
१वामपन्थी र देशभक्तहरू तत्काल एक हुनुपर्छ, ढिला गर्नु गल्ती हुनेछ – प्रचण्ड
२विद्यालयलाई शैक्षिक सामग्री सहयोग
३जमुना आचार्य जलजला गाउँपालिकाकी सर्वोत्कृष्ट उद्यमी घोषित
४कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
५सार्वजनिक बिदाको दिन पनि खुल्ने भयो मोदी गाउँपालिकाको कार्यालय
६स्थानीय पेय पदार्थ व्यवस्थापन विधेयक पारित : लोकल मदिरा ब्रान्डिङको बाटो खुल्यो
७ट्राफिक नियम उल्लंघनमा अब कडा जरिवाना प्रस्ताव
८पर्वतका सातै स्थानीय तहको बजेट सार्वजनिक, विकास र रोजगारी मुख्य प्राथमिकतामा
९विहादी गाउँपालिकाले ल्यायो ४६ करोड ४५ लाखको बजेट, कृषि र स्वास्थ्य मुख्य प्राथमिकतामा
१०महाशिला गाउँपालिकाको ४६ करोड ४७ लाख रुपैयाँको बजेट, शिक्षा, कृषि र पूर्वाधारलाई प्राथमिकता
११जलजलाले ल्यायो ५३ करोडको बजेट, रोजगारी र पूर्वाधारमा जोड
१२जिप्रका पर्वतका पौडेल उत्कृष्ट प्रहरीको रुपमा प्रदेश प्रहरी कार्यालयबाट सम्मानित
१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
३UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
४पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
५सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
६महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न
७फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
८महिलाको हत्या गरी गहना लुट्ने र खरिद गर्ने २ जना पक्राउ
९बिमा दाबी गर्न बुटवलमा आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक, सञ्चालकसहित दुई पक्राउ
१०फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातमा सुरु हुँदै
११श्री सर्वेश्वर महादेव मन्दिरमा MRR टीम पर्वतद्वारा भजन–कीर्तन सम्पन्न
१२मानवीय अभियानको सफलता : अपाङ्ग वैषलालले पाए आफ्नै भूमि
पर्वत । प्रवासी पर्वतेलीहरुको साझा संस्था अन्तराष्ट्रिय पर्वत समाजले लकडाउनका कारण भारतको दिल्लीमा अलपत्र परेका पर्वतेलीलाई खाद्यान्न सहित आर्थिक सहयोग गरेको छ । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रण र रोकथामका लागि जारी लकडाउनका कारण समस्यामा परेका महिला र बच्चाहरु सहित ४० जना पर्वतेलीलाई सहयोग गरेको हो । अलपत्र परेका मजदुर पर्वतको कुस्मा नगरपालिका १० पिपलटारीका बासिन्दा हुन् । उनीहरुलाई प्रतिव्यक्ति भारु १५ सय बरावरको खाद्यान्न र नगद ५ सय रुपैयाँ भारु वितरण गरेको अन्तराष्ट्रिय पर्वत समाजका अध्यक्ष पुरन गिरीले जानकारी दिनुभयो ।
दिल्लीमा काम गर्दै आएका होटल तथा उद्योगहरू बन्द भएपछि झन्डै ४० दिनदेखि एउटै ‘बिल्डिङ’ मा थुनिएर बसेको र कोहीसँग पनि रासन कार्ड नभएका कारण भारत सरकारले पनि कुनै सुविधा र चासो नदिएको कारण उनीहरुले लामो समयदेखी समस्या भोग्दै आएका थिए । समस्यामा परेका मजदुरले सरकार संग उद्दारका लागि माग गरेपनि सुनुवाई भएको थिएन । दिल्लीमा पर्वतेली नागरिक लकडाउनका कारण अलपत्र परेको खवर अन्तराष्ट्रिय पर्वत समाजमा प्राप्तभए सँगै ८० हजार भारु सहयोग गरिएको अध्यक्ष गिरीले बताउनु भयो ।
उक्त सहयोग सामग्री बिहिवार (आज) पर्वत आर्थर घर भै दिल्लीमा बस्दै आउनु भएकी समाजसेवी मेरी गुरुङ ‘सुश्मा’ र उहाँका श्रीमान अर्जुन गुरुङको पहलमा उनीहरुलाई राहात स्वरुप खाद्यान्न र नगद वितरण गरिएको छ । समाजेसेवी मेरीका अनुसार राहात पाएपछि पीडितहरु निकै भावुक भए । उनीहरुले सबै सँग सहयोगको याचना गर्दा पनि कुनै निकायवाट वास्ता नभएपछि अन्तराष्ट्रिय पर्वत समाजले दिएको राहात उनीहरुले आँसू झार्द समातेको मेरीले बताउनु भयो । उनीहरुको पीडा सँगै आँसू देख्न नसकेर मैले पनि व्यक्तिगत खर्चमा ४० जनालाई जिरा धनियाँ सहित ५ जना महिलालाई ५ के्ररेट अण्डा सहयोग गरेको उहाँको भनाई छ । पीडितहरु सँग अन्तराष्ट्रिय पर्वत समाजका मध्यपूर्व संयोजक कमल लामिछानेले समन्वय गर्नुभएको थियो ।
राहात पाएपछि पीडितहरुले खुशी व्यक्त गरेका छन् । ‘हामी गाँस न बासको अवस्थामा पुग्नै लागेका थियौँ, सबैको अवस्था हरेक दिन दर्दनाक बन्दै गइरहेको थियो, सोही समूहका नवीन दर्जीले भन्नुभयो,‘अधिकाँशले बषौँदेखि होटल तथा रेष्टुरेन्टहरुमा काम गदै आएका थियौँ भने केहीले बिद्युतीय सामग्रीहरु बिक्रि गर्ने पसलमा हेल्परको काम गदै आएका थियौँ,।’ ‘विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण भारत सरकारले लकडाउन गरेकाले हामी बेरोजगार भएका थियौँ । हामीले गरेको अनुरोध र हाम्रा अवस्थाप्रति सहानुभूति प्रकट गदै अन्तराष्ट्रिय पर्वत समाजले गरेको सहयोग प्रति अत्यन्तै आभारी छौँ,’–दर्जीले भन्नुभयो ।
समाजले यस पुण्य कार्यमा साथ दिनुहुने सम्पुर्ण सहयोगीमनहरु सँगै हाम्रो अनुरोधलाई स्विकार्दै हस्तान्तरणमा समन्वय गरिदिनु भएकोमा पर्वत आर्थर घर भै दिल्लीमा बस्दै आउनु भएकी समाजसेवी मेरी गुरुङ ‘सुश्मा’ र अर्जुन गुरुङलाई धन्यवाद सहित आभार व्यक्त गरेको छ ।
अन्तराष्ट्रिय समाज पर्वतले समाजले दिल्लीमा अलपत्र परेका नेपालीहरुको दुःखमा मलम लगाउने काम गरेको छ । समाजले सबैलाई सहयोग गर्न नसकेपनि कोरोनाका कारण स्थिती विकराल बन्दै गएको अवस्थामा अप्ठ्यारोमा परेका नेपाल भन्दा बाहिर रहेका पर्वतेली नागरिकको समस्या समाधानका लागि तत्काल उचित पहल गर्न स्थानीय निकाय, निर्वाचित प्रतिनिधि लाई अनुरोध गरेको छ ।
विश्वभरि फैलिउको कोरोना भाइरसको जोखिमलाई मध्येनजर गदै अन्तराष्ट्रिय पर्वत समाजले आपतकालिन राहात कोष स्थापना गरेको छ । कोष मार्फत कोरोनाका कारण अप्ठ्यारोमा परेको प्रवासी पर्वतेलीहरुलाई सहयोग गदै आएको छ । समाजले केही दिन अगाडी जिल्ला अस्पताल पर्वतलाई समेत ३२ थान पीपीई लगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरिसकेको छ ।


१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
३UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
४पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
५सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

प्रतिक्रिया