SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/१/२८ गते
    १६७६ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले छिमेकी देश भारतले नेपाली भुमी लिपुलेक, कालापानी हुँदै मानसरोवर पुग्ने सडक नेपालको विना स्वीकृति खोलेको भन्दै कडा रुपमा आपत्ती जनाउनुभएको छ । हिजो नेपाली भूमि अतिक्रमण गर्दै भारतले मानसरोवरको बाटो खोलेको छ ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    भारतीय रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘उत्तराखण्डको बोर्डर रोड अर्गनाइजेसन ९बीआरओ०ले कैलाश मानसरोवर रुटलाई चीनको बोर्डरसम्म जोडेको छ । कोभिड९१९ को महामारी सामना गर्दै बीआरओले १७ हजार ६० फिट उचाइमा रहेको कैलाश मानसरोवरमा बाटो विस्तार गरेको हो ।’

    सो कार्यको कडा रूपमा आलोचना भईरहेको समयमा विर गोर्खालीको मुलुक नेपालमा भारतले पटक पटक सीमा अतिक्रमण गरी ज्यादती प्रस्तुत गरेको उल्लेख गर्दै सांसद बस्नेतले भारतीय गतिविधि विरुद्ध नेपालीले कहिले पनि शिरु नझुकाउने समेत चेतावनी दिनुभएको छ । विगत केही समय अघि समेत नेपालको लिपुलेक, कालापानी तथा लिम्पियाधुरा आफ्नो भूमि भएको भनि नयाँ राजनीतिक नक्सा जारी गरेको थियो । त्यसको समेत व्यापक विरोध भइरको साथै कुटनीतिक पहलका माध्यमबाट दुवै देशले वार्ता गरी समाधान गर्नुपर्नेमा पुनः अर्को वितण्डा मच्चाउने कार्य गरेकोमा घोर आपत्ती जनाउनुभयो ।

    आफ्नो एक इन्च भूमि पनि नछोड्ने र अरुको एक इन्च भूमि पनि नलिने उद्घोषका साथ सांसद वस्नेतले उचित पहल गरी उपलब्धीमूलक वार्ताको माध्यमबाट तत्काल समस्या समाधान गर्न नेपाल सरकारलाई आग्रह समेत गर्नुभयो । उहाँले ठूलो अन्दोलन हुनु पहिल्यै समस्या समाधान हुनुपर्नेमा समेत जोड दिनुभएको छ । उहाँले भन्नुभएको छ, ‘पहिले पनि भारतले नेपालको लिपुलेक९कालापानी राखेर नयाँ राजनतिक नक्सा जारी गर्‍यो ।

    नेपालमा व्यापक बिरोध भैरहेको अबस्थामा दुबै देशले वार्ताको माध्यमबाट समाधान गर्नु पर्नेमा, झन त्यहीँ बाटो हुँदै चीनको मानसरोबर पुग्ने बाटो खोलेछ । यसलाई नेपालले गम्भीरतापूर्वक लिनुपर्छ र कूटनीतिक माध्यमबाट सुल्झाउन पहल थालिहाल्नुपर्छ । परि आए नेपालले आफ्नो एक इन्च भूमि छाड्दैन, र अरुको एक इन्च भूमि पनि लिदैन । नेपाल सरकारले वार्ताका लागि यसअघि नै भारतसमक्ष प्रस्ताव पठाइसकेको छ । उचित पहल गरेर र उपलब्धिमुलक वार्ता होस् । ठूलो अन्दोलन हुनु पहिल्यै समस्या समाधान होस् ।’

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं