
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
काठमाडौं । देश बन्दाबन्दी छ । अत्यावश्यक बाहेकका सम्पूर्ण सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइएको छ तर पनि सडकमा दुई र चारपाङ्ग्रे सवारी साधन निर्वाध गुडिरहेका देखिन्छन् । कोभिड–१९ अर्थात् कोरोना भाइरसको सङ्क्रमण रोक्न सरकारले जेठ ५ गतेसम्म जारी गरेको बन्दाबन्दीको समयमा व्यापकरुपमा सवारी साधनमा म्याद गुज्रेका सवारी पास र विभिन्न निकायको पोशाकको व्यापक दुरुपयोग भएको अनौठो घटना पाइएको छ ।
सवारी पास लिएका चारपाङ्ग्रे सवारी साधनको अगाडि सिसामा टाँसेको पास टाढैबाट देखेपछि रोकेर त्यसको म्यादसम्म नहेरी प्रहरीले पठाउने गरेपछि म्याद गुज्रेका पासको दुरुपयोग गर्दै गाडी गुड्ने गरेका छन् । बुधबार बिहान ९ बजे जडीबुटी र लोकन्थलीको सिमानामा रहेको मनोहरा खोला पुलमा नेपाल रेडक्रस सोसाइटीले सवारी साधनमा किटनाशक औषधि छर्कने लाइन छिचोल्दै प्रेस ज्योकेट लगाएका व्यक्ति सवार ट्याक्सी आयो । पछाडि सिटमा महिला पुरुष गरी चार जना थिए ।
प्रहरी हवल्दारले निकै केरकार गर्दा पनि प्रेसको ज्याकेट र कार्ड देखाउँदै अगाडि बढ्यो । रिसाउँदै हवल्दारले भने, ‘सरकारले लगाएको नियम पनि यी प्रेसलाई नलाग्ने रैछ, खै कुन युट्युव च्यानलको पत्रकार रे, बनेपा जान लागेको भनेर थर्काएर गयो, हैन यिनलाई कानून लाग्दैन कि क्या हो ?’ ड्युटीमा खटिएका अर्का प्रहरी कराउँदै थिए, ‘कसैलाई छोड्यो भने पनि पहुँचवालालाई छाड्यो भनेर समाचार लेख्छन्, रोक्न खोजे पनि प्रेसलाई रोक्यो भन्छन्, हामीलाई जसरी पनि सुख छैन दु:ख पोखे ।’
आधा घण्टाको अवधिमा पहेंलो ज्याकेट लगाएका ११ वटा मोटरसाइकल गए । सशस्त्र प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) ले भने, ‘हैन, पत्रकार पनि घरमै बसेर काम गर्छन् भन्या हैन, यो सडकमा आधा त पहेंलो ज्याकेट लगाएका मात्रै कुद्छन्, के हो ?’ सडकमा प्रेस नलेखिएका तर पहेंला ज्याकेट लगाएका अन्य सवारी साधन पनि प्रेसकै भेषमा कुँदिरहेका देखिन्थे । कतिपय गैरपत्रकारले पनि प्रेस लेखिएको ज्याकेट लगाए्र कुद्ने गरेको लोकन्थलीमा ड्युटीमा रहेका प्रहरी गुनासो गर्दै थिए ।
प्रेस लेखेको ज्याकेट लगाउँछन्, न परिचय पत्र छ, न हातमा क्यामरा, न त कापीकलम नै बोक्छन् । ज्याकेट लगायो हिँड्यो हामीलाई गाह्रो छ । सञ्चारकर्मीको पोशाक सबभन्दा धेरै द्ुरुपयोग भएको ड्युटीमा रहेका प्रहरीको गुनासो थियो । अत्यावश्यक समाचार सङ्कलन बाहेक अधिकांश सञ्चारमाध्यमका समाचारदाता घरबाटै समाचार बनाइरहेको अहिलेको अवस्थामा सञ्चारगृहका क्यामराम्यान र समाचारवाचक मात्रै सडकमा कुद्नु पर्ने भए पनि पहेंलो ज्याकेट लगाएर दैनिक करिब १३० भन्दा बढी मोटरसाइकल भक्तपुरको ६ लेन सडकमा गुड्ने गरेको प्रहरीको भनाइ छ ।
पत्रकारको मात्रै होइन नेपाली सेना र प्रहरीको पोशाकसमेत दुरुपयोग हुने गरेको पाइएको छ । विशेषगरी अवकाश लिइसकेका नेपाली सेना र प्रहरीले आफ्नो पुरानो पोशाक लगाएर विभिन्न काम गर्ने गरेको अनौठो घटना पनि सार्वजनिक भएको छ । नेपाली सेनाबाट आठ वर्षअघि नै अवकाश लिएर बसेका सुवर्ण बस्नेत दैनिक ललितपुबाट भक्तपुर हुँदै बनेपासम्म जाने आउने गर्छन् । सेनामा रहँदाको आफ्नो पुरानो पोशाक लगाएर जडीबुटी मनोहराबाट दैनिक निस्कने बस्नेत जडीबुटी, थिमि, सूर्य्विनायक, जगाती हुँदै ओहोरदोहोर गर्छन् भने व्यक्तिगत कारोवार र ठेक्कापट्टाको कामका लागि बनेपासम्म पुग्ने गर्छन् ।
जडीबुटीदेखि जगातीसम्ममा जडीबुटी पुल, कौशल्टार, गठ्ठाघर, थिमि शङ्खधरचोक, राधेराधे, सल्लाघारी, सूर्यविनायक र जगातीसम्मको चेकप्वाइन्ट सजिलै पार गरेर जाने आउने गर्छन् । नेपाली सेना र प्रहरीको पोशाक लगाएको देखेपछि कुनै पनि चेकप्वाइन्टमा प्रहरीले रोक्दैन, न त परिचयपत्र नै हेरिन्छ । यो एउटा उदाहरण मात्रै हो, पोशाक लगाएर सेना, प्रहरी र पत्रकारको नाममा व्यापक बन्दाबन्दीको उल्लङ्घन हुँदा पनि उनीहरुलाई रोकेर प्रहरीले परिचयपत्र नमाग्ने गर्दा व्यापकरुपमा पोशाकको दुरुपयोग हुने गरेको गुनासो बढेको छ ।
मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीका सुवास न्यौपानेले प्रहरी र सेनाबाट अवकाश पाइसकेका व्यक्तिसमेत आफ्नो पुरानो पोशाक लगाएर हिँड्ने गरेको बताउँदै सेना र प्रहरीको पोशाक लगाएर मोटरसाइकलमा हिंड्नेको पनि परिचयपत्र खोज्नुपर्ने बताए । भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले पोशाकको दुरुपयोग हुने गरेको गुनासो आएको बताइन् । जुन सञ्चारगृहमा काम गर्ने हो, सोही सञ्चारगृहको नाममा सूचना विभागबाट परिचयपत्र लिएका पत्रकारलाई ओहोरदोहोर गर्न दिने माथिल्लो निकायबाट परिपत्र भएको जानकारी दिइन् ।
प्रजिअ पाण्डेले भनिन्, ‘पत्रकारको ज्याकेट लाएर गैरपत्रकारले दुरुपयोग गरेको व्यापक गुनासो आएको छ । ज्याकेटको दुरुपयोग रोक्न पत्रकार महासङ्घ आफै पनि लाग्नुपर्ने हो । अब माथिल्लो निकायबाट आएको परिपत्रअनुसार सूचना विभागको परिचयपत्र हेर्ने गरी कडाइ गर्नेछौँ ।’ उनले नेपाली सेना र प्रहरीको पोशाक लगाएर ओहोरदोहोर गर्नेहरुलाई पनि परिचयपत्र हेर्न प्रहरीलाई आजैबाट निर्देशन दिने बताइन् । उनले भनिन्, ‘पत्रकारको मात्रै हैन, सेना र प्रहरीको पोशाकको पनि लकडाउनमा दुरुपयोग भएको सुन्याँं आजै तीन वटै सुरक्षा निकायको प्रमुखसँग छलफल गरेर पोशाक लगाउनेको पनि परिचयपत्र जाँच गर्ने र परिचयपत्र नहुनलाई कारवाही गर्ने प्रक्रिया अगाडि बढाउँछौँ ।’
प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले पत्रकारको मात्रै नभई नेपाली सेना र नेपाल प्रहरीको पोशाक लगाएर मोटरसाइकलमा हिंड्नेहरुको समेत परिचयपत्र हेर्न आजैबाट निर्देशन दिने बताइन् । सेना प्रहरीको पोशाक दुरुपयोग गरेको पाइए कारवाही गर्ने उनले बताइन् ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया