SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/१/२६ गते
    १४९६ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं। रौतहट जिल्लाको फतुवा विजयपुर–४ मा पन्ध्र वर्षीया किशोरीलाई भिटामिनको इन्जेक्सन लगाउन भनेर बोलाइ क;रणी गरेको खुलेको छ । त्यहिँ बस्ने ५२ वर्षीय टेकबहादुर चौधरीले गाउँकै किशोरीलाई क;रणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । घटना तीन महिना पहिलेको भए पनि पीडित चार महिनाको गर्भवती भएपछि बल्ल सार्वजनिक भएको हो ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    गरिब परिवारकी किशोरीले डरका कारण घटना लुकाउन बाध्य भएकि थिइन्। चौधरीले आफूलाई डाक्टर भन्ने गरेको स्थानीयको भनाइ छ । चौधरी चिकित्सक होइनन् । उनी छोराले सञ्चालन गरेको क्लिनिकमा बस्ने गर्थे । त्यही बसेपछि उनले औषधिको नाम र आफूलाई डाक्टर भन्ने गरेको प्रहरीले बताएको छ। चौधरीले पटकपटक भिटामिन सुई लगाउने भन्दै क;रणी गरेको अनुसन्धान पछि पाइयो ।

    कर;णीपछि किशोरीले डरले कसैलाई भन्ने आँट गरिनन् । तर उनको पेटमा गर्भ बसेको रहेछ । समय बित्दै गएपछि गाउँलेले किशोरीको पेट ठूलो भएको देखे । यसबारे आमाले गाइँगुइँ थाहा पाएर दुई दिनअघि छोरीलाई सोधेकी थिइन् । छोरीको कुरा सुनेपछि आमा सिधै चौधरीको क्लिनिक पुगेर छोरीमाथि क;रणी गरेको भन्दै कराइन् । चौधरीले कतै नभन्नु भनेर डर देखाउँदै गर्भ झर्ने औषधि खान दिए ।

    गाउँमा हल्ला चलेपछि पनि साहले चौधरी र पीडित किशोरीलाई बोलाएर सोधपुछ गरे । चौधरीले आफूमाथि पटकपटक क;रणी गरेको प्रहरी समक्ष बयान दिइन् । किशोरीकी आमाले तत्कालै प्रहरीमा किटानी जाहेरी दिएपछि चौधरीलाई पक्राउ गरेर अनुसन्धान थालेको हो।

    प्रतिकृया दिनुहोस्

    Loading...

    आठौँ पर्वत महोत्सवको तयारी तीब्र

    पर्वत । समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजित आठौ पर्वत...

    चितवन राष्ट्रिय निकुञ्जको सीमामा राप्ती खोलामा डुङ्गाबाट चरा अवलोकन कार्यक्रम सम्पन्न

    ​चितवन । चितवन राष्ट्रिय निकुञ्ज (CNP) को सिमाना भएर बग्ने राप्ती खोलामा बर्ड एजुकेसन सोसाइटी...

    मोदी गाउँपालिकाद्वारा आयोजित अध्यक्ष कप फलेबासले हात पार्यो

    पर्वत । मोदी गाउँ पालिकाद्वारा आयोजित पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा प्रथम अध्यक्ष कप...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं