
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आजको बैठकले सरकारले गर्दै आएको लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको छ । प्रधानमन्त्री कार्यालय बालुवाटारमा आज बसेको उच्चस्तरीय समितिको बैठकले लकडाउन जारी राख्ने निर्णय गरे पन िकति दिन थप्ने भन्ने विषयमा बुधबार बस्ने मन्त्रिपरिषद्को बैठकले तय गर्नेछ ।
बैठकपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले आर्थिक, सामाजिक, स्वास्थ्य सुरक्षा र नागरिकको जनजीवनका सवालमा सरकारी निर्णयहरु सही रहेको निष्कर्ष निकाल्दै लकडाउनलाई अझै निरन्तरता दिनुपर्ने विषयमा छलफल भएको जानकारी दिनुभयो ।
मन्त्रिपरिषद् बैठकमा लकडाउनका विषयमा थप छलफल हुने उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘‘अहिले अख्तियार गरिएका नीति कोरोना रोग र यसको सङ्क्रमण तथा रोकथामका लागि भएका सबै प्रयास र सङ्क्रमणको अवस्थाका विषयमा छलफल भएको छ, लकडाउनका कारण नागरिकको जीउज्यानको सुरक्षा गरी सङ्क्रमणलाई नियन्त्रणमा राख्न सफल भएका छौँ भन्ने निष्कर्ष बैठकले निकालेको छ ।” बैठकले अहिलेसम्म सरकारले लिएका नीतिले सङ्क्रमण रोकथाममा सफलता प्राप्त भएको निष्कर्ष निकाल्दै कोरोना सङ्क्रमणलाई रोक्ने र शून्यमा झार्ने प्रयासमा सबै लागिरहने विषयमा छलफल गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन खुकुलो बनाउने बेला नआइसकेको बताउनु भएको छ । ‘सिएमसीले ग्रिन जोन, यलो जोन र रेड जोन बनाउने प्रस्ताव ल्याएको थियो,’ एक मन्त्रीले भन्नुभयो, ‘प्रधानमन्त्रीले ‘अहिले नै यो क्षेत्र तोक्ने बेला भएको छैन कि, विचार गर्नुस्’ भन्नुभयो।’
आवतजावतमा कडाइ गर्न बारको आग्रह
नेपाल बार एसोसिएशनले सीमानाका तथा खुला सिमानाका कारण भारततर्फबाट हुने आवातजावतमा थप कडाइ गर्न र आन्तरिक आवागमनमा पनि थप जाँच परीक्षण गर्न सरकारसँग आग्रह गरेको छ । महासचिव लीलामणि पौडेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा कोरोना भाइरसको परीक्षणको दायरा बढाई भरपर्दो विधि र उपकरणमार्फत धेरै सङ्ख्यामा परीक्षण गर्न र आवतजावतमा कडाइ गर्न आग्रह गरेको छ ।
दैनिक उपभोग्य सामग्रीको आपूर्ति सहज गर्न, राहत वितरणमा समान र भेदभावरहित विधिबाट दुरुपयोग नहुने गरी गुणस्तरीय राहत सामग्री वितरण गर्न, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीका लागि उचित प्रबन्ध गरी रोग र भोकबाट मर्न नपर्ने गरी नीति निर्माण गर्र्नुपर्नेमा जोड दिइएको छ । विज्ञप्तिमा भनिएको छ, “जथाभावी सवारी पास वितरण नगर्न र वितरित सवारीसाधन पासको दुरुपयोग रोक्नसमेत सरकारसँग जोड्दार माग गर्दछौँ ।”
बारले जनताको धैर्यता र सहनशीलताका लागि उच्च सम्मान गर्दै राहत वितरण सही किसिमले नभइरहेको र पहुँचवालाले आफूखुशी गरेका कारणले पनि कतिपय ठाउँमा झडपको स्थितिसमेत सिर्जना भएको जनाएको छ । “वास्तविक राहत चाहिने व्यक्तिले नपाएको भन्ने समेत जनगुनासो आइरहेका छन्, रोगबाट बचाउने प्रयास गरिरहँदा भोकबाट मर्ने त होइन भन्ने आशङ्का पनि देखिएको छ”, विज्ञप्तिमा भनिएको छ, “रोग र भोगबाट कोही पनि व्यक्तिलाई मर्न नदिनका लागि सरकारबाट थप प्रभावकारी उपाय अवलम्बन गर्नुपर्ने देखिएको छ ।” महामारीको प्रकोप दिनानुदिन बढ्दै गइरहेको अवस्थामा सरकारले महामारीलाई नियन्त्रणको प्रयास जारी राखे पनि बन्दाबन्दीको पनि पूर्ण पालना हुन नसक्दा थप सङ्क्रमण बढ्न जाने खतरा बढिरहेको बारले जनाएको छ ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै

प्रतिक्रिया