SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/२/६ गते
    ९६४ &#२३४६;&#२३३५;&#२३२५;

    बिरगन्जको आदर्शनगर स्थित कैलाश चोक नजिक रहेको स्टुडियोमा प्रहरेले छापामारी गरेर दुई युवतीसहित पाँच जनालाई पक्राउ गरेको छ । लकडाउनको मौका छोपेर वीरगन्जको आदर्शनगरमा रहेको एक फोटो स्टुडियो यौ’नधन्दा चलाएको आरोपमा दुई युवतीसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    स्थानियको सुचनाको आधारमा एसटिएफका प्रहरी नायब निरीक्षक सुर्य चौधरीको नेतृत्वमा ख’टेका प्रहरी टोलिले स्टुडियोका सञ्चालकसहित दुई जना युवती अन्य दुई जना युवकलाई पक्राउ हो ।

    कैलाश चौकमै सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी बिट रहेको छ । प्रहरी बिटमा २४ घण्टा प्रहरी तैनाथ गरिएको छ । प्रहरी बिटसँगै रहेको भवनमा टासिएर स्टुडियो लकडाउनमा पनि गोप्य रुपमा सञ्चालन भइरहँदा प्रहरीको ध्यान ध्यान नपुगेको स्थानीयको गुनासो थियो ।

    पक्राउ गरेका पाँचै जनालाइ आवश्यक अनुसन्धान लागि जिल्ला प्रहरी कार्यालय पर्साको जिम्मा लगाइएको प्रहरी नायब निरीक्षक चौधरीले बताए । प्रहरी स्टुडियोमा छापामारी गर्न प्रवेश गरे पछि युवतीहरुलाइ स्टुडियोको पर्खाल माथी बनाइएको गोप्य रुममा लुकाईएको अवस्थामा उनिहरूलाई नियन्त्रणमा लिएको थियो ।

    यता प्रहरीले घटना बारे अनुसन्धान भइ रहेकोले अहिले केही भन्न नमिल्ने बताए । ‘स्थानियले दिएको सुचनाको आधारमा दुई युवतीसहित पाँचै जनालाई स्टुडियोबाट पक्राउ गरेका हौँ । लकडाउन तथा निषेधाज्ञाको धज्जी उठाउँदै स्टुडियोका सचालकले स्टुडियोमा यौ’नधन्दा चलाउँदै आएको स्थानियले आरोप लगाएका छन् । थप अनुसन्धान भइ रहेको छ’ पर्सा प्रहरी नायब उपरीक्षक बिरेन्द्र बहादुर शाहीले भने ।केटिएम दैनिकबाट लिइएको ।।

    https://www.youtube.com/watch?v=kiP1jOdLhpI&t=104s

    प्रतिकृया दिनुहोस्

    Loading...

    आठौँ पर्वत महोत्सवको तयारी तीब्र

    पर्वत । समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजित आठौ पर्वत...

    चितवन राष्ट्रिय निकुञ्जको सीमामा राप्ती खोलामा डुङ्गाबाट चरा अवलोकन कार्यक्रम सम्पन्न

    ​चितवन । चितवन राष्ट्रिय निकुञ्ज (CNP) को सिमाना भएर बग्ने राप्ती खोलामा बर्ड एजुकेसन सोसाइटी...

    मोदी गाउँपालिकाद्वारा आयोजित अध्यक्ष कप फलेबासले हात पार्यो

    पर्वत । मोदी गाउँ पालिकाद्वारा आयोजित पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा प्रथम अध्यक्ष कप...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं