SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/१/२९ गते
    १९९६ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं, । पूर्व उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले नेपाल र भारतबीचको सीमा समस्या सदाका लागि समाधान गर्न भुमी साट्ने या लिजमा लिने प्रस्ताव गरेकी छिन् । उनले भारतसँग कुटनीतिक माध्यमले समस्या समाधान गर्नुको विकल्प नभएको भन्दै त्यसका लागि आफू जिम्मेवारी लिन तयार भएको बताइन् ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    ‘सिमा विवादमा सधैं अल्झेर र विरोध गरेर मात्र बस्ने होइन, समाधान खोज्नुपर्छ,’ नेपाली काँग्रेसकी केन्द्रीय सदस्य समेत रहेकी कोइरालाले भनिन्, ‘विकल्पका रुपमा कालापानीलगायतका भुभाग भारतसँग साट्ने या लिजमा दिने र बङ्गलादेशसँग जोडिने भुमी लिजमा लिने या साट्ने गर्न सकिन्छ ।’ आफूले विकल्प दिएको र अरुलाई पनि विकल्प लिएर भारतसँगको सिमा विवाद सदाका लागि अन्त गर्ने प्रस्ताव लिएर आउन चुनौती दिइन् । आफूले भनेकै हुनुपर्छ भन्ने नभएको तर राष्ट्रलाई फाइदा हुने विषय बोलेको दाबी गरिन् ।

    भारतले चीन जोड्ने लिंक रोड बनाएको क्षेत्रसँग बँगलादेशसँग जोडिने भारतीय भुभाग साट्ने या लिजमा लिने प्रस्ताव देशको हितमा भएको तर्क गरिन् । उनले भनिन्, ‘बँगलादेशसँग जोडिएमा हामीलाई छोटो बन्दरगाहसम्म सिधा पहुँच पुग्नेछ ।’ भारत र बङ्गलादेशबीच थाती रहेको सिमा विवाद यसरी नै जमिन साटासाट गरेर समाधान भएको स्मरण गराइन् । दुई देशले कुटनीतिक पहलबाट समस्या समाधान गरेकोले यसबाट सिक्नुपर्नेमा जोड दिइन् ।

    यसअघि संसदको अन्तर्राष्ट्रिय समितिमा बोल्दै नेता सुजाता कोइरालाले विकल्पसहित अगाडि बढ्नुको विकल्प नभएको बताइन् । भारत र चीनबीच व्यापार मार्ग खोल्ने सम्झौता भएको छ महिनाभन्दा बढी समय केही नबोल्ने र अहिले एकैपटक राष्ट्रवादी बन्न विरोध गर्ने भनी प्रश्न गरेकी थिइन् ।

    राष्ट्रवादी बन्ने हो भने विरोध मात्र गरेर नहुने राष्ट्र हितमा काम गर्नुपर्ने बताइन् । आफूले भारतसँग वार्ता गरी समस्या समाधान गर्न सक्ने दाबी गर्दै कोइरालाले राष्ट्रिय सहमतिका साथ एजेन्डा बनाएर अगाडि बढ्नुपर्ने बताइन् । उनले भनिन्, ‘एउटै एजेन्डा बनाऔं र भारतसँग प्रस्ताव लिएर जाऔं, विरोध गरेर मात्र नबसौं ।’

    आफूले सधै देशहितमा बोल्दा अनेकन चुनौतीहरु झेलेको बताइन् । उनले भनिन्, ‘देश र जनताको हितमा बोल्दा सुजाता कोइराला पेलाईमा परेको हो ।’ आफू जस्तोसुकै दबाब थेगेर भएपनि देश र जनताको हितमा बोल्न र काम गर्न पछि नपर्ने बताइन् ।

    राष्ट्रवादी बन्दा विरोध मात्र गर्ने केही नगर्ने हुँदा देशले धेरै गुमाइरहेको उनको तर्क थियो । बोलेर नभई गरेर देखाउन चुनौती दिइन् । कोइरालाले सत्तारुढ नेकपा र नेपाली काँग्रेसका नेतृत्वकर्ता नेताहरुको समेत आलोचना गरिन् । भारतले सडक बनाउँदा सबै मुकदर्शक भएको र अहिले विरोध गर्न थालेको बताइन् । उनले भनिन्, ‘अब विरोध गरेर क्षणिक आनन्द र लोकप्रीयता लिने होइन काम गरेर देखाऔं सीमा समस्याको दीर्घकालिन समाधान निकालौं ।’ रिर्पोटस् नेपालबाट

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं