
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
काठमाडौं, । पूर्व उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले नेपाल र भारतबीचको सीमा समस्या सदाका लागि समाधान गर्न भुमी साट्ने या लिजमा लिने प्रस्ताव गरेकी छिन् । उनले भारतसँग कुटनीतिक माध्यमले समस्या समाधान गर्नुको विकल्प नभएको भन्दै त्यसका लागि आफू जिम्मेवारी लिन तयार भएको बताइन् ।
‘सिमा विवादमा सधैं अल्झेर र विरोध गरेर मात्र बस्ने होइन, समाधान खोज्नुपर्छ,’ नेपाली काँग्रेसकी केन्द्रीय सदस्य समेत रहेकी कोइरालाले भनिन्, ‘विकल्पका रुपमा कालापानीलगायतका भुभाग भारतसँग साट्ने या लिजमा दिने र बङ्गलादेशसँग जोडिने भुमी लिजमा लिने या साट्ने गर्न सकिन्छ ।’ आफूले विकल्प दिएको र अरुलाई पनि विकल्प लिएर भारतसँगको सिमा विवाद सदाका लागि अन्त गर्ने प्रस्ताव लिएर आउन चुनौती दिइन् । आफूले भनेकै हुनुपर्छ भन्ने नभएको तर राष्ट्रलाई फाइदा हुने विषय बोलेको दाबी गरिन् ।
भारतले चीन जोड्ने लिंक रोड बनाएको क्षेत्रसँग बँगलादेशसँग जोडिने भारतीय भुभाग साट्ने या लिजमा लिने प्रस्ताव देशको हितमा भएको तर्क गरिन् । उनले भनिन्, ‘बँगलादेशसँग जोडिएमा हामीलाई छोटो बन्दरगाहसम्म सिधा पहुँच पुग्नेछ ।’ भारत र बङ्गलादेशबीच थाती रहेको सिमा विवाद यसरी नै जमिन साटासाट गरेर समाधान भएको स्मरण गराइन् । दुई देशले कुटनीतिक पहलबाट समस्या समाधान गरेकोले यसबाट सिक्नुपर्नेमा जोड दिइन् ।
यसअघि संसदको अन्तर्राष्ट्रिय समितिमा बोल्दै नेता सुजाता कोइरालाले विकल्पसहित अगाडि बढ्नुको विकल्प नभएको बताइन् । भारत र चीनबीच व्यापार मार्ग खोल्ने सम्झौता भएको छ महिनाभन्दा बढी समय केही नबोल्ने र अहिले एकैपटक राष्ट्रवादी बन्न विरोध गर्ने भनी प्रश्न गरेकी थिइन् ।
राष्ट्रवादी बन्ने हो भने विरोध मात्र गरेर नहुने राष्ट्र हितमा काम गर्नुपर्ने बताइन् । आफूले भारतसँग वार्ता गरी समस्या समाधान गर्न सक्ने दाबी गर्दै कोइरालाले राष्ट्रिय सहमतिका साथ एजेन्डा बनाएर अगाडि बढ्नुपर्ने बताइन् । उनले भनिन्, ‘एउटै एजेन्डा बनाऔं र भारतसँग प्रस्ताव लिएर जाऔं, विरोध गरेर मात्र नबसौं ।’
आफूले सधै देशहितमा बोल्दा अनेकन चुनौतीहरु झेलेको बताइन् । उनले भनिन्, ‘देश र जनताको हितमा बोल्दा सुजाता कोइराला पेलाईमा परेको हो ।’ आफू जस्तोसुकै दबाब थेगेर भएपनि देश र जनताको हितमा बोल्न र काम गर्न पछि नपर्ने बताइन् ।
राष्ट्रवादी बन्दा विरोध मात्र गर्ने केही नगर्ने हुँदा देशले धेरै गुमाइरहेको उनको तर्क थियो । बोलेर नभई गरेर देखाउन चुनौती दिइन् । कोइरालाले सत्तारुढ नेकपा र नेपाली काँग्रेसका नेतृत्वकर्ता नेताहरुको समेत आलोचना गरिन् । भारतले सडक बनाउँदा सबै मुकदर्शक भएको र अहिले विरोध गर्न थालेको बताइन् । उनले भनिन्, ‘अब विरोध गरेर क्षणिक आनन्द र लोकप्रीयता लिने होइन काम गरेर देखाऔं सीमा समस्याको दीर्घकालिन समाधान निकालौं ।’ रिर्पोटस् नेपालबाट


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया