News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मुख्य समाचार समाचार

    लकडाउनकाे उपयाेग गरि महाशिला गाउँपालिका बालाकाेेेट वडा ३ ले बाँझाे जग्गामा कफि र केरा खेती सुरू गर्दै

    कृष्ण शर्मा,पर्बत।  पर्बत जिल्लाकाे महाशिला गाउँपालिका वडा न.३ मा पनि ब्यबसायिक कफी खेती सुरू गरिने भएकाे छ । महाशिला कृषि क्षेत्रको लागि उपयुक्त्त क्षेत्र मानिने गरेकाे र सबै वडामा कफी लगाएत अन्य ब्यबसायिक खेती सुरू गरिदै अाएकाे गाउँपालिका अध्यक्ष राजु पाैडेलले बताउनुभयाे ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    महाशिलाकाे वडा न. ३ बालाकाेटका गाउँमा रहेका युबाहरू लाई राेजगार दिने याेजना र बालाकाेटमा कृषिकाे क्रान्ति गरि परिवर्तन गर्ने उद्येेेेश्य ले ५० राेपनी जग्गा भाडामा लिएर कफि उत्पादन सुरू गर्न लागेकाे वडा अध्यक्ष राेशन गुरूङले बताउनुभयाे । साथै उहाँले अागामी बर्ष जग्गाकाे दायारा बढाएर गाउँमा बाँझाे रहेकाे २०० राेपनी जग्गा भाडामा लिई अन्य कृषिखेती समेत गरिने उद्येश्य रहेकाे जानकारी दिनुभयाे ।

    वडा अध्यक्ष गुरूङ अहिले देश काेराेना भाईरसका कारण लकडाउनकाे चपेटामा परिरहेका बेला लकडाउनकाे सदुपयाेग गरि गाउँका युबाहरू लाई भेला गरेर बाँझाे जग्गा फडानी, सिचाँई लगाएत बिरूवाहरू राेप्ननकाे लागी खाडल खन्ने काममा कस्सिएका छन् । वडा अध्यक्ष गुरूङले वडाका युवाहरू लाई बिदेश जान बाट रोक्ने मुख्य उद्येश्य रहेकाे बताउनुहुन्छ । यस बर्ष जेष्ठ अन्तिममा करिब ५ हजार कफिका बिरुवा राेपिने र कफिकाे छहारीकाे लागि ब्यबसायिक रूपमै २५ सय केराका बिरूवा पनि राेपिने वडा लेखा सहायक बिमल रिजालले जनाउनुभयाे ।

    वडाकाे संयाेजनमा अहिले अन्य तरकारी खेतीहरू पनि गरिएकाे छ । पछिल्लो केही बर्ष अघि बाट व्यवसायिक रूपमै पर्बतमा कफी खेती सुरू भएको जिल्ला कृषि विकास कार्यालय पर्बतले जनाएको छ । गण्डकी प्रदेशमा ४ सय २२ मेट्रिक टन कफी उत्पादन हुँदै आएको छ। प्रदेशका ८ जिल्लामा कफीको व्यवसायिक खेती गरिँदै आएको सर्वेक्षणले देखाएको छ। सबैभन्दा धेरै स्याङ्जा जिल्लाका ३७.८ प्रतिशत र सबैभन्दा कम म्याग्दीका ०.७ प्रतिशत किसानले कफीको व्यावसायिक खेती गर्दै अाएका छन्

    लाेक कल्याणकारी

    प्रतिक्रिया