SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/१/३० गते
    ९१४ &#२३४६;&#२३३५;&#२३२५;

    कृष्ण शर्मा,पर्बत।  पर्बत जिल्लाकाे महाशिला गाउँपालिका वडा न.३ मा पनि ब्यबसायिक कफी खेती सुरू गरिने भएकाे छ । महाशिला कृषि क्षेत्रको लागि उपयुक्त्त क्षेत्र मानिने गरेकाे र सबै वडामा कफी लगाएत अन्य ब्यबसायिक खेती सुरू गरिदै अाएकाे गाउँपालिका अध्यक्ष राजु पाैडेलले बताउनुभयाे ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    महाशिलाकाे वडा न. ३ बालाकाेटका गाउँमा रहेका युबाहरू लाई राेजगार दिने याेजना र बालाकाेटमा कृषिकाे क्रान्ति गरि परिवर्तन गर्ने उद्येेेेश्य ले ५० राेपनी जग्गा भाडामा लिएर कफि उत्पादन सुरू गर्न लागेकाे वडा अध्यक्ष राेशन गुरूङले बताउनुभयाे । साथै उहाँले अागामी बर्ष जग्गाकाे दायारा बढाएर गाउँमा बाँझाे रहेकाे २०० राेपनी जग्गा भाडामा लिई अन्य कृषिखेती समेत गरिने उद्येश्य रहेकाे जानकारी दिनुभयाे ।

    वडा अध्यक्ष गुरूङ अहिले देश काेराेना भाईरसका कारण लकडाउनकाे चपेटामा परिरहेका बेला लकडाउनकाे सदुपयाेग गरि गाउँका युबाहरू लाई भेला गरेर बाँझाे जग्गा फडानी, सिचाँई लगाएत बिरूवाहरू राेप्ननकाे लागी खाडल खन्ने काममा कस्सिएका छन् । वडा अध्यक्ष गुरूङले वडाका युवाहरू लाई बिदेश जान बाट रोक्ने मुख्य उद्येश्य रहेकाे बताउनुहुन्छ । यस बर्ष जेष्ठ अन्तिममा करिब ५ हजार कफिका बिरुवा राेपिने र कफिकाे छहारीकाे लागि ब्यबसायिक रूपमै २५ सय केराका बिरूवा पनि राेपिने वडा लेखा सहायक बिमल रिजालले जनाउनुभयाे ।

    वडाकाे संयाेजनमा अहिले अन्य तरकारी खेतीहरू पनि गरिएकाे छ । पछिल्लो केही बर्ष अघि बाट व्यवसायिक रूपमै पर्बतमा कफी खेती सुरू भएको जिल्ला कृषि विकास कार्यालय पर्बतले जनाएको छ । गण्डकी प्रदेशमा ४ सय २२ मेट्रिक टन कफी उत्पादन हुँदै आएको छ। प्रदेशका ८ जिल्लामा कफीको व्यवसायिक खेती गरिँदै आएको सर्वेक्षणले देखाएको छ। सबैभन्दा धेरै स्याङ्जा जिल्लाका ३७.८ प्रतिशत र सबैभन्दा कम म्याग्दीका ०.७ प्रतिशत किसानले कफीको व्यावसायिक खेती गर्दै अाएका छन्

    प्रतिकृया दिनुहोस्

    Loading...

    आठौँ पर्वत महोत्सवको तयारी तीब्र

    पर्वत । समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजित आठौ पर्वत...

    चितवन राष्ट्रिय निकुञ्जको सीमामा राप्ती खोलामा डुङ्गाबाट चरा अवलोकन कार्यक्रम सम्पन्न

    ​चितवन । चितवन राष्ट्रिय निकुञ्ज (CNP) को सिमाना भएर बग्ने राप्ती खोलामा बर्ड एजुकेसन सोसाइटी...

    मोदी गाउँपालिकाद्वारा आयोजित अध्यक्ष कप फलेबासले हात पार्यो

    पर्वत । मोदी गाउँ पालिकाद्वारा आयोजित पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा प्रथम अध्यक्ष कप...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं