SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/२/२ गते
    ११६५ &#२३४६;&#२३३५;&#२३२५;

    पर्बत, कुश्मा । सरकारले कोरोना संक्रमण फैलन नदिन लकडाउनलाई थप कडाइ गर्न सुरु गरेको छ । तर कुश्मा बजारमा भने चहलपहल पहिलाको भन्दा कम देखिएको छैन । देश भरि कोरोनाभाइरसको संक्रमण दिनानुदिन बढिरहेको अबस्थामा यहाको बजारमा हुलमुल भएर हिड्ने र पसलहरु खोलेर भिडभाड जम्मा गर्ने कार्य भने जारी नै छ । बिशेस गरि बिहान र बेलुका निकै चहलपहल बढ्न थालेको छ । प्रहरी आउदा शटर बन्द गर्ने र पल्लो चोकमा नपुग्दै फेरि खोल्ने खेल लकडाउन शुरु भएदेखि नै कुश्मा बजारमा रमाईलो दृश्य देख्न सकिन्थ्यो बजारको दृश्य हेर्दा  कोरोनाको समस्या प्रहरिलाइ मात्र छ यहाँका ब्यापारीहरु रोग संग होइन कि प्रहरी संग जोगिन खोज्दै छन् ।

    एकजनाको अटेरीले गर्दा भोलि सिंगो समाजलाई नै जोखिममा पर्ने सम्भावना हुन्छ  । देश भरि संक्रमितको संख्या २५८ पुगेको अवस्थामा कुश्मामा पनि साबधानी अपनाउन जरुरी देखिन्छ । अन्तरजिल्लामा हिँडडुल गर्न वितरण गरिएका पास खारेज भइसकेकोले सर्वसाधरणले पास बोकेर हिँडे पनि प्रहरीले रोकेर राखेको थियो। हाईवे चेकिंकमा हिजोदेखि कडाई गरिए पनि बजारभित्र बिनापसका सवारीसाधनहरु लुकिछिपी भने गुडिरहेका थिए ।

    स्वास्थ्यकर्मी, सुरक्षाकर्मीहरु दिनरात खटिरहेको अवस्थामा प्रशासनको सूचनालाई पनि अबज्ञागरि जथाभाबी हिड्डुल गर्ने, अत्यावश्यक पसल बाहेक अन्य पसलहरु खोलेर भिडभाड जम्मा गरेर  लापरवाही गर्ने र सामान्य सावधानी समेत नअपनाउँने हो भने कोरोना फैलिन बेरै लाग्दैन ।अहिले सम्म बजार भित्र कोहिपनि संक्रमित नभए पनि यसरि नै हेलचेक्र्याइँ र लापरवाही बढ्यो भने संक्रमण फैलने जोखिम बढ्दो देखिन्छ कुश्मा पनि । गृह मन्त्रालयले भोलि शनिबारबाट लागू हुने गरी जिल्लाभित्र सञ्चालन गर्न दिइएको पाससमेत खारेज गर्ने निर्णय गरेको अवस्थामा अब हुने लकडाउन कडा हुने समेत देखिएको छ ।

     

    प्रतिकृया दिनुहोस्

    Loading...

    आठौँ पर्वत महोत्सवको तयारी तीब्र

    पर्वत । समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजित आठौ पर्वत...

    चितवन राष्ट्रिय निकुञ्जको सीमामा राप्ती खोलामा डुङ्गाबाट चरा अवलोकन कार्यक्रम सम्पन्न

    ​चितवन । चितवन राष्ट्रिय निकुञ्ज (CNP) को सिमाना भएर बग्ने राप्ती खोलामा बर्ड एजुकेसन सोसाइटी...

    मोदी गाउँपालिकाद्वारा आयोजित अध्यक्ष कप फलेबासले हात पार्यो

    पर्वत । मोदी गाउँ पालिकाद्वारा आयोजित पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा प्रथम अध्यक्ष कप...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं