SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/१/२६ गते
    १११३ &#२३४६;&#२३३५;&#२३२५;

    पर्बत,कुश्मा । यहि बुधबार मात्र बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन जेष्ठ ५ गते सम्म लम्ब्याउने निर्णय गरेको थियो। कोरोनाभाइरसको संक्रमण फैलिन नदिन सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेको थियो। पछिल्लो पटक थपिएको लकडाउनको अवधि हिजोमात्र सकियो ।लकडाउनकै अवधिमा नेपालमा कोरोनाको संक्रमण भने बढिरहेको छ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    लकडाउन सुरू हुँदा नेपालमा २ जनामात्र कोरोना संक्रमित थिए भने अहिले १०१ जना पुगेका छन्। लकडाउन लाई कडाई गर्ने भने पनि पर्बत कुश्मामा भने कोरोनाभाइरस बाट कसरी जोगिनेभन्दा पनि प्रशाशन लाई अटेरी गरी बजार भित्र बिनापासका सबारी साधन गुड्ने र अत्यावश्यक पसल बाहेक अन्य पसलहरु पनि खोलिने गरेका छन्।

    प्रमुख प्रशासकिय अधिकृत घनश्याम गौतमद्धारा जारी सूचनामा बन्दाबन्दीको अवधिमा अत्यावश्यक पसल बाहेक अन्य पसलहरु बन्द गर्न आग्रह गरिए पनि सूचना लाई बेवास्ता गरि केहि होटल, मोवाईल पसल, शृंगारपसल र केहि फेन्सी पसलहरु  दैनिकी जसो खुलिरहेका छन् भने केही दिन यता लक डाउन उल्लंघन गर्ने क्रम बढ्दै जान थालेको छ। लक डाउनलाई थप प्रभाबकारी  बनाउन बजारभित्र थप कडाई गरिए पनि हिजो सम्म पनि अत्यावश्यकका पसल बाहेक अन्य पसलहरु खोलेर भिडभाड जम्मा गर्ने कार्य भने जारी नै थियो।

    चेकिंग जाँदा बन्द गरेजस्तो गर्ने पछि फेरी सटर खोलेर बस्ने नियमित जस्तोनै बनेको छ कुश्मा बजारमा। ब्यक्तिहरुको आवतजावतमा पनि अगीपछिको भन्दा कम देखिदैन भने चोक र पसल अगाडी ग्रुप जम्मा भएर गफ गर्ने हरुको पनि कमि देखिदैन ।कोरोनाको माहामारी फैलिरहेको बेलामामा यसरि प्रशासनको सूचनालाई पनि अबज्ञागरि लुकिछिपी पसल खोल्ने भिडभाड जम्मा हुनेहो भने संक्रमण फैलने जोखिम बढ्दो देखिन्छ कुश्मा पनि त्यसैले बेलैमा सचेतहुन जरुरी देखिन्छ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    आठौँ पर्वत महोत्सवको तयारी तीब्र

    पर्वत । समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजित आठौ पर्वत...

    चितवन राष्ट्रिय निकुञ्जको सीमामा राप्ती खोलामा डुङ्गाबाट चरा अवलोकन कार्यक्रम सम्पन्न

    ​चितवन । चितवन राष्ट्रिय निकुञ्ज (CNP) को सिमाना भएर बग्ने राप्ती खोलामा बर्ड एजुकेसन सोसाइटी...

    मोदी गाउँपालिकाद्वारा आयोजित अध्यक्ष कप फलेबासले हात पार्यो

    पर्वत । मोदी गाउँ पालिकाद्वारा आयोजित पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा प्रथम अध्यक्ष कप...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं