SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/२/३ गते
    ८१५ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । नेपालमा कोरोना संक्रमण लगातार बढ्दैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म २४ जिल्लाका २५८ जनामा कोभिड–१९ संक्रमित पाइएका छन् । शुक्रबार बिहान मकवानपुरमा पहिलो पटक एक जनामा संक्रमण भेटिएसँगै २४ जिल्लामा संक्रमण फैलिएको हो । शुक्रबार बिहानै बाँकेको नरैनापुरका ८ जनामा संक्रमण देखिएको छ ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाका अनुसार हालसम्मका संक्रमितमा २ सय ९ पुरुष र ४९ जना महिला रहेका छन् । तीमध्ये ३६ जना निको भएर अस्पतालबाट घर फर्किसकेका छन् । संक्रमित धेरैजसो २० देखि ५० वर्ष उमेर समूहका रहेको देवकोटाले जानकारी दिनुभयो ।

    नेपालमा भारतका कारण संक्रमण थप बढेको प्रष्ट देखिएको छ । संक्रमण देखिएका २४ जिल्लामध्ये तराईका मात्रै १७ जिल्ला छन् । अहिलेसम्म तराईका मोरङ, सुनसरी, सिरहा र दाङमा कोरोना संक्रमण देखिएको छैन । अहिलेसम्म सबैभन्दा बढी पर्सामा ८५ जनामा कोरोना संक्रमण देखिएको छ । पर्सामा संक्रमण पुष्टि भएकामध्ये ३ जना निको पनि भैसकेका छन् ।

    थप जिल्लाहरुको कुरा गर्दा कपिलवस्तुमा ३९, बाँकेमा ३३, उदयपुरमा ३२, रुपन्देहीमा २८, काठमाडौंमा ८, कैलालीमा ४, बारा र रौतहट, बारा र धुनषामा ३–३ जनामा संक्रमण देखा परेको छ । यस्तै, झापा, महोत्तरी, सर्लाही, चितवन, बागलुङ र भक्तपुरमा २–२ जनामा कोरोना संक्रमण देखिएको छ । यता, सप्तरी, नवलपरासी पश्चिम, नवलपरासी पूर्व, बर्दिया, कञ्ञ्चनपुर, धादिङ, भोजपुर र मकवानपुरमा एक–एक जनामा कोरोना संक्रमण देखिएको छ ।

    त्यस्तै निको हुनेहरुमा उदयपुरका १५, काठमाडौंका ५, कैलालीका ४, पर्साका ३, चितवन र बागलुङका २–२, तथा रुपन्देही, भोजपुर, कञ्चनपुर, झापा र रौतहटका एक–एक जना रहेका छन् । नेपालमा महिलाहरुको तुलनामा संक्रमित पुरुषहरुको संख्या धेरै रहेको छ । नेपालमा अहिलेसम्म कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    आठौँ पर्वत महोत्सवको तयारी तीब्र

    पर्वत । समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजित आठौ पर्वत...

    चितवन राष्ट्रिय निकुञ्जको सीमामा राप्ती खोलामा डुङ्गाबाट चरा अवलोकन कार्यक्रम सम्पन्न

    ​चितवन । चितवन राष्ट्रिय निकुञ्ज (CNP) को सिमाना भएर बग्ने राप्ती खोलामा बर्ड एजुकेसन सोसाइटी...

    मोदी गाउँपालिकाद्वारा आयोजित अध्यक्ष कप फलेबासले हात पार्यो

    पर्वत । मोदी गाउँ पालिकाद्वारा आयोजित पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा प्रथम अध्यक्ष कप...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं