवै देशले वार्ता गरेर समधान गर्न सकिने पनि स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, कालापानी नेपालको हिस्सा हो ।

    सन् १९६२ मा चीनसँग यु–द्ध हुँदा कालापानीमा राजा महेन्द्र सरकारसँग अनुरोध गरेर भारतले केही समयका लागि सेना राखेको थियो । तर त्यहाँ भारतीय सेनाले स्थायी अखडा बनाउँदा अहिले अवस्था जटिल भएको हो ।’ कालापानी र लिपुलेकलाई लिएर नेपाल र भारतबीच पुरानो विवाद रहेको समेत उहाँले खुलासा गर्नुभएको छ ।

    दुवै देशका सरकारले यसको समाधानका लागि वास्ता नगरेको भन्दै वार्तामा बसेर यसको समाधान गर्नुपर्ने धारणा उहाँले व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘नेपालको जमिन भारतले लिन चाहँदैन। भारत एउटा ठूलो राष्ट्र हो।’ यो मात्रै होईन भारतले आफ्नो रवैया सुधार नगरे नेपाल कतै ढल्किन सक्ने दावा पनि गर्नुभएको छ ।

    उहाँका अनुसार अहिले भारत नेपाल चीनतर्फ ढल्किरहेको अनुमान गरिरहेको छ । उहाँले भारतको रवैया यस्तै रहेमा नेपाल सहयोगका लागि चीनतर्फ ढल्किन सक्ने कुरामा उहाँले आशंका व्यक्त गर्नुभयो । भारतीय विज्ञहरुले पनि वार्ताबाट तत्काल समस्या समाधान गर्नुपर्नेमा जोड दिदैं आएका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    आठौँ पर्वत महोत्सवको तयारी तीब्र

    पर्वत । समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजित आठौ पर्वत...

    चितवन राष्ट्रिय निकुञ्जको सीमामा राप्ती खोलामा डुङ्गाबाट चरा अवलोकन कार्यक्रम सम्पन्न

    ​चितवन । चितवन राष्ट्रिय निकुञ्ज (CNP) को सिमाना भएर बग्ने राप्ती खोलामा बर्ड एजुकेसन सोसाइटी...

    मोदी गाउँपालिकाद्वारा आयोजित अध्यक्ष कप फलेबासले हात पार्यो

    पर्वत । मोदी गाउँ पालिकाद्वारा आयोजित पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा प्रथम अध्यक्ष कप...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं