SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/२/६ गते
    ११५५ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौ । नेपालमा मन्त्रीपरीषदले नेपालको नयाँ नक्सा पारित गरे सगै भरतमा हलचल मच्चिएको छ । त्यहाँ एक प्रकारको भूइचालो आए बराबर सञ्चारमाध्यमहरुले हल्लाइरहेका छन् । उनीहरु भारतमाथी नेपालको रवैया सम्म भन्न भ्याएका छन् । यतिमात्र हैन भारतले कब्जा गर्यो नेपालको भूमि समेत भनेका छन् ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    चर्चित टेलिभिज एवीपी न्यूजले भारतले बनाएको सडक भारतिय भूमिमा नै भन्ने भारतको आधिकारीक जवाफ आइरहेका बेला आफ्नो भूमि दावी गर्दै नेपालले नक्सा निकाल्नु कतै चीनको संरक्षणमा त यस्तो भइरहेको छैन भनेर आशंका समेत गरेका छन् ।

    उनीहरुले नेपाली भूमि सहजै प्रयोग गर्न सक्ने चीनसँग आत्मविश्वास रहेका कारण उक्त रणनीतिक भूमि नेपालको बनाउँन चीनले नेपाल प्रयोग गरेको विश्लेषण समेत गरेका छन् । उनीहरुले भनेका छन् इतिहासमा नै उक्त भूमि नेपालको थिएन । तर आकस्मिक रुपमा नेपालको दावी गरिनुमा चीनको खेल छ ।

    अब भारतको पाकिस्तान र चीन मात्र नभएर नेपालसँग पनि सीमा बिबाद को कुरा उठेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । उनीहरुले नेपालले कहिले यस्तो नगर्ने तर हाल चीनको इसारामा यस्तो गरेको हुन सक्ने अनुमान गरेका छन् ।

    तपाईहरुलाई स्मरण गराउँ अब भारतको उसँग जोडिएका सबै देशमा सीमा विवाद छ । चीनसँगपनि सीमा विवाद कायमै छ । महाशक्ति राष्ट्र बनेको चीनसँग समेत उसले सीमा समाधान खोज्न सकेको छैन । पाकिस्तानसँग त उसको सुरुवातदेखि नै सीमा विवाद छ । यसले गर्दा भारतका सञ्चार माध्यम यो विषयलाई समेत उछालिरहेका छन् ।

    https://www.youtube.com/watch?v=kiP1jOdLhpI&t=23s

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं