SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/२/१० गते
    ७५२ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं – राष्ट्रिय विधायन व्यवस्थापन समितिले १० करोडभन्दा बढी भ्रष्टाचार गर्नेलाई १४ वर्ष जेल सजाय तोक्ने विषयमा सहमति जुटाएको छ । राष्ट्रियसभा अन्र्तगतको समितिको शुक्रबार बसेको बैठकले भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथिको दफावार छलफलमा १० करोडभन्दा बढी भ्रष्टाचार गर्नेलाई १० देखि १४ वर्षसम्मको कैद सजायका विषयमा सहमति जुटेको हो ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    समिति सभापति परशुराम मेघी गुरुङले घुस लिएको रकम जफत हुने र सोही बराबरको जरिवाना गर्ने विषयमा पनि सहमति जुटेको बताए । समिति सदस्यहरुले घुस लिएको प्रमाणित भए घुस खानेसहित सपरिवारको सम्पत्ति जफत हुने व्यवस्था गर्र्न माग गरेका थिए ।

    कति घुस खाँदा कति सजाय ?

    १ करोडसम्म घुस लिने व्यक्तिलाई ४ देखि ८ वर्षसम्म कैद, १ देखि १० करोडसम्म घुस खानेलाई ८ देखि १० वर्ष, ५० हजार रुपैयाँसम्म १ देखि ६ महिना कैद, ५० हजार देखि १ लाखसम्म ६ महिनादेखि १ वर्ष कैद, १ देखि ५ लाखसम्म घुस लिएमा २ देखि ३ वर्ष, ५ देखि २५ लाख घुस लिएमा २ देखि ४ वर्ष, २५ लाखदेखि ५० लाखसम्म घुस लिनेलाई ४ देखि ६ वर्ष , ५० देखि १ करोड घुस लिएमा ४ देखि ८ वर्ष, १ करोड देखि १० करोड घुस लिएमा ८ देखि १० वर्षसम्म कैद र १० करोडभन्दा बढी रकम घुस लिएमा १० देखि १४ वर्ष सम्म कैद सजाय हुने विषयमा सहमति जुटेको हो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं